Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यो कस्तो आवाज थियो….

प्रभातफेरी अनलाइन ४५५० पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १५, मंगलबार (६ साल अघि)
यो कस्तो आवाज थियो….

धनपति दाहाल

बिस्तारमा पल्टिएर सोच्दै थिएँ जिन्दगी सोचेको जस्तो भईदिने भए किन संसारमा कोही दुःखी प्राणी हुन्थे र बरै भनेर । हुन पनि प्राणी मध्यकै उत्कृष्ट प्राणी मानवजाति त झन् झन् दुःखको सागरमा भाँसिएको छ दिनदिनै । किन बुझ्दैन मान्छेले मान्छेको भावना । एउटालाई गिराएर आफूलाई राम्रो साबित गर्ने खेल कहिले सम्म खेल्छन् होला यहाँ मान्छेले मान्छेसँग । त्यही दुःखको सागरमा डुबेको संसारको कुरा सोच्दै गर्दा खै कताबाट हो एउटा आवाज आयो जसले भन्यो खबरदार ! यो दुनियाँमा तेरो खुशी चाहने कोहि मान्छे छैन । म आत्तिएर एता उता हेरेँ छेउछाउमा कोहि थिएन तर फेरि सात्तो जाला जस्तै गरेर अर्काे आवाज आयो र भन्यो तैँले चाहेको आफ्नोपन सायद यो जन्ममा तेरो भाग्यमा छैन अब किनकी उनीहरुको नजरमा तेरो कुनै मुल्य नै छैन । म आत्तिएर डराएर खोजिरहेँ आवाज कताबाट आयो भनेर फेरि आवाज आयो मलाई नखोज बरु धेरै वर्षदेखि हराएको तेरो आनन्दलाई खोज किनकी सबैलाइ हँसाउने मान्छे तँ तैँले आफु नै हाँस्न बिर्सेको वर्षाैं भयो एक पटक हाँसेर हेर त सक्छस् प्रश्न ग¥यो । मैले किन नसक्नु सक्छु भनेर कोसिस गरेँ । प्रयास त गरेकै हो तर अभिनय गरेर हाँसेको जस्तो नहुने रहेछ दिल खोलेर हाँस्न निकै गाह्रो भयो मलाई ।

धेरै वर्ष पछि कोसिस गरेको भएर होला मेरो ओठमा हाँसो त हराइसकेको रहेछ । धेरै पटक कोसिस गरेँ तर ओठमा हाँसो हैन बरु आँखा मा आँसु पो आयो आफुलाई अनि आफ्ना पुराना दिनहरुलाई सम्झेर हरे दैव जिन्दगी ।म केही सोच्न खोज्दै थिएँ उसले भन्यो के सोच्दैछस् अनि कसलाइ मिलाउन खोज्दैछस् ? जो कहिले मिल्ने वाला छैनन् तिनलाई अनि उसले फेरि भन्यो तँ गलत थिइनस् होइनस् र हुन्नस् पनि होला तर प्रमाणित गर्न यो जुनीमा सम्भव छैन । मैले त्यो नदेखिने आवाजलाई सोधेँ किन ? किन सक्दिनँ मैले मेरा आफ्नाहरुलाई प्रमाणित गर्न अनि किन सक्दिनँ मैले मिलाएर खुशी बनाउन ?

उसले जवाफमा भन्यो किनकी उनीहरु सबैको मनमा घमण्ड छ, जुन कहिले घट्नेवाला छैन को भन्दा को कम भन्ने घमण्ड भएको मान्छेहरु मिल्नु र तैंले सुख पाउनु भनेको उस्तै उस्तै हो । अनि मैले सोधेँ म गलत छैन, होइन र थिइनँ भनेर त मेरा आफ्नाहरुले बुझिसके त भनेको मात्र के थिएँ आवाजले भन्यो “रात गयो बात गयो” तेरो कुरा घाममा सुकाइदे कान्छा तेरो कुराले कसैलाई फरक परेको छैन । तेरो यात्रासँगै तेरो गलत उनीहरुलाई सहि भएको छ अनि तँ सधैं गलतको गलत नै भएको छस् अनि कसरी प्रमाणित भयो सहि र गलत ।
अनि मैले फेरि भनेँ जे भएपनी मेरा आफ्ना भनेको मेरा आफ्नै हुन् मलाई निकै माया गर्छन् मलाइ निकै सम्झन्छन् । ऊ जोड जोडले हाँस्यो अनि भन्यो हो तेरा आफ्नाहरु तँलाई निकै सम्झन्छन् तैंले गरेका हिजोका सबै राम्रा कामहरु भुले पनि नराम्रा साना साना गल्ती पनि खोजी खोजी केलाई केलाई कुरा गरेर बसेका हुन्छन् । हो सम्झिन्छन् तँलाई किनकी आज तँ सबै तेरा आफ्नाहरुको गफको विषय बनेको छस् बधाई छ तँलाई हिजो तेरो अगाडि तेरो तारिफ गरेर नथाक्ने मान्छेहरु आज तेरो कुरा स्वादले काटिरहेका छन् । मानौं तेरो कपडा फाडेर तेरो इज्जतको धज्जी उडाइरहेका छन् ।

मन डरायो यो भन्दा धेरै मेरा आफ्नाहरुको विरोध गरेको सुन्न सक्ने तागत थिएन र होला म त झसंग भएछु । निन्द्रामा पो रहेछु बिहानको करिब २ बज्न लागिसकेछ । जुरुक्क उठेर एक गिलास पानी पिएर म फेरि अर्काे कोल्टो फर्किएर निदाउने कोसिसमा लागेँ फेरि बिहान उठेर त काममा दौडिनु नै छ । इस्वी सम्व्त २०२० को सबै साथीहरुलाई शुभकामना पनि त दिनु छ । सात समुन्द्र पारिको देशबाट घर देश तथा परदेशमा हुनुहुने सम्पूर्ण मायालु मन मुटुहरुलाई इस्वी सम्वत् २०२० को धेरै धेरै शुभकामना । आज अनि अहिलेबाट हामी सबैको समय शुभ शुभ बितोस् ।

  • यो कस्तो आवाज थियो....
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0