Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुर्जाे एक उपयोग अनेक

प्रभातफेरी अनलाइन ५२२५ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १, बिहिबार (५ साल अघि)
गुर्जाे एक उपयोग अनेक

आर. एल.‌‌ श्रेष्ठ

परिचयः
यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भीरएको हुन्छ ।
यसका पातहरु एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७—८ वटा नशाहरु भएका करीब १० सें.मी लामा हुन्छन् । यसका फलहरु आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।
२. वासस्थान (फैलावट)
यो उत्तर—पुर्वी भारत, श्रीलंका, म्यानमार, थाइल्याड, भियतनाम दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ । नेपालमा यो ३००–५०० मी. सम्मको उचाइमा पूर्व देखि पश्चिमसम्म पाइन्छ ।
३. उपयोगः
यसको उपयोगी अंग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, पुरानो ज्वरो, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगहरुमा उपयोग गरिन्छ ।
गुर्जो नेपालमा पाइने महत्वपूर्ण जडीबुटी हो । गुर्जोमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले आयुर्वेदिक चिकित्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सुझाव दिएका छन् ।
समान्य ज्वरोदेखि कालाजार र डेंगुजस्तो ज्वरोका बिरामीलाई गुर्जोको लहराको रस निकालेर सेवन गर्दा निको हुन्छ । आर्युवेद विज्ञका अनुसार बिहान बेलुका यसको रस सेवन गर्दा मुत्ररोग निको हुनुका साथै जण्डिस रोगमा यसको रस महमा मिलाएर सेवन गर्दा ठीक गर्छ। पाइल्समा यसको रस महसँग सेवन गर्दा निको हुनका साथै यसको पाउडर बनाएर सेवन गर्दा शरीरमा कान्ति आउने र स्फूर्ति आउँछ । चर्मरोगमा यसको पाउडर र निमपानीसँग सेवन गर्दा निको हुनुका साथै अनुहारमा देखिने विभिन्न प्रकारका दाग डण्डीफोरजस्ता समस्यामा पनि यसको रस लगाउदा निको हुन्छ। यसका साथै यसको नियमित सेवनले शरीरमा रोगबिरुद्ध क्षमता अभिवृद्धि गर्छ। शरीर पोल्ने, बढी तिर्खा लाग्ने र अम्लपित्तमा पनि यसको रस सेवन गर्दा फाइदा गर्छ। तर मधुमेहका बिरामी, बालबालिका, गर्भवति महिला र सुत्केरी महिलाले यसको सेवन गर्नुअघि चिकित्सको अनिवार्य सल्लाह लिनुपर्ने विज्ञको सुझाव छ ।
साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा यसलाई रामवाण मानिन्छ । मधुमेह, क्यान्सरसम्मका लागि गुर्जो अचूक औषधि हुने आयुर्वेद चिकित्सहरु बताउँछन् ।
हाल विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ र अहिले सम्म कोरोना भाइरसको खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने आयुर्वेद चिकित्सहरु बताउँछन् ।
४. खेती विधिः
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरुमा राम्ररी हुर्कन्छ ।
५. वेर्ना तयार गर्नेः
(क) हाँगाको कलमीबाटः डाँठको कलमीबाट नै यसका विरुवाहरु तयार गरिन्छन् । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । फागुन र चैत्रतिर यसरी हाँगाहरु काटेर अलिकति भाग जमिन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरु असार श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरु सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार र श्रावण उचित समय मानिन्छ ।
(ख) वीउबाटः यसको फलहरु असोज मंसीरमा पाक्दछन् । पाकेका राता फलहरु टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरु नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ । संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ । अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन र चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ ।
६. वेर्ना सार्नेः
नर्सरीमा तयार गरिएका वेर्नाहरु खासगरि कुनै रुखहरुको फेदमा लगाइन्छ । किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो ।
७. हेर विचारः
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ ता पनि पछिल्ला वर्षहरुमा त्यति हेर विचारको खाँचो पर्दैन ।
८. वाली संकलनः
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरु काटिन्छ । लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरु वाली लिन योग्य हन्छन् । लहरालाई जमिनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ । यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरुलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ । अथवा मुग्रोले थिचेर चेप्टो पार्न सकिन्छ । अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ । भण्डार गर्दा ओस आउन दिन हुदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0