logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

आफू हिजो धुलो टकटकाउँदै पढेको गाउँको प्राथमिक विद्यालयमा त्यही बर्दी लगाएर पुग्न चाहन्छन् साकार पार्नु छ :AIGP बिक

प्रभातफेरी अनलाइन१  पटक पढिएको | २१ मिनेट अघि
आफू हिजो धुलो टकटकाउँदै पढेको गाउँको प्राथमिक विद्यालयमा त्यही बर्दी लगाएर पुग्न चाहन्छन् साकार पार्नु छ :AIGP बिक

कहिलेकाही कल्पना नगरिएको,कल्पना भन्दा टाढाको परिणाम आउँदा जोकोही चकित हुनुपुग्छ त्यस्तै अनुकरणीय परिदृश्यले नेपाल प्रहरीको ७१ वर्षभन्दा लामो इतिहासमा चर्चा कमाएको छ ।
नेपाल प्रहरीको सांगठनिक इतिहासमा कोसेढुङ्गा सावित भएको छ । आशाका किरणहरु तरङ्गित भएका छन् । प्रहरी संगठनमा उच्च मनोबल कायम भएको छ । जसले अवसरबाट वञ्चित समुदाय मात्र होइन, अभाव र विभेदसँग जुधिरहेका हरेक नागरिकलाई नयाँ आशा दियो। दाङको एउटा विकट गाउँबाट खाली खुट्टा चकटी बोकेर स्कुल धाउने एक टुहुरो बालक नेपाल प्रहरीको विशिष्ट श्रेणी अर्थात अतिरिक्त प्रहरी महानिरीक्षक (AIGP) सम्म पुग्ला भनेर सायद कसैले सोचेका थिएनन। तर, दृढ संकल्प, पारिवारिक त्या’ग र निरन्तर मिहिनेतले डम्बरबहादुर विक (बि.क.) लाई सफलताको त्यो शिखरमा पुर्‍यायो।

डम्बरबहादुरको बाल्यकाल दाङको घोराहीस्थित धर्ना गाउँको च’रम ग’रिबीमा बित्यो। उहाँ पाँच–छ कक्षामा पढ्दै गर्दा बुवा बिते। त्यसको ठीक एक वर्षपछि चिसो पुसको बिहानीले उहाँको जीवनमा अर्को बज्रपात ल्यायो। सँगै सुतेकी आमा बिहान कहिल्यै नउठ्ने गरी निदाइसकेकी थिइन। छ–सात वर्षको अबो’ध बालकलाई गाउँलेले आमाको मला’मी जाँदै गर्दा ‘जन्ती गएको’ भनेर सम्झाएका थिए।

आमा बिते पनि उहाँले छोडेको दुरदर्शी सपना डम्बरको जीवनको ज्योति बन्यो। मृ’त्यु हुनुभन्दा एक हप्ताअघि आमाले जमिनमुनि खाल्डो ख’नेर केही पुराना चाँदीका सिक्का देखाउँदै भनेकी थिइन्— ‘बाबु, म म’रेँ भने पनि यो निकालेर पढ्नू, कापी–कलम किन्नू।’ आमाको त्यही माटोमुनिको अन्तिम सम्पत्ति बेचेर आएको करिब आठ हजार रुपैयाँले उहाँको पढाइको ढोका खोलिदियो।

बुवा–आमा गुमाएपछि उहाँका सहारा बने जेठा दाजु खड्गबहादुर सुनार। दाजु आफैँ अनपढ थिए, तर उहाँमा भाइलाई पढाएर ‘ठूलो मान्छे’ बनाउने अठोट थियो। दाजुले घोराही बजारमा सानो सुन पसल थापेर डम्बरको हात समातेर बजार ल्याए र नाबा’लक खाता खोलिदिए।
दिदीबहिनीहरूले पनि कुखुरा बेचेर सारीको फेरोमा गाँठो पारेर जोगाएको पैसा भाइको पढाइका लागि थपिदिए। सिङ्गो परिवारले आफ्नो गाँस का’टेर उहाँको भविष्यमा जल सिञ्चित गर्‍यो।

दलित समुदायमा जन्मिएका कारण उनले बाल्यकालदेखि नै समाज र विद्यालयमा जातीय विभेदको तीतो यथार्थ भोगे। विद्यालयमा घन्टौँ हिँडेर पुग्नुपर्थ्यो, बस्नलाई घरबाटै च’कटी बोक्नुपर्थ्यो। सरस्वती पूजाजस्ता सांस्कृतिक उत्सवहरूमा उनीहरूका लागि छुट्टै बेन्च छुट्याइन्थ्यो।
त्यो विभेद देखेर गाउँका केही आफन्तहरू आ’क्रोशित हुन्थे, ‘घैँटो फु’टाइदिने’ कुरा गर्थे। तर, डम्बरले फरक बाटो रोजे। उहाँको कथन छ — ‘क्षणिक आ’क्रोशले समस्या समाधान गर्दैन, उल्टै पढाइबाट वञ्चित हुनुपर्छ। समाजलाई जवाफ दिनु छ भने पढेर र सफल भएर देखाउनुपर्छ।’ उहाँको यही सोच नै समाजको कुरीति वि’रुद्धको ‘शान्त र विवेकशील वि’द्रोह’ थियो।

२०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँ प्रमाणपत्र बोकेर सपनाको सहर काठमाडौँ छिरे। काठमाडौँमा न कोठा पाउन सहज थियो, न खानपिन। जात थाहा पाएपछि डेराबाट निकालिनुपरेको अपमा’नजनक परिस्थितिलाई पनि उहाँले अध्ययनको ऊर्जा बनाउनु भयो ।

शंकरदेव क्याम्पसमा पढ्दा क्याम्पस जीवनका आफ्नै भोगाइहरू समेटेर अंग्रेजीमा लेखेको निबन्ध (द क्याम्पस लाइफ) ले उहाँलाई विकास क्षेत्रको परीक्षामा उत्तीर्ण गरायो। पछि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा अधिकृतका रूपमा प्रवेश गरेका उनी २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्नु भयो । सुर्खेतको धुलियाबिट आ’क्र’मणजस्ता सशस्त्र द्व’न्द्वका भी’षण घ’टनाहरूमा मृ’त्युलाई नजिकबाट जितेर उनले कर्तव्य पूरा गरिरहे।

शुरुवाती सेवाकालमा मासिक ४ हजार रुपैयाँ तलब हुँदा जीवन धान्नै धौ–धौ थियो। त्यस्तो क’ठिन परिस्थितिमा उहाँको धर्मपत्नी वसन्तीदेवी सुनारले अमेरिकाको पूर्ण छात्रवृत्ति समेत त्या’गेर परिवार र बच्चाको भविष्य रोज्नु भयो । उहाँले ट्युसन र कम्प्युटर पढाएर घरखर्च धान्न बलियो साथ दिइनु भयो ।
आफूले पाएको अभाव र दुःख छोरालाई सुविधामा भुलाउने माध्यम बनेन। डम्बर र उहाँको धर्मपत्नीले छोरालाई मोबाइल होइन, पुस्तक पढ्ने संस्कार दिए। त्यही संस्कारको जगमा हुर्किएका उहाँका छोरा हाल नेपाल सरकारको परराष्ट्र सेवामा अधिकृतका रूपमा देशको सेवा गरिरहेका छन।

प्रहरी संगठनलाई निष्पक्ष र लोकतान्त्रिक संस्था मान्ने एआईजीपी विक आफ्नो सफलतालाई कुनै व्यक्तिगत अ’हंकारका रूपमा लिँदैनन्। उहाँका अनुसार प्रहरीको निलो बर्दी जनताको आँ’सु, पी’डा र न्यायको साक्षी हो।
‘बर्दीको कुनै जात र धर्म हुँदैन, यसको एउटै धर्म सेवा हो,’ उहाँ भन्नुहुन्छ , ‘राज्य र समाजले ममाथि गरेको विश्वास एउटा ऋण हो, जसलाई मैले इमान्दार सेवामार्फत चु’क्ता गर्नुपर्छ।’

३० वर्षे सेवापछि अवकाशको संघारमा पुगेका उहाँ अवकाश हुनुअघि नै आफू हिजो धुलो टकटकाउँदै पढेको गाउँको प्राथमिक विद्यालयमा त्यही बर्दी लगाएर पुग्न चाहन्छन्। त्यहाँका बालबालिकासँग बसेर उहाँ भन्न चाहन्छन्— ‘यो माटोमा हुर्किएको एउटा गरिब बालक देशको उच्च सुरक्षा नेतृत्वमा पुग्न सक्छ भने तिमीहरू पनि जे पनि गर्न सक्छौ।’