Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगरवासीले भोको बस्नुपर्ने छैन- प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ६२६२ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
पनौती नगरवासीले भोको बस्नुपर्ने छैन- प्रमुख न्यौपाने

प्रल्हाद शर्मा हुमागाई
पनौती/विश्वव्यापी रुपमा कोभिड–१९ को महामारीले आक्रान्त हुन पुगेको अवस्थामा पनौती नगरपालिकाले नगरभित्र रहेका निम्न आय भएका नागरिकहरुका लागि राहत वितरण कार्य तीव्र पारेको छ । सोही विषयमा राहत संकलन केन्द्रमा प्रतिक्रिया दिन क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले नगरवासीलाई भोको बस्नुपर्ने छैन भन्नुभएको छ ।

द्रुत गतिमा राहत वितरण भइरहेको स्मरण गराउँदै कुनै पनि नगरभित्र बसोबास गर्ने नागरिकले लकडाउनको कारण भोको बस्नुपर्ने छैन । त्यसका लागि विभिन्न तह र तप्काका सहयोगी हातहरुले भरपुर सहयोग पु¥याएको प्रमुख न्यौपानेले जानकारी दिँदै यो महामारीसँग लड्न लकडाउनलाई पालना गर्न नगरवासीमा अनुरोध समेत प्रमुख न्यौपानेले गर्नुभएको छ ।

पनौती नगरपालिकाका १२ वटै वडामा स्थायी तथा अस्थायी बसोबास गर्ने निम्न आयस्तर भएका नागरिकहरुको दैनिकीलाई सहज बनाएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार मंगलबारसम्म करिब ४५ सय परिवारलाई राहत वितरण भएको बताउनुभएको छ । नगरपालिका र सहयोगी हातहरुबाट दैनिक रुपमा आर्थिक अवस्था कमजोर भएर जिविकोपार्जनमा समस्या सिर्जना भएकाहरुका लागि खाना, खाजाको समेत व्यवस्थापन गरिएको जानकारी अधिकृत अधिकारीले गराउनुभएको छ । त्यस्तै नगरपालिकाको एकद्वार नीति अन्तर्गत हालसम्म झण्डै ३ दर्जनभन्दा बढी संघसंस्थाहरुले सहयोग उपलब्ध गराइसकेको र स्वतः स्फूर्त रुपमा राहत समेत वितरण भएको बताउनुभएको छ ।

पनौती युवामञ्चका अध्यक्ष सौगात बस्नेतका अनुसार युवाहरुको व्यक्तिगत सहयोगमा मंगलबार साँझसम्म करिब हजारको हाराहारीमा खाजा, खाना वितरण भएको बताउनुभएको छ । लकडाउनलाई मध्यनजर गर्दै प्याकिङ गरेर यथास्थानमा सहयोगी मार्फत् पु¥याउने व्यवस्थासमेत गरिएको अध्यक्ष बस्नेतले बताउनुभएको छ । यस किसिमको सेवा लकडाउन अवधिभर गरिने छ । त्यसका लागि बजेट व्यवस्थापनको कुरा राख्दा अध्यक्ष बस्नेत थप्नुहुन्छ– स्थानीय दाताहरुले खुलेर सहयोग गरेकै कारण यो सेवा दिन सम्भव भएको बताउनुभएको छ । उहाँका अनुसार नगर प्रमुखले दिनुभएको अभिव्यक्ति अनुसार पक्कै पनि पनौती नगरभित्र स्थायी वा अस्थायी बसोबास गर्ने निम्न आयस्तर भएका कुनै पनि नागरिक भोको बस्नुपर्ने छैन । त्यो लक्ष्य पूरा गर्न हामी युवा सक्रिय हुनेछौं भन्दै यो संकटको घडिमा सहयोग पु¥याउनुहुने हातहरुप्रति आभार समेत अध्यक्ष बस्नेतले व्यक्त गर्नुभएको छ ।

त्यसैगरी वडा सचिव राजकुमार श्रेष्ठका अनुसार नगरका सबै वडा समितिले यो समस्यालाई गम्भीर रुपमा लिएको र यसको सामना गर्न नगरवासीलाई उत्प्रेरित गर्ने लक्ष्य सहित बस्तीको अनुगमनमा समर्पित गर्न समेत वडा सचिव श्रेष्ठले बताउनुभयो । जसका कारण पनौती नगरमा लकडाउन प्रभावकारी ढंगबाट कार्यान्वयन हुन सफल भएको धारणा समेत वडा सचिव श्रेष्ठको थियो ।

क्वारेन्टाइन सेवा सहित कोभिड–१९ का विरुद्ध सशक्त ढंगले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि समर्पित पनौती नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षामा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफूलाई उभ्याउने जमर्काे गरेको पाइयो । नगरमा छुट्टै डेस्कको व्यवस्थापन गरेर राहत संकलन र वितरणलाई एकद्वार नीति अन्तर्गत पारदर्शी ढंगबाट व्यापक पार्नुको साथै प्रत्येक वडाको अवस्थाका बारेमा दैनिक जानकारी लिइरहेको दृश्यलाई पनि चर्चा गर्न लायक सम्झियो । यसबाट नगर नेतृत्व नगरवासीप्रति कति जिम्मेवार छ भन्ने तथ्य प्रष्ट हुन्छ ।

पछिल्लो समय विश्वमा दैनिक हजारौंको ज्यान लिइरहेको कोरोना भाइरसका विरुद्ध स्थानीय सरकारको प्रयास अनुकरणीय भएको त्यससँग सरोकार राख्ने बौद्धिक विश्लेषकहरुको धारणा पाइन्छ । त्यसैले यस किसिमको व्यवस्थापनलाई जिल्लाका मात्र नभएर मुलुककै स्थानीय सरकारले भौगोलिक विविधता सँगसँगै आफूलाई पनि रुपान्तरण गर्न र कोभिड–१९ का विरुद्ध सशक्त रुपमा उभ्याउन आवश्यक छ । यति मात्र गर्न सकियो भने पनि यो महामारीबाट मुलुकबाट टाढा राख्न बल पुग्छ । त्यसैले स्थानीय सरकारले स्थानीय स्तरमा तथ्यांक संकलन गरी यथार्थता बाहिर ल्याउन जरुरी छ । जसका कारण कोभिड–१९ का बारेमा सहज रुपमा अध्ययन गर्ने बाटो खुल्नेछ ।

  • पनौती नगरवासीले भोको बस्नुपर्ने छैन- प्रमुख न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0