Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा कोभिड संक्रमितको संख्या थपिँदै

प्रभातफेरी अनलाइन ५१२० पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ११, मंगलबार (५ साल अघि)
काभ्रेमा कोभिड संक्रमितको संख्या थपिँदै

बनेपा । काभ्रे जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयले जनाएअनुसार कोरोना भाइरस संक्रमितहरुको संख्या मंगलबारसम्मको तथ्यांक सार्वजनिक गरिएको छ । जसमा सर्वसाधारणदेखि राजनीतिक व्यक्तित्व समेत संक्रमित हुन पुगेका छन् । स्थानीय तह अन्तर्गत सबैभन्दा बढी संक्रमित बनेपा नगरपालिका जहाँ मंगलबारसम्म २ सय २८ छन् भने सबैभन्दा कम चौरीदेउराली र खानीखोला गाउँपालिका रहेका छन् । जहाँ प्रति गाउँपालिका १/१ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

जसमध्ये १५ सय भन्दा बढि संक्रमित देखिएका छन् । संक्रमित भएपश्चात् निको हुनेको संख्या पनि त्यसैगरी डबलिएको छ । जसका कारण संक्रमण हँुदैमा आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पुष्टि गरेको छ । होम आइसुलेसन, क्वारेन्टाइन, आइसुलेसन, हस्पिटलमा रहनुहुने सम्पूर्ण संक्रमितहरु सबैभन्दा पहिला उच्च आत्मावलका साथ कोभिड १९ लाई पराष्त गर्न सक्ने क्षमता राख्नु नै महत्वपूर्ण पाटो रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताएका छन् । उहाँका अनुसार कोभिडको औषधी उपलब्ध नभएता पनि हाम्रै गाउँबस्तीमा प्राप्त हुने जडिबुटी र चिकित्सकको सल्लाह बमोजिम उपयुक्त औषधी सेवन लगायतका विशेष कुरालाई ख्यालमा राख्न सकियो भने कोभिडलाई जित सकिने बताउनुभएको छ ।
उहाँका अनुसार तपाईंलाई रुघाखोकी छ, ज्वरो सय फरेनहाइटभन्दा माथि छ भने लगातार ७ दिनसम्म ज्वरो, रुघाखोकी निको नहुन्जेलसम्म संक्रमितहरुले यो पद्धति अपनाउन सकेमा लाभदायिक सिद्ध हुनेछ ।
जसमा जडिबुटीमा गुर्जाे एक तोला करिव १२ ग्राम भन्दा माथि, २ तोला २४ ग्रामसम्म (सिलौटोमा कुटेर) र समान भागमा अदुवा राखेर जिरा, बेसार, दालचीनी ५ ग्राम, मरिच २५ गेडा, कालो बिरेनुन अथवा मिश्रि, मह लगायतका जैविक औषधीहरुको उपयोग गर्नु लाभदायिक ठहरिन्छ तर आफ्नो शरीरमा रहेका दीर्घ रोगहरु मधुमेह, उच्च रक्तचापको अवस्था हेरेर यदि मधुमेह छ भने कालोनुन (बिरेनुन) राख्नु होला र ज्वरो सय फरेनहाइट भन्दा माथि छ भने कालो जिरा २५–३० गेडा राखेर सम्पूर्ण आयुर्वेदिक मिश्रण बनाई औषधीको रुपमा एक लिटर पानीलाई आधा लिटर हुने गरी पकाएर आफुलाई आवश्यक पानी गिलासमा राखि उपयोग गर्नु उचित हुन्छ । उक्त उमालेको पानी क्रमशः ८ घण्टासम्म उपयोग गर्न सकिन्छ ।

सोही क्रममा संक्रमितले तातोपानीको बाफ दिनमा दुई पटक लिनु स्वास्थ्यको लागि उपयुक्त रहन्छ । आफू बस्ने कोठा वातावरणीय हिसाबले उपयुक्त हुनुपर्छ । जहाँ बाहिरी वातावरणको सहजै पहुँच पुगेको हुनुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0