logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

लायन्स क्लबको सहयोग मजदुरलाई

प्रभातफेरी अनलाइन५०४० पटक पढिएको | २०७७ अषाढ ९, मंगलबार
लायन्स क्लबको सहयोग मजदुरलाई

गंगा लामा
पनौती/लायन्स क्लब अफ शंखुको पहलमा कोरोनाको महामारीको कारण दैनिक गुजारा गर्न समस्या परेका परिवारलाई खाद्यान्न सामाग्री एक समारोह बिच हस्तान्तरण गरिएको छ ।
लायन्स कल्ब अफ शंखुका अध्यक्ष माधव श्रेष्ठले लकडाउनका कारण अप्ठेरोमा परेका ५३ घर मजदुर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन, माक्स लगायतका सामान वितरण गरिएको बताएका छन् ।
सो क्रममा पनौती बजारका २० घरपरिवार, कुशादेवीका १० घरपरिवार र बेथानचोक गाउँपालिकामा बसोबास गर्दै आएका खानिखोला स्थायी घर भएका २३ घरपरिवारलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पतालका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला सभापति मधु आचार्य, प्रदेश सभा उम्मेदवार युवा नेता गणेश लामा, नेपाली कांग्रेस जल्ला सदस्य रामहरि शर्मा, लायन्स क्लब इन्टरनेशनका ३२५ ए २ का रिजनल चियरमेन माधब थापा, शंखु लायन्स क्लबका अध्यक्ष माधब श्रेष्ठ, ब्यबसायी एबं लायन्स बलराम थापा, लायन्स क्लब अफ बल्थलीका प्रथम उपाध्यक्ष महेश पौडेल, लायन्स चन्द्र ढकाल, ईन्द्र दाहाल, दोर्जेमान लामा छेत्र लामा, बेथानचोक सरोकार समाजका सल्लाहकार मछिन्द्रकुमार लामा, बेथानचोक गाउँपालिका २ र ३ का वडाअध्यक्षद्वय भगवान घिमिरे र दिलबहादुर श्रेष्ठ, हातेमालोका अध्यक्ष विनोद तिमल्सिना, बेथानचोक जेसिस अध्यक्ष राजेश तिमल्सिना, बेथानचोक कांग्रेस उपसभापति मदन तिमल्सिना, च्याप्साङ रूम्बा, बेथानचोक कस्ट्रक्सनका डिकमान लामा लगायतको उपस्थिति रहेको लायन्स क्लब अफ शंखुले जनाएको छ ।