संसदमा साम्सदको भुमिका अनुमोदन गर्ने साधन मात्रै हो-सांसद लामा
प्रभातफेरी अनलाइन७९३३ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
पनौती/पनौती र मुलुक कै प्रतिष्ठित साकोसको रुपमा पहिचान दिन सफल पनौतिमा रहेको सामिदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं बार्षीक साधारण सभालाई आज पनौतिमा सम्बोधन गर्ने क्रममा सहकारी विधेकहरु सहकारीमैत्री भएनन् भन्ने वक्ताहरुको प्रत्युत्तरमा प्रदेश सांसद एवं कार्यक्रमका प्रमुख अतिथि चन्द्र लामाले उपल्लो तहबाट कुनै संशोधन बिना पारित गर्न अंकुश लगाइन्छ । यश अर्थमा सांसदलाई साधनको रुपमा प्रयोग गर्ने गरेको तितो यथार्थ पोख्नु भएको थियो ।
उक्त कार्यक्रममा सांसद लामाको तर्क थियो—प्रमुख अतिथि बनेर जाँदा परिस्थिति अनुसार प्रस्तुति दिदा विषय बस्तु भन्दा फरक हुने हुँदा सकेसम्म सम्बन्धित विषयक बिज्ञ हुन सके ब्यबहारिक हुने तर्फ इन्कित गर्दै विधेक पास गराउन प्रतिष्ठित सहकारीकर्मीहरु सांसद सचिवालयमै आएर हस्तक्षेप गर्ने संस्कारका अगाडि सांसदले के नै गर्न सक्छन् ? नेपालको कानुन दैबले जानुन भने झै आफुले यो सभामा कति बोल्न मिल्छ मिल्दैन यता नजाउ भन्नू हुँदै सांसद लामाको कथन थियो—सहकारीले समाज रुपान्तरणमा खेलेको महत्वपुर्ण भुमिका का बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा आफ्नो अभिव्यक्ति दिदै पनौती नगरपालिका का उप—प्रमुख गिता बन्जाराको कथन थियो—सामुदायिक साकोसले गरीबी निवारणमा खेलेको भूमिकाको चर्चा गर्दै नगरपालिकाले सहकारी सम्बन्धि नीति बनाइसकेको अवस्थामा नगरभित्र रहेका सहकारीहरुले अन्योलता झेल्नु पर्ने छैन । सहकारीहरु बीच हुने होडबाजीले निम्न आयस्रोत भएका गरिब निमुखा हरुको लागि सामुदायिक साकोस संजिवनी बनेको आफुलाइ महसुस भएको चर्चा गर्नु भयो । कार्यक्रममा नेफ्स्कुनका कार्यकारी अधिकृत शिव जि सापकोटा ,पनौती नगरपालिका का बरिस्ठ प्रशासकीय प्रमुख इन्द्र प्रसाद अधिकारी,बिकास समिती सदस्य प्रदेश नं ३ का कुमार थापा,सहाकारी अभियन्ताहरु शम्भुलाल श्रेष्ठ ,दिपक थापा संचारकर्मी मोतीराम तिमल्सिना लागायत एक दर्जन वक्ताहरूले साकोसले समाज रुपान्तरणमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
राज्यले सहकारी सम्बन्धि नीति परिवर्तन गरेपछि सहकारीमा सम्माहित हुने लर्को नै लागेको संस्थाका अध्यक्ष प्रकाश बन्जाराले बताउनु भएको छ । २५ औं बार्षिक साधारण सभाको अबसरमा आजै ७ वटा साकोस एकीकरण भएका छन्न ।जसमा गाउँवेशी सानाकिसान कृषि सहकारी ,लडकेश्वरी नारी चेतना वचत तथा ऋण सहकारी ,मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी ,जनजिवन साकोस,गोठालो गणेश साकोस, श्री चम्पादेवी सालोस,गाउँले साकोस रहेका छन्न ।
कार्यक्रममा जानकारी गराए अनुसार २४ हजार शेयर सदस्य भएको र एक अर्ब पन्चानब्बे करोड चालू पुंजी रहेको बताइएको छ ।जन्मदेखी मृत्यु सम्मका प्रक्रियामा सरिक हुनु नै सामुदायिक साकोसको पहिचान भएको एकीकरणमा सरिक भएका सहकारी प्रतिनिधिले चर्चा गरेका थिए । यसरी आ- आफ्नो भावना राख्ने हरुमा आत्माराम सत्याल,यज्ञ मणि हुमागाइ,बाबुराम के. सि. लगायतले सहभागीहरु हुनु हुन्थ्यो ।