Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पिसिआर संक्रमित काभ्रेकै पहिलो गर्भवती महिलाको सफल शल्यक्रिया

प्रभातफेरी अनलाइन ७८७७ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (५ साल अघि)
पिसिआर संक्रमित काभ्रेकै पहिलो गर्भवती महिलाको सफल शल्यक्रिया

बनेपा/कोभिड–१९ का कारण सामान्य बिरामीले पनि सहज रुपमा उपचार नपाएर मृत्युवरण स्वीकार्न बाध्य भएका खबरहरु एकपछि अर्काे गर्दै मिडिया र सामाजिक सञ्जालमार्फत् रंगिएको पाइन्छ ।
यो परिवेशमा बनेपाको ऐतिहासिक, व्यापारिक नगरीमा रहेको शीर मेमोरियल अस्पतालले पिसिआर पोजेटिभ भएको पहिलो गर्भवती महिलाको सफल शल्यक्रिया गरेर चर्चा कमाउन सफल भएको छ । कोभिड–१९ को पक्षमा कार्यरत संघसंस्थाहरुले स्वास्थ्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको वृत्तचित्रहरु पाठकका अगाडि झल्किरहेका छन् । यसैको प्रतिबिम्ब बनेर शीर मेमोरियल अस्पतालले गत भाद्र ९ गते पर्सा जिल्लाको जितपुर स्थायी घर भएकी गर्भवती अमृता ठाकुरको तत्काल शल्यक्रिया गरेर दोस्रो पटक कोरोना भाइरस विरुद्ध लड्न सक्छौं भन्ने सन्देश प्रवाह गरेको छ । शीर मेमोरियल अस्पतालका कोभिड–१९ कोअर्डिनेटर डा. अरुण गुप्ताका अनुसार सम्भवतः पिसिआर पोजेटिभ भएको गर्भवती महिलाको शल्यक्रिया काभ्रेको स्वास्थ्यको क्षेत्रमा यो पहिलो हुनुपर्छ । जुन साहस बटुलेर चिकित्सकहरुले बिरामीलाई पुनर्जीवन दिनुभयो, त्यसक लागि मसँग सम्मान व्यक्त गर्ने कुनै शब्द छैन । यो गम्भीर चुनौती उठाउने हिम्मत गर्नुभयो र सफल पनि हुनुभयो । यो कोरोना विरुद्धको लडाईंमा प्राप्त गरेको उपलब्धी हो । यसले कोरोना भाइरसलाई पराष्त गर्न सकिन्छ भन्ने हिम्मत चिकित्सा क्षेत्रमा जुटेको छ । तसर्थ, काभ्रेको इतिहासमा पिसिआर संक्रमित पहिलो महिलाको सफल शल्यक्रिया भएको छ । यो चुनौतीसँग सामना गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीप्रति अस्पताल र मेरो व्यक्तिगत तर्फबाट आभार व्यक्त गर्दछु । आगामी दिनमा आइपर्ने कुनै पनि समस्याहरुको समाधान यस्तै किसिमको सहकार्यबाट सम्बोधन हुने अपेक्षा समेत डा. गुप्ताले राख्नुभएको थियो ।
त्यसैगरी यो गम्भीर चुनौती उठाउने टिमको मुख्य पात्रका रुपमा डा. सविना अर्याल, ओबी सर्जनकै विशेषज्ञता प्राप्त अनुभवी डाक्टरको रुपमा आफूलाई यो क्षेत्रमा उभ्याउन सफल हुनुभएको छ । यस अघि पनि काभ्रेमा आरडिटी पोजेटिभ रिपोर्ट आएको महिलाको पनि शल्यक्रिया गरेर चर्चा बटुल्नुभएको थियो भने हाल पिसिआर पोजेटिभ आएको गर्भवती महिलाको सफल शल्यक्रिया गरेर चर्चाको शिखरमा पुग्नुभएको छ । हो, उनै डा. अर्यालका भनाई जोड्ने जमर्काे गरेका छौं । मेरो पेशा र धर्मले मानवीय क्षति हुन नदिनु भन्ने नै हो, जुन आदर्शकै कारण मैले सुरुवाती दिनमा पनि स्वास्थ्यको क्षेत्रमा आरडिटि पोजेटिभ रिपोर्ट आएको गर्भवती महिलाको शल्यक्रिया गर्न पुगेको थिएँ भने गत भाद्र ९ गते पिसिआर पोजेटिभ गर्भवती महिलाको सफलतापूर्वक शल्यक्रिया गरेर आफ्नो जिम्मेवारी पूरा गरेको हुँ । डा. अर्यालको थप कथन थियो– जुन किसिमको चुनौती उठाइयो तर हामी श्रममा विश्वास गर्नेहरुले श्रमको इज्जत नगरेका हुन् कि भन्ने भान परेको छ । हामीले यसो ग¥यौं, उसो ग¥यौं भन्दै हिँड्ने कुरो होइन, सम्बन्धित निकायले स्वास्थ्यको क्षेत्रमा के–कस्ता उपलब्धी हासिल भए भनेर खोजी गरेर सार्वजनिक गरी नागरिकहरुलाई सुसूचित गर्नुपर्ने होइन र ? बिडम्बना !

सवाल मेरो टिमले गत भाद्र ९ गते अमृता ठाकुरको आकस्मिक रुपमा गर्नुपरेको शल्यक्रियाले एकपटक झस्काउँछ । जब जुन अवस्थामा उहाँ हाम्रो अगाडि उपस्थित हुनुभयो, त्यसले अहिले पनि मलाई भावव्हिल बनाउँछ । उहाँका ति रोदनहरु सम्झेर ल्याउँदा भन्न मन लाग्छ, हामी कहाँ छौं ? हाम्रो मानवता कहाँ छ ? भाद्र ८ गते परीक्षणका लागि आउनुभयो । सबै अस्पतालभित्रका परीक्षणहरु सकिए, उहाँको गर्भमा रहेको ३४ हप्ताको नवजात शिशुको अवस्था अत्यन्तै दयनीय भइसकेको रहेछ । आमाको गर्भमा हुनुपर्ने शिशुलाई आवश्यक तरल पदार्थ रतिभर रहेनछ । यो अवस्थामा आकस्मिक शल्यक्रिया गर्नुको विकल्प थिएन ! तर हामी विवश थियौं, कोरोना भाइरसको रिपोर्ट पर्खिन । जब ९ गते बिहान पिसिआरको रिपोर्ट आयो, दुःखद भन्नुपर्छ, त्यस्तो अवस्थामा रहेकी गर्भवती महिलाको रिपोर्ट जसरी आयो त्यसले एकपटक सबैको आँखामाथि कालो बादल मडारिदियो । हामीसँग समस्यासँग सामना गर्नेभन्दा अर्काे विकल्प पनि त थिएन । हामी समस्यासँग भाग्न चाहेनौं, हाम्रो टिमले सुझबुझका साथ अरु केही नसोची शल्यक्रियाको तयारीमा लाग्यौं, सम्भवतः नेपालको परिप्रेक्ष्यमा पहिलो पिसिआर संक्रमितको शल्यक्रिया गर्दै थियौं । अर्काे जटिल विषय हाम्रो समाज, जुन संकीर्णतामा गुज्रिएको छ, त्यसको सिकार त्यो परिवार हुन्छ भन्ने चिन्ता सहजै थियो । त्यसका कारण परिवारमा रुवाबासी हुनु नौलो थिएन । अमृताका आँखा बलिन्द्र आँशुले भरिएका थिए, उनका श्रीमान् यो घटनालाई सार्वजनिक नगरिदिनुस् भन्दै बिलौना गरिरहेका थिए । अमृताको यो अवधि नपुग्दैको तेस्रो सन्तान थियो । यदि यो घटनालाई सार्वजनिक ग¥यो भने अन्य दुई बालक र श्रीमान्को मृत्युको विकल्प थिएन भन्दै बिलौना गर्दै थिए । त्यतिबेला हामी चिकित्सक टोली मानवीय संकटमा थियौं । एक त तराई मुलुकको बासिन्दा, अर्काे हाम्रो समाजमा जक्डिएर बसेको संकीर्णवादी सोचलाई चिर्नु त्यति सजिलो थिएन । यि सबै समस्याहरुका बाबजुद सफल शल्यक्रिया ग¥यौं । आमा र नवजात शिशुको अवस्थालाई सुरक्षित बनायौं । त्यसपछिका घटनाक्रममा गत आश्विन ९ नै गते संजोग भन्नुपर्छ, कुशादेवी निवासी निमा सापकोटा जसको पहिलो बच्चा शल्यक्रियाबाट निकालिएको थियो, त्यसैले दोस्रो बच्चा पनि शल्यक्रिया गरेरै जन्माउनुपर्ने अवस्था आइप¥यो । उनी पनि पिसिआर संक्रमित रहेछन् । जसले गर्दा हामीलाई जसरी अमृता ठाकुरको सर्जरीमा सावधानी अपनायौं, त्यसैगरी सापकोटाको पनि शल्यक्रिया गरेर आमा र शिशु दुवैलाई स्वस्थ रुपमा पुनजन्म दियौं । यसैमा हाम्रो टिमले सन्तुष्टि मानेको छ भन्नुहुन्छ डा. अर्याल ।

तपाईं कोरोना मुक्त हुन चाहनुहुन्छ भने स्वास्थ्यकर्मीको इज्जत गर्न सिक्नुस् ः नर्स कायस्थ

कोरोना विरुद्धको लडाईंमा अग्रदस्ताका हस्ती जो संक्रमितहरुको सुरु देखि नै स्याहार सुसारमा खटिरहेका छन् । तिनै परिचारिका (नर्स) जसले सामाजिक विभेदको चर्काे सिकार हुनुपरेको छ । शीर मेमोरियल अस्पतालको हकमा नर्सहरु आरती थापा, गंगा केसी, प्रियंका कायस्थ लगायतका सयौंले संकीर्ण सोचले भरिएको समाजको आँखामा राती गेडी बन्दै परिवार लगायत सिंगो समाजलाई सकारात्मक रुपान्तरण तर्फ आकर्षित हुन विवश बनाएका छन् । हो, उनै हेरालुहरुको प्रतिनिधि पात्रका रुपमा प्रियंका कायस्थका प्रतिनिधिमुलक अभिव्यक्ति जोड्ने कोसिस गरिएको छ । जब संक्रमितहरुको वेदना देख्छु तब निष्ठुरी समाजको निच व्यवहारले हिनताबोध पैदा गर्दछ । । जब मैले लिएको उद्देश्य र कर्तव्य सम्झन्छु, तब हामीमा उर्जा प्राप्त हुन्छ । त्यसैले संक्रमितहरुसँग सौहार्द रुपमा हातेमालो गर्न पुग्छौं । कोरोनासँग डराउने होइन, सजग भएर सामना गर्नुको विकल्प देख्दिनँ र छैन पनि । सायद त्यसैले होला, सुरुका दिनमा घर, परिवार, समाजले अति नै चिन्ता जाहेर गरायो तर आज घरपरिवारको माया, मोह पनि संक्रमितहरुसँगै बाँडेका छौं भन्नुहुन्छ परिचारिका कायस्थ ।

उहाँको थप कथन छ– यदि कोरोनाबाट मुक्त हुन चाहनुहुन्छ भने “स्वास्थ्यकर्मीको इज्जत गर्न सिक्नुहोस् ।” यहि उद्देश्यलाई मनन गर्दै सुरुवाती दिनमा त निकै डर लागेको थियो तर बिस्तारै डरहरु हट्दै गए, हिम्मतहरु जुट्दै आए । कता–कता अहिले पनि डर त लाग्छ तरपनि सुरक्षाका सबै विधि अपनाएका छौं । जसले गर्दा अब खासै अप्ठ्यारो लाग्दैन, स्याहार सुसार गर्दागर्दै संगालेको अनुभव, आमा संक्रमित भएपनि उनको गर्भबाट जन्मिएको शिशुमा संक्रमण कमै मात्र देखिएको छ । त्यसले पनि आत्मविश्वास बढाएको छ । शिशुलाई स्तनपान गराउँदाको क्षण सम्झँदै रिपोर्टको पर्खाई त्यसपछिको चर्चा गर्ने शब्दै नहुने खुशीका क्षणहरुको अनुभूतिको लेखाजोखा वर्णन गर्ने शब्द नै छैनन् । पछिल्लो पिडितमा अमृता ठाकुर र निमा सापकोटा जो पिसिआर पोजेटिभ लिएर पनि पुनर्जीवन प्राप्त गर्ने सौभाग्य आमाहरुमा पर्नुहुन्छ । अमृता ठाकुरसँगको १० दिनको बसाईंले तराईका महिलाहरुको यथार्थता पढ्ने अवसर मिल्यो । जति नै स्वतन्त्रता र हक अधिकारका कुरा गरेपनि अझै ति भूभागहरुमा महिलामाथिको दासत्व ज्यूँकात्यूँ छ भन्ने चित्रण दिएर घर जानुभएको छ अमृता । उहाँले हामी महिला के हौं ? र कसरी जिइरहेका छौं भन्ने प्रतिनिधि पात्रका रुपमा हामीलाई ब्यूँझाएर जानुभएको छ । हो, जो पिसिआर संक्रमित भएर पनि आफू र शिशु दुवैलाई स्वस्थ राख्न सफल आमाको रुपमा लिन सक्छौं ।

 

संक्रमणमा नवजात शिशु

बनेपा/आमालाई पिसिआर पोजेटिभ देखिएपछि जन्म लिन पुगेकी नवजात शिशुलाई पनि संक्रमित भएको रिपोर्ट जिल्ला स्वास्थ्य कार्यालयको हवाला दिँदै बाल विशेषज्ञ डा. अरुण गुप्ताले सार्वजनिक गरेका छन् । आश्विन ९ गते कोरोना पुष्टि हुन पुग्नुभएकी आमा निमा सापकोटाको शल्यक्रियापश्चात् जन्म लिन पुगेकी नवजात शिशुको ७२ घण्टापछि गरिएको स्वाब परीक्षणमा संक्रमित भएको रिपोर्ट आएपछि डा. गुप्ताले उक्त कुरालाई पुष्टि गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाको हवाला दिँदै डा. गुप्ता भन्छन्– सम्भवतः नेपालकै पहिलो संक्रमित नवजात शिशु हुनुपर्ने बताउनुभएको छ । आजसम्म यति छोटो उमेर समूहमा पिसिआर पोजेटिभ भेटिएको रिपोर्ट आएको छैन । यो नै पहिलो घटना भएको डा. गुप्ताले बताउनुहुँदै जिल्ला स्वास्थ्य कार्यालयले दैनिक सार्वजनिक गर्ने प्रतिवेदनमा उक्त तथ्य सार्वजनिक गरेको बताउनुभएको छ ।

 

मैले र मेरो शिशुले पुनर्जीवन पाएका छौं, यदि कर्मथलोमै यो घटना भएको भए हामीले यो संसार देख्ने थिएनौं ः पिडित अमृता ठाकुर

स्वास्थ्यको क्षेत्रमा नेपालको पहिलो पिसिआर संक्रमित गर्भवती महिला जसले पुनर्जीवन पाइन । यदि म पर्सामै थिएँ भने आज यो संसार देख्ने थिइनँ होला भन्दै भावव्हिल हुन पुग्नुहुन्छ अमृता ठाकुर । जब प्रसव पिडामा थिएँ, रातारात अस्पताल ल्याइपु¥यायो । मेरो र मेरो बाबु (छोरा) को दिन सकिएको रहेनछ र आज यो दृश्य हामी आमा, छोराले देखिरहेका छौं ।
जब म जीवनमा पहिलो पटक गर्भवती भएर बच्चाको कुरा गर्न डाक्टरको सामु भावव्हिल बन्न पुगें, रिपोर्ट नराम्रो आयो भन्ने सुनेपछि ! मिल्छ भने डाक्टर साब मलाई यहिँ मारिदिनुस्, बाहिर हल्ला नगरिदिनुस् जस्ता शब्द मेरो मुखबाट निस्किएछन् । मेरो रोदनले होला, डाक्टरहरु नि निकै भावव्हिल हुनुभो । चुनौती उठाएरै म र मेरो बाबुलाई जीवन दिनुभयो, डाक्टरसाबहरुलाई मेरो तर्फबाट धेरै–धेरै आभार व्यक्त गर्दछु । म कहिल्यै पनि यो ऋण तिर्न सक्दिनँ ! शीर मेमोरियल अस्पताल र मेरो शल्यक्रियामा सरिक सिंगो टिमप्रति, मेरो शरीरमा एक थोपा रगत रहेसम्म उहाँहरुले मप्रति लगाएको गुण रहिरहन्छ । मेरो १० दिनको बसाईमा जुन किसिमको माया, ममता र हौसला दिएर राख्नुभयो, त्यसले आज म हाँसी खुशी दैनिकी चलाइरहेको छु । मलाई उर्जा मिलेको छ, मेरो पिडासँग हातेमालो गर्नुहुने नर्सहरुप्रति धेरै–धेरै नमन छ भन्नुहुन्छ अमृता ठाकुर । अमृताको थप कथन थियो– अवधि नपुगी कम तौलका बच्चा जन्मिनुको कारण पिडामाथि पिडा बज्रिन पुगेको थियो । स्वास्थ्यकर्मीहरुको राम्रो रेखदेखका कारण यि सबै पिडाहरु आज शक्तिमा रुपान्तरण हुन पुगेको छ । आज मेरा अगाडि कसैले नि भन्दैन, अवधि नपुगेको, कम तौलको यो बाबु जन्मियो भनेर । १० दिनमै त्यस्तो हिस्टपुष्ट बाबु बनाइदिनुभएको छ । पिडैपिडाका बिचमा असिमीत सन्तुष्टि पाएको छु । यो परिस्थिति सिर्जना गरिदिने अस्पताल परिवारप्रति पुनः एकपटक हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु भन्नुहुन्छ अमृता ।
अमृता ठाकुरका श्रीमान् वीरेन्द्र ठाकुरको यो घटनाबारे प्रतिक्रिया यस्तो छ, हाम्रो परिवारलाई नै बचाइदिएको छ अस्पतालले । त्यहाँ मेरो श्रीमती मात्र बिरामी थिइनन्, हाम्रो सिंगो परिवार नै बिरामी थियो । जसले जुन किसिमको सहानुभूति सहित आत्मबल प्रदान गरेर हामीलाई बाँच्ने हिम्मत जुटाइदिएको छ, त्यसका लागि डाक्टर, नर्सहरु हाम्रा लागि भगवान् भएर आए । उहाँहरुप्रति सम्मान गर्ने शब्द नै छैन । १०/१० दिनसम्म मेरो परिवारको जुन किसिमको रेखदेख भयो, मलाई पटक–पटक सहानुभूति प्रकट गर्नुभएकै कारण हामीले यो संसार देखेका छौं । यस परिस्थितिका बारेमा हामीसँग कुनै चर्चा गर्ने सम्मानका शब्द छैनन् भन्नुहुन्छ अमृताका श्रीमान् वीरेन्द्र ठाकुर ।
यसरी मानवीय सेवामा आफूलाई समर्पित गर्न सफल भएकोमा सिंगो अस्पताल परिवारप्रति नर्सिङ्ग डाइरेक्टर उमा थापाले आगामी दिनमा पनि यस्तै किसिमको मानवीय सेवामा स्वास्थ्यकर्मीहरुले आफूलाई समर्पित गर्नुहुनेछ भन्ने अपेक्षा राख्नुभएको छ ।
स्मरण रहोस्, यो चिकित्सक टिमले कोभिडका सुरुवाती दिनमा पनि पोजेटिभ रिपोर्ट आएकाहरुलाई सफलतापूर्वक शल्यक्रिया गरेर पुनर्जीवन दिएको संक्रमितहरुको प्रतिक्रिया थियो । । अहिले पनि आईसोलेशनमा बसेर उपचार गराइरहेकाहरु पनि आफूहरु अस्पतालले प्रदान गरेको सेवाबाट अत्यन्तै सन्तुष्टि रहेको बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0