Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जागिर छाडेर हिड्ने कार्यबाट प्रहरीलाई जोगाऊ

प्रभातफेरी अनलाइन ५२३३ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २४, मंगलबार (६ साल अघि)
जागिर छाडेर हिड्ने कार्यबाट प्रहरीलाई जोगाऊ

पछिल्लो समयमा आएर बाहालवाला प्रहरीहरु जागिर छाडेर बाहिरिने क्रम बढेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा कसम खाएका प्रहरीहरुले विचैमा जागीर छाडेर वाहिरिनुले शान्ति सुरक्षा प्रदान गर्ने बिषयमा समस्या आउन सक्छ । विगत बर्षहरुमा धेरै चासो दिएर प्रहरीमा भर्तीहुनेहरु पछिल्लो समयमा आएर बाहिरिनुको कारणको खोजि गर्न जरुरी छ । थोरै संख्यामा माग हुंदा हजारौंको संख्यामा जागीरको लागि लामबद्ध हुने ति विगतका दिनलाई सम्झंदा र हालको अवस्थालाई मध्यनजर राख्दा ठुलो भिन्नता आएको छ ।

७५ हजार दरबन्दी रहेको नेपाल प्रहरीमा ६ हजार १ सय स्थान खालि रहेको छ । प्रहरीमा ३० बर्षे सेवा अवधि भएपनि २० बर्षमा पेन्सन भएपछि राजिनामा दिई हाल्नेको संख्या बढ्ने मात्र नभई सेवा अवधि नपुगेकाहरुले विचैमा जागिर छाड्ने गरेका छन् । यसरी जागिर छाड्नेमा माथिल्लो दर्जाका भन्दा तल्लो दर्जाका धेरै रहेका छन् । ३ हजार ६ सय ५६ ले जागिर छाडेका मध्य सिनियर दर्जाका २५ र जुनियर ४ सय ७९ मात्र छन् भने हवल्दार प्रहरी जवान कार्यालय सहयोगि गरी ३ हजार १ सय ५२ जनाले राजिनामा दिएका छन् ।

विगतमा मुलुकमा जनयुद्ध चलि रहंदा समेत जागिर नछाड्ने प्रहरीहरुले पछिल्ला समयमा यसरी ठुलो संख्यामा राजिनामा दिनु सकारात्मक सन्देस होइन । सिनियर प्रहरी अधिकृतहरुले यसरी जागिर छाड्नुको कारण प्रहरीमा भन्दा राम्रो अवसर अन्त पाउंदा राजिनामा दिएको बताउंदै आएका छन् । तर जागिरबाट राजिनामा दिनुको कारण अवसरको खोजी मात्र नभइ तल्ला दर्जाका प्रहरीहरुलाई गर्ने भेदभावको व्यवहारले गर्दा समस्या आएको हो । एउटा प्रहरी जवानको लागि दिईने तालिम लगाएतका कार्यमा सरकारको ठुलो लगानी भएको हुन्छ तर विचैमा छाडेर जाँदा लगानी खेर जाने हुंदा । जागीरमा भर्ती भएका प्रहरीलाई टिकाउन निष्पक्ष साथै भेदभाव रहित ढंगको कार्यको जरुरी रहन्छ ।
प्रहरी पनि आखिर मानिस हो, अरु कर्मचारीले ६ घण्टा डिउटी गर्दा हुने । बाँकी समय परिवारसंग तर प्रहरीले आवश्यक भयो भने १८ घण्टा सम्म खट्नु पर्ने, परिवारसंग रमाउने समय छंदै छैन । महत्व पुर्ण चाड पर्वमा अरु परिवारका साथमा रमाई रहेका हुन्छन्, मुलुकका पहरेदारहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले भने डिउटीमै समय विताउनु पर्ने । यति धेरै मिहनतका साथ काम गर्दा पनि सेवा सुबिधा भने कम । त्यतिमात्र नभई तल्लो तहका प्रहरीहरुलाई माथिल्लो दर्जाकाले गर्ने अमानविय व्यवहारले गर्दा समेत समस्या भएको हो । मुलुकको हितको खातिर कार्य गर्दै आएका प्रहरीलाई उनीहरुको काम अनुसारको सेवा सुबिधा दिदै समान व्यवहार गर्ने हो भने राजिनामा दिनेको संख्या घट्छ ।

  • जागिर छाडेर हिड्ने कार्यबाट प्रहरीलाई जोगाऊ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0