धनी राम कोरी
कपिलवस्तु/कपिलवस्तुको महाराजगञ्ज नगरपालिका भित्र विभिन्न स्थानमा छाडा गाइगोरु हरुले स्थानीयलाई दुख दिइरहेका छन । छाडा गाईगोरुहरुले किसानका धानबाली र तरकारी खेतीलाई सखाप पार्दै आएका स्थानीयहरुको गुनासो रहेको छ ।
महाराजगञ्ज बजार क्षेत्रभित्र दिनप्रतिदिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गएसंगै सडकमा सावरी चालक तथा पैदल यात्रीलाई समेत समस्या हुन थालेको हो ।
छाडा चौपाया का कारणले सवारी दुर्घटना बढी हुन सक्ने नेकपा महाराजगन्ज नगर कमिटीका अध्यक्ष विजय जैसवालले बताउनुभएको छ । जैसवाल को प्रश्न रहेको छ महाराजगञ्ज नगरपालिकाभित्र रहेका छाडा चौपाया लाई व्यवस्थापन गर्ने जिम्मेवारी कसको ?
नगरपालिका भित्रका औरहवा, डेरवा, महाराजगञ्ज लगायतका अन्य गाउँ ठाउँमा छाडा गाई गोरुहरुले किसानलाई हैरान पारिरहेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |