Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक दूरीका कायम गर्दै मासिक कर्मचारी बैठक

प्रभातफेरी अनलाइन ७३९८ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (५ साल अघि)
सामाजिक दूरीका कायम गर्दै मासिक कर्मचारी बैठक

बहादुरगंज, कपिलबस्तु । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंज, कपिलबस्तुले सामाजिक दुरी कायम गर्दै नियमति कर्मचारी बैठक तथा बिजया दशमी, शुभ दीपालवली तथा छठ पर्व २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजका नेत्र विशेषज्ञ डा.रबिन्द्र सिंह ठकुरीको अध्यक्षतामा भएको सो कर्मचारी बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै डा. ठकुरीले कोभिड १९ को यस बिषम परिस्थितिमा पनि सुरक्षाका सबै सावधानीहरु अपनाएर यस अस्पतालले नियमित रुपमा सेवा प्रवाह गरिरहेकोे र कुनै पनि बिरामीहरुलाई नफर्काएको बताएका छन् । उहाँले नेपालका कतिपय स्वास्थ्य प्रदायक संस्थाहरुका प्रायजसो कर्मचारीहरु कोरोना संक्रमित हुंदा स्वास्थ्य संस्था नै सिल तथा बन्द गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै कोरोनासँगको लडाईमा अस्पतालका प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारीका साथै अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुको संयुक्त प्रयास र कार्यकुशलताका कारण अस्पतालले नियमित सेवा प्रवाह गर्न सक्षम रहेको बताउनुभएको थियो । यसको लागि उहाँले अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुलाई धन्यवाद समेत कार्यक्रममा दिनुभयो ।
अस्पतालको नियमित कर्मचारी बैठकमा विभिन्न बिभागका डिपार्टमेन्ट इन्चार्जहरुले भदौ महिनाको मासिक प्रगति प्रतिवेदन समेत पेश गरेका थिए । जस अनुसार भदौ महिनामा मात्र अस्पतालले १ हजार ६ सय ३२ जना आँखाका बिरामीहरुलाई ओ.पि.डि सेवा प्रदान गरेकोमा ७९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरेको ओ.पि.डि इन्चार्ज ओपेन्द्र चन्दले बताउनुहुँदै ल्याब टेक्निसियन देबराज शर्माले ४ सय ७७ जनालाई ल्याब सेवा प्रदान गरिएको जानकारी गराउनुभएको थियो । त्यसैगरी भदौ महिनामा ९० जना कानका विरामीहरुले सेवा लिएको नेत्र सहायक सरताज हुसेनले बताए । कृष्णनगर रिफरल सेन्टरले भदौ महिनामा १ सय ४२ जनालाई ओ.पि.डि सेवा प्रदान गरेको सेन्टरका इन्चार्ज रजनिश श्रीवास्तवले उक्त अवसरमा बताएका थिए । सो अवसरमा भदौ र असोज महिनाको आम्दानी तथा खर्चको विवरण लेखा सहायक कमल चौधरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0