Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खोलाको विचबाट उद्धार गरी बचाउन सफल, पनौती नगरमा झण्डै दुई अरव बराबरको क्षति

प्रभातफेरी अनलाइन ५००९ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २०, मंगलबार (५ साल अघि)
खोलाको विचबाट उद्धार गरी बचाउन सफल, पनौती नगरमा झण्डै दुई अरव बराबरको क्षति

पनौती/अबिरल बर्षातको कारण पनौती नगरपालिका स्थित पुण्यमाता, रोशी खोलामा आएको बाढीले पनौती बजार र ऐतिहासिक, धार्मिक स्थल त्रिवेणीघाटमा अकल्पनीय क्षति पु¥याएको छ । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भन्नुभयो– झण्डै ८० वर्षपछिको गत बुधबार यस क्षेत्रमा भएको ठूलो वर्षातका कारण पनौती नगरले ठूलो क्षति व्यहोर्नु परेको छ । जसका कारण आर्थिक वर्ष ०७७÷०७८ को बजेट अन्तर्गतका नियमित विकासका योजनाहरु प्रभावित हुने भएका छन् । नियमित रुपमा विनियोजित रकमहरु रकमान्तरण गर्न नगर बाध्य भएको बताउनुभएको छ । उहाँले थप्नुभयो– जसको कारण पनौती नगरको अन्य विकास निर्माणको कार्यमा समेत असर पु¥याउने बताउनुभयो । यसको यकिन क्षति के कति भयो भन्नेमा हालसम्म यथार्थ विवरण तत्काल आउन सक्ने अवस्थामा नभए पनि प्रारम्भिक अध्ययन अनुसार करिब २ अर्बभन्दा माथि क्ष्ँति भएको अनुमान गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभएको छ ।

पनौती नगरपालिका वडा नं. ३, ४, ५, ६, ७, ८, ९ र १० नं. वडाहरु बढी प्रभावित भएको प्रारम्भिक अध्ययनले देखाएको छ । रोशी खोलामा रहेको पक्की २५÷२५ मिटरको पुल २ (दुई) वटा पक्की पुल बगाई पुर्ण रुपमा क्षति भएको छ । त्यसैगरी वडा नं १० संग जोडिएको रोशीखोलाको पुल मानिसको आवत जावत समेत हुन नमिल्ने गरी क्षति भएको छ । वडा नं ३ कुशादेवीमा रहेको र वडा नं ४ को नयाँ बजारमा रहेको पुल क्षति भएको कारण यातायातको साधनलाई आवत जावत गर्न प्रतिबन्ध लगाईएको छ भने मानिस आवत जावतमा भने रोक नलगाएको पनौती नगरका इञ्जिनियर पे्रम सोनामले बताउनु भएको छ ।

अविरल बर्षातको कारण पनौती नगरका उल्लेखित वडाहरुमा रहेको सडक छेउमा पार्किङ गरिराखेको बा.५.ख ३६८९ नं.को निशान ट्रक, प्राभेट निजि कार लगायतका सवारी साधनहरु खोलाले बगाउंदा आंशिक रुपमा क्षति भएको प्रहरीले बताएको छ । अविरल वर्षातको कारणले क्षति पु¥याएको ऐतिहासिक धरोहरका संरचनाहरु साथै स्मारिक महत्व राख्ने स्थलहरु खानेपानी, सिंचाई लगाएत कृषिसँग सम्बन्धित विभिन्न बिकास निर्माणका कार्य र पुल पुलेसाहरु समेत गरी झण्डै २ अरब बराबरको क्षति भएको अनुमान गरिएको इञ्जिनियर पे्रम सोनामले बताउनुभएको छ ।

अविरल वर्षाको कारण पनौती नगरमा के कति क्षति भयो भनि यथार्थ विवरण संकलन गर्न नगरका उपप्रमुख गिता बञ्जाराको संयोजकत्वमा विपद् व्यवस्थापन एवं एकीकृत अनुगमन समितिले आफ्नो कार्यलाई अगाडी बढाएको नगरका उपप्रमुख गिता बञ्जाराले जानकारी गराउनु भएको छ । उक्त समितिलाई वडा नं ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाईको संयोजकत्वमा रहेको पुर्वाधार अनुगमन समिति र वडा नं १ का वडा अध्यक्ष गुणनाथ सापकोटाको संयोजकत्वमा रहेको कृषि तथा पशुपंक्षी व्यवस्थापन समितिले विपद् व्यवस्थापन समितिलाई सघाउँदै यकीन विवरण तयार गर्ने कार्यमा संयुक्त रुपमा जुटेको जानकारी उपप्रमुख बञ्जाराले गराउनुभएको छ । उक्त समितिहरुको प्रतिवेदन पश्चात एकिन क्षतिको विवरण प्राप्त हुने नगरका इञ्जिनियर सोनामले बताउनुभएको छ ।

त्यसैगरी अविरल वर्षातको कारण एक्कासी बढेको खोलाको माझमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीहरुको पहलमा उद्धार गरी बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । नमोबुद्ध नगरपालिका वडा नं ६ ज्यामिरे स्थित रोशी खोलामा दुबै तर्फबाट आएको बाढीको कारण नमोबुद्ध न.पा.वडा नं ६ बस्ने बर्ष ६२ को पञ्च तामाङ खोलाको बिचमा फसेका थिए ।तामाङ खोलाको विचभागमा रहेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी मेच्छेपौवा हाल भकुण्डेबेशीबाट र नेपाली सेना २६ नं. बाहिनी अड्डा भकुण्डेबेशीबाट खटिएको संयुक्त टोलीले सकुशल उद्धार गर्न सफल भएको बताइएको छ ।

त्यस्तै गरी काभ्रे जिल्ला रोशी गाउंपालिका वडा नं ३ शिखर आम्बोटे बस्ने बर्ष ८० को चमार सिं लामा, बर्ष ४५ की ईन्द्र माया लामा रोशी खोलामा दुबै तर्फबाट आएको बाढीको कारण बिचमा फसेको भन्ने खवर प्राप्त हुना साथ प्रहरी चौकी खहरेपाँगुबाट खटिएको प्रहरी र स्थानियहरुको सक्रियतामा सकुसल उहाँहरुको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

  • खोलाको विचबाट उद्धार गरी बचाउन सफल
  • पनौती नगरमा झण्डै दुई अरव बराबरको क्षति
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0