Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मान्यजनबाट टिका र जमरा थाप्ने भीड कम रहेन

प्रभातफेरी अनलाइन ६९२६ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ११, मंगलबार (५ साल अघि)
मान्यजनबाट टिका र जमरा थाप्ने भीड कम रहेन

बनेपा । २०७७ सालको विजया दशमीको टिका राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमाको हातबाट सोमबार बिहान १०ः१९ को साइतमा टिका लगाउनुभएको छ । यो पटक कोरोना संक्रमणका कारण सर्वसाधारणलाई भने राष्ट्रपतिबाट टिका तथा जमरा प्रदान भएन ।
टिकाको साइतमै टिका लगाउनुपर्छ भन्ने मान्यता भएता पनि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसाद र मान्यजनबाट आशिर्वाद थाप्नेको लर्काे नै लाग्ने गर्छ । विशेष गरी रातो टिका र समृद्धिको प्रतिकका रुपमा पहेंलो जमरा लगाउने प्रचलन रही आएको छ तर यो वर्ष कोरोना संक्रमणका कारण बजारमा चहलपहल घटेको देखिएता पनि मान्यजनहरुकहाँ पुग्नेहरुको भीड भने कम छैन ।

कोभिड–१९ को सन्त्रासमा रुमलिएको दैनिकीबाट केही फड्को पार गर्दै २०७७ सालको दशैं पनि नेपालीजनहरुले जहाँ छन्, त्यहीँ मन खोलेरै मनाएको पाइयो । अझ कति त माथि उल्लेख भएजस्तै अनुच्छेद कदर गरेको प्रशस्तै भेटिएका छन् । सार्वजनिक यातायातमा त्यति चाप नदेखिएता पनि व्यक्तिगत रुपमा भाडाका रिजर्भ गाडिहरु गत वर्षका दशैंमा भन्दा बढि नै खपत भएको व्यवसायीहरुको प्रतिक्रिया छ । अधिकांशले दुई पांग्रे साधनको प्रयोग गरेको भएता पनि चार पांग्रे भाडाका गाडीहरुको प्रयोग अधिक भएको चालक पञ्च तामाङ बताउँछन् ।

त्यसैगरी लामो समयदेखि आफ्नै चार पांग्रे गाडि चलाइरहेका चालक बद्री श्रेष्ठको कथन छ– यो पटक कोरोनाको कारणले होला, हाम्रा लागि टिप राम्रै भएको छ । भाडामा यात्रुहरुले कुनै किसिमको कचकच गरेका छैनन् । मागेको भाडा चुपचाप दिनुभएको छ । यसबाट के पुष्टि हुन्छ भने यात्रुहरुका लागि भाडाका गाडिको आवश्यकता बढि भएको देखिन्छ । त्यो नपुग भएकै कारण उहाँहरुलाई गाडि भए पुग्यो । त्यसले पनि भाडामा मोलमोलाई नभएको हुनुपर्छ । चालक श्रेष्ठ थप्छन्, फाटफुट चलेका सार्वजनिक यातायातले पनि अरु दिनको भन्दा आज डबल तेब्बर भाडा लिएको यात्रुहरुको गुनासो सुनेको छु । यो अवसरवादी चरित्र देखाउनु ठिक भएन । हामी पनि ड्राइभर हौं, ड्राइभरको आलोचना आउँदा कता–कता नरमाइलो लाग्छ । यो अवसरवादी चरित्र देखाउनु ठिक होइन । बरु नचलाएको भए हुन्थ्यो नि । एकदिनको व्यवहारको आलोचना बोकेर भाडा असुल्नु सान्दर्भिक लागेको छैन भन्छन् श्रेष्ठ ।

यस्तै मान्यजनबाट टिका र आशिर्वाद थाप्न सिन्धुलीको जरायोटार घर बताउने सिता बस्नेत अर्काे साल के हो के हो भनेरै अग्रजहरुको मुख पनि हेरौं, आशिर्वाद पनि थापौं भनेर उति टाढादेखि आइरहेको छु । साँझसम्म त कसो नपुगिएला भन्नुहुन्छ । त्यसै त तपाईं स्वास्थ्यकर्मी सरकारले त्यत्रो निर्देशन गरेको छ अवज्ञा गर्न मिल्छ ? भन्दा सरकारको कुरो आफ्नो ठाउँमा छ । उहाँहरुको अनुकूलतामा के के निर्णय गर्छन् त्यसतर्फ त्यति चासो राख्नु मनासिव ठानेको छैन । हुन त म सरकारी कर्मचारी, त्यसो भन्नु न्यायसंगत नहोला तर जनचाहना अनुसार २÷४ किलोमिटर बाटो खन्नु, केही पुलपुलेसा बनाउनु मात्रै ठूलो कुरो होइन । जनचाहनाअनुसार उनीहरुको जीवनसँग सरोकार राख्ने के नै राम्रा काम गरेका छन् र ? यदि सुरुमै कोरोनाको बारेमा राम्रोसँग बुझाएर लकडाउनको अर्थ राखिदिएको भए आज यो अवस्था आउने थिएन । सुरुमा गर्नुपर्ने क्रियाकलाप आज आएर भएका छन्, जसको परिणाम मुलुकले यो दुर्दशा व्यहोर्नु परेको छ । जतिबेला नेपालीजनलाई राहतको खाँचो छ, त्यतिबेला पानी पनि पाएनन् । जति बेला बन्द गर्नुपर्ने थियो, त्यतिबेला त्यता चासै गएन । अहिले जुन नाटक मन्थन भएको छ, त्यो एउटा देखाउने पाटो बनेको छ । त्यसैले म आफूले आफैंलाई धिक्कार्छु भन्नुहुन्छ बस्नेत । किन धिक्कार्नुहुन्छ भन्ने प्रतिप्रश्नमा बस्नेत थप्नुहुन्छ– अतित केलाउँदै निर्वाचन ताका फाटेका जुत्ता, खाएको पिडा सुनाउन पछि पर्नु हुन्न ।

“आउने साल मरिन्छ, बाँचिन्छ, यो पटक त धित् खोलेरै नाचिन्छ” भनेझैं जो जहाँ रहेको छ, त्यहिँ नै बाट धित् खोलेर २०७७ को दशैं मनाएको यात्राका अधिकांश बटुवाको तर्क छ । काठमाडौं जोरपाटी घर बताउने सुमित्रा पुडासैनी भन्नुहुन्छ– कोरोनाले आफ्नो र पराई भन्दैन, अर्काे साल के हो के हो ! कोरोनाले यति धेरै सताएको छ, आफ्नै ठेगान छैन, त्यहि भएर पनि आफ्ना मान्यजन जो वृद्धवृद्धा हुनुहुन्छ, चुनौती उठाएरै आशिर्वाद थाप्न आएको बताउनुहुन्छ । साङ्ले खोला घर बताउने पुनम सुवेदी– जसले जे भनोस्, सुरक्षित तवरले टिका थाप्ने जमर्काे गरेरै गाडि रिजर्भ लिएर आफ्नो परिवार सहित आएका छौं । सार्वजनिक यातायातमा यात्रा गर्दा जोखिम भएकै कारण अन्य बेलाको भन्दा दोब्बर भाडा तिरेर रिजर्भ लिएर आएका हौं । पैसा ठूलो कुरो भएन, मान्यजनहरुबाट प्राप्त हुने आशिर्वाद नै महत्वपूर्ण पक्ष हो । त्यसैले यो बेला खर्चमा कञ्जुस्याईं गर्नु उचित लाग्दैन भन्नुहुन्छ सुवेदी ।

काभ्रेको तेमाल गाउँपालिका वडा नं. ३ घर बताउने विपना लामा भन्नुहुन्छ– हामी गाउँघरमा रहेका छौं, जान पनि गाउँबस्तीमै पुग्ने हो । त्यसैले पनि हाम्रो उपस्थितिमा समस्या रहन्न भनेर लागेरै आफूभन्दा माथिका मान्यजनबाट टिका र आशिर्वाद थाप्नकै लागि महँगो भाडा तिरेर टिका थाप्न हिँडेका छौं । पहिलाको दशैं तिहारभन्दा यो पटकको गाडि भाडामा अधिक महँगो भएको रहेछ । किन होला यति महँगो गरेको भन्नुहुन्छ बटुवा तामाङ । यता यातायात व्यवसायीको तर्क छ– सार्वजनिक यातायात कम चलेको कारण यात्रीहरुमा केही मर्का परेको साँचो हो ।

तस्वीरः सामाजिक सञ्जाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0