Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असहायको आश्रय स्थल मानव कल्याण समाज

प्रभातफेरी अनलाइन १४४९७ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २७, मंगलबार (५ साल अघि)
असहायको आश्रय स्थल मानव कल्याण समाज

धुलिखेल/खुल्ला आकाशमुनिको आश्रयमा जीवन बिताउन विवश असहायहरुको लागि मानव कल्याण समाज सारथी बनेर आएको छ ।
गत शुक्रबारबाट विधिवत् रुपमा सेवा प्रवाह गरेको समाजले एक कार्यक्रम बिच जानकारी गराएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको समाजले सडकको जीवन व्यतित गर्न विवश असहायहरुका लागि गाँस, बास, कपास, सीप र रोजगारी समेतको व्यवस्थापन सहित सेवामा समर्पित हुने जानकारी समाजले गराएको छ । काभ्रे जिल्लामा धुलिखेल नगरपालिका वडा नं. ४ बाँसघारीबाट आफ्नो सेवा प्रवाह हुने समाजले जनाएको छ । समाजले सडकमै आश्रितहरुका लागि स्वास्थ्य, शिक्षा, रोजगारीको योजनाका साथ सेवा प्रवाह गर्ने प्रतिबद्धता समाजका अध्यक्ष सुमित्रा चौलागाईंले बताउनुभएको छ । विनाशकारी भूकम्पपछि खुल्ला आकाशमुनि आश्रित हुनेको संख्या सडक पेटीमा दिनप्रतिदिन बढ्दै गएकोले यो जटिल समस्याको समाधान खोज्ने क्रममा यो समाजको जन्म भएको खुलासा समेत अध्यक्ष चौलागाईंले गर्नुभएको थियो ।
उहाँका अनुसार अहिलेसम्म समाजले झण्डै २ सयको हाराहारीमा सडक पेटीमा आश्रित असहायहरुको पुनर्जीवन दिएको र काभ्रे शाखाले पनि एक हप्ता नबित्दै १३ जना सडक पेटीमा आश्रितहरुको उद्धार गरेको बताउनुभएको छ ।
समाजमा केही गरौं भन्ने भावना बोकेका सामाजिक अभियान्तामार्फत् सञ्चालनमा आएको “सेवा घर” ले उद्धार पश्चात् आश्रितहरुलाई सक्षम बनाएर पारिवारिक वातावरणमा घुलमिल हुनसक्ने क्षमता सिर्जना गरी परिवारसँग मिलन समेत गराउँदै आएको अध्यक्ष चौलागाईंको कथन थियो । आफ्नो वडामा मानवीय भावना बोकेको परोपकारी संस्था खुलेकोमा धुलिखेल वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्यको कथन थियो– समाजमा विभिन्न रुप, रंग बोकेका कागजी प्रतिवेदनले झोला भरेका गैर सरकारी संस्थाहरुका अगाडि मानव कल्याण समाज जुन उद्देश्य सहित आएको छ, यसले ति नामधारी संस्थाहरुलाई चुनौती दिने विश्वास आफूले लिएको बताउनुभएको छ । काभ्रे जिल्लालाई कर्मठ थलो बनाउने जमर्काे सहित सडक पेटीमा आश्रितहरुको सारथी बन्ने जर्मको सहित आएको यसले आफ्नो लक्ष्य पूरा गर्ने विश्वास राखेको छु ।
त्यसैले काभ्रे जिल्लामा अलपत्र परेका बेवारिसे जीवन बिताइरहेका असहायहरुले नयाँ जीवन पाउनेमा आफू विश्वस्त भएको अध्यक्ष कर्माचार्यले भेटमा बताउनुभएको छ । समाजले जुन प्रतिबद्धता जनाएर सेवामा समर्पित भएको छ, त्यो प्राप्तिका लागि वडाबाट सक्दो सहयोग हुने वचनबद्धता समेत व्यक्त गर्नुभएको छ । “सेवा घर” ले पक्कै पनि यो क्षेत्रमा अनुकरणीय सेवा प्रवाह गर्ने विश्वास दिलाएको छ । हुने बिरुवाको चिल्लो पात भनेझैं मानव सेवा समाजले आगमनले नै वडावासीको मात्र नभई जिल्लावासीकै मन जित्न सफल भएको मनन गरेको छु ।
आगामी दिनमा आफ्नो यो उचाईलाई निरन्तर कायम राख्नेछ भन्ने अपेक्षा आफूले लिएर वडा अध्यक्ष कर्माचार्यले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0