Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कतै लुट कतै मानवीय सेवा, सरोकारवाला निकाय मौन

प्रभातफेरी अनलाइन ५३०५ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण ६, मंगलबार (५ साल अघि)
कतै लुट कतै मानवीय सेवा, सरोकारवाला निकाय मौन

बनेपा/मुलुकले अहिले पनि लकडाउन खेपिरहेको छ । लकडाउन शुभारम्भ भएको पनि आज एक सय २० दिन बिते । यो अवधिमा प्रायः कसैलाई पनि लकडाउनको महसुस छ भने जस्तो लाग्दैन तर गरिब, असहायहरुलाई भने बाह्र महिना लकडाउन छ ।

यो बिचमा कति आपत् विपद् आए लेखाजोखा रहेन । बिरामी पर्दा सिटामोल किन्ने अवस्था समेत रहेन । यो जर्जर अवस्था पार गर्दै आउँदा राज्यले लकडाउनलाई केही खुकुलो पारेको संकेत ग¥यो । त्यही खुकुलोलाई मानवीय सेवामा लगाए, कसैले कमाउ धन्दाको अवसरको रुपमा लिए ।

जे भए पनि चह्राएको घाउमा मलमपट्टि लगाउने काम भयो तर मानवीय भावना भने रहेन । यात्रामा सवार विहावर निवासी धरणीधर सापकोटाको कथन छ– २५÷३० लाख पर्ने सवारी साधनकै भाडा लिन्छन् रिक्साहरु पनि । त्यति मात्र कहाँ हो र ! २÷३ सिटमा ७ जना समेत कोचेर लान्छन् । मुख त्यस्तै छुच्चो छ, व्यवहार त्यस्तै दुष्ट छ । धन्य ! छ नेपालीजन । जे पनि सहनुपर्ने भन्दै गुनासो पोख्न पुग्नुहुन्छ ।

आफ्नो जीवनको लामो समयदेखि यातायातको सेवामा समर्पित हुँदै आएको बताउनुहुने राजाराम महर्जनको तर्क भने नितान्त फरक छ । यो संकटको घडीमा अत्याधुनिक भ्यान मार्फत् सेवा दिँदै आएको स्मरण गर्दै गाडिमा सेनिटाइजर, मास्क देखि निर्मलीकरण सम्मको सेवा सहित यात्रुको सेवामा समर्पित भएको बताउनुहुन्छ । त्यति मात्र होइन, ७०/७५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई निःशुल्क सेवा समेत दिने गरेको व्यवसायी महर्जनको तर्क छ ।

किन नी ? ई–रिक्साको यस्तो व्यवहार छ ! तपाईं भने पूरै मानवीय सेवामा भन्न नपाउँदै महर्जन थप्छन्– जसको विवेकमा जति छ, त्यति नै गर्छ । यस्तो संकटको घडीमा सेवाको नाममा लुट्नु नै पर्छ ? मेरो भनाइ सुन्नुहुन्छ भने त्यो सरासर लुट हो । यस किसिमको आपत विपद्का बेला सहयोग गर्नु कता हो कता, लुट्ने किसिमले प्रस्तुत हुनु न्याय संगत होइन भन्ने लाग्छ । यस किसिमका गतिविधिका बारेमा सम्बन्धित निकायले चासो राखेर गलत क्रियाकलाप गर्नेहरुलाई कारवाही गर्नुपर्ने हो । कि उहाँहरुको कानसम्म यस्ता कुरा पुग्दैनन् कि वास्ता नगरेको हो खै बुझ्न सकिएन भन्नुहुन्छ महर्जन ।

महर्जनको थप कथन थियो– यो क्षेत्रमा मात्रै होइन, जताततै यस्तै छ । अझ बढी त बोर्डिङ्ग स्कूलले गरेको छ भन्छन् पेसेन्जरहरु । गाडिमा उनीहरुको कुरा सुन्दा अचम्म लाग्छ । उहिले–उहिले भन्ने गर्नुहुन्थ्यो बाआमाले निराजुको मुलुक होइन नि ! मलाई ति शब्दको याद आएको छ, यो बेथिति देख्दा । यो अस्तव्यस्त अवस्थालाई कसरी लिनुभएको छ त ? भन्ने सवालमा महर्जनको तर्क छ– खै ! मैले कसरी लिएको छु भन्दा नि ! ठूलाबडाले बुझ्नुपर्ने कुरा हो ।

आफ्ना जनतालाई कसरी सुविधा दिने भनेर ! मैले त के भनौं ? तपाईंको विचारमा यो समस्या कसरी आयो जस्तो लाग्छ ? खै ! म जान्दिनँ, त्यो ति नै नेताहरुलाई थाहा छ ! कसरी ल्यायो ? जे भएपनि हामीलाई काम गरेर खान दिनुप¥यो । दुःखको बेलामा झन् दुःखको अवस्था आउन दिनुभएन । यसरी महंगी बढ्न दिनुभएन । यस्तै त हो नि हामीले भन्ने कुरा । के के गर्ने हो माथिकै मान्छेले गर्छन् । हामीले भनेर केही हुन्न भन्दै दुखेसो व्यक्त गर्नुहुन्छ महर्जन ।

  • कतै लुट कतै मानवीय सेवा
  • सरोकारवाला निकाय मौन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0