Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुटगत राजनीतिले निम्त्याएको तरंग

प्रभातफेरी अनलाइन ४२१२ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (६ साल अघि)
गुटगत राजनीतिले निम्त्याएको तरंग

राजनीतिमा चेतना साघुरिदै जानुले गुटगत राजनीतिले जरो गाड्ने मौका पाएको छ । जरो गड्दै गरेको अवस्थालाई मध्य नजर राख्दै समयमै जराहरुलाई काँट छाँट नगर्ने हो भने राम्रैसंग फैलने प्रवल संम्भावना रहन्छ । जव गुटगत राजनीतिले जरो फैलाई मजबुत हुन्छ सो समयमा समस्याको समाधानकोे वदला पछुताउनुको विकल्प रहंदैन । साथै अवसरहरु वाँड्दै लक्षलाई चुम्नको लागि अगि बड्नुको वदला पछि धकेलिन बाध्य पर्नुपर्ने हुन्छ । पछिल्लो समयमा राजनीतिमा फैलंदै गएको गुटगत तरिकाले गर्दा दलहरुलाई मात्र नभई मुलुकको हितको लागि समेत समस्या परेको छ । नेपाल र नेपालीको हितको खातिर पक्ष र प्रतिपक्षहरु समेत एक जुट भएर अगाडी बढ्नुपर्ने अवस्थामा गुटको कारण आन्तरिक किचलोले गर्दा महत्वपुर्ण समय विवाद समाधानमै वितेको छ ।

दलिय व्यवस्थामा दलहरुका विचमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, हुनुपर्छ पनि । दलहरुका विचका प्रतिस्पर्धाले एक आपसमा सजगता हुने अवसर मिल्छ, जुन मुलुक र व्यवस्थाको लालि हित योग्य रहन्छ । शक्तिमा रहेकाले गैर कानुनि ढंगको कार्य गर्लान भनि निगरानी राख्नु प्रतिपक्षको दायित्व हो । त्यसैगरी दलहरुका नाउमा मुलुकको हित विपरित कार्य नगरुन भनि सचेत हुनु सरकारमा रहेकाको जिममेवारी हो । तर दलहरुका विचमा हुदै गरेका राम्रा नराम्रा कार्यको बारेमा मुल्याङ्कन गर्दै नराम्रा कार्यको बारेमा खवरदारी र राम्रा कार्यलाई साथ सहयोग गर्नु पर्नेमा आन्तरिक कचिङ्गलोले गर्दा उत्पन्न हुने गुटगत राजनीतिमै समय खेर गएको छ , जुन कार्यले गर्दा व्यवस्था माथिनै खतरा हुन सक्छ ।

नेपाली जनताको लामो त्याग तपस्या साथै बलिदानिको कारण मुलुकमा आएको परिवर्तन गुटगत राजनीतिमा अलमलिनको लागि नभई सताब्दिऔं देखिको नेपाली जनताको अधुरा सपना साकार पार्न हो । तर जनताको चाहना पुरा गर्न गुटगत राजनीति नभई एक जुट भएर अगाडी बढ्न आवश्यक छ । पछिल्लो समयमा आएर ठुला कम्युनिष्टहरुको एकता र काँगे्रसमा पनि साना दलहरुसंग भएको एकताले सकारात्मक शंदेस दिएको थियो । तर कम्युनिष्टहरुका विचमा भएको एकता लाई पुर्ण गराउन गुटगत राजनीतिले तगारो तेस्र्याई रहेको छ । त्यसैगरी काँगे्रस भित्र पनि आन्तरिक कचिङ्गलो उस्तै । गुटगत राजनीति गर्नु भनेको पानी तताएर बाक्लो पार्न खोज्नु सरह हो । पलास्टिकको लगौटी लगाएर लाज छोप्न खोज्नु र गुटगत राजनीति गरेर पार्टीलाई वमजवुत पार्न खोज्नु एकै भएकोले फुटेर नभइ जुटेर अगाडी बढ्न जनताले साथ दिएका हुन्, हिजोका दिनमा जसरी जनताले साथ दिए त्यसलाई बेवास्ता गर्दै गुटको राजनीतिबाट अगाडी बढ्न खोजे परिणाम नकारात्मक आउन सक्ने प्रवल संम्भावना छ ।

  • गुटगत राजनीतिले निम्त्याएको तरंग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0