Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाँस काटेर गरेको मानवीय सेवाले नै सन्तुष्टि दिन्छ ः उपाध्यक्ष लामिछाने

प्रभातफेरी अनलाइन ६३२८ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (५ साल अघि)
गाँस काटेर गरेको मानवीय सेवाले नै सन्तुष्टि दिन्छ ः उपाध्यक्ष लामिछाने

धुलिखेल । नितान्त नेपालीहरु मात्रको साथ, सहयोग र सहभागिता (मुठ्ठी दान) बाट सञ्चालित मानव कल्याण समाज (सेवा घर) काभ्रे शाखाले गत शुक्रबार धुलिखेलमा आयोजित सामूहिक टिका ग्रहण तथा सामूहिक भोजन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बेथानचोक गाउँपालिका ढुंखर्कका उपाध्यक्ष सरिता लामिछानेले गाँस काटेर गरेको मानवीय सेवाले नै आत्मसन्तुष्टि दिने बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेको तर्क थियो– राज्यले आफ्नो उपस्थिति जनाउनुपर्नेमा नागरिकको तहबाट जुन किसिमको अनुकरणीय प्रयास भएको छ, त्यसलाई सम्मान गर्दै मानव कल्याण समाजले आवश्यकता महसुस गरेकोमा गाउँपालिका परिवार यस किसिमको मानवीय सेवामा सहकार्य गर्न तयार रहेको छ । मानवीय सेवा केही कमाउन गर्ने होइन, यसले त हामी मानवलाई जिउन मार्ग प्रशस्त गर्दछ । यसबाट एक प्रकारको आत्मसन्तुष्टि मिल्दछ । त्यसमा पनि आफू राजनीतिकर्मी भएको चर्चा गर्दै राजनीतिमा मानवीय सेवाले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्दो रहेछ । यसको प्रभाव कस्तो हुन्छ भनिराख्नु नपर्ला भन्नुहुँदै आफूले राजनीतिक यात्रामा भोगेका वृत्तान्त पस्कँदै प्रमुख अतिथि लामिछाने थप्नुहुन्छ “आकाशलाई छानो, जमिनलाई ओछ्यान बनाएर दैनिकी काटिरहेकाहरुका लागि मानव कल्याण समाजले उठाएको चुनौतीको सम्मान नगरिरहन नसकिने विषय भएको छ ।” यसमा पाउनु छ त आत्मसन्तुष्टि मात्र हो । जुन कोभिड–१९ महामारीका बिचमा सेवा विस्तार गर्ने क्रममा काभ्रे जिल्लालाई छनौट गर्नुभयो, त्यसका लागि काभ्रेली जनप्रतिनिधिको तर्फबाट मानव कल्याण समाजप्रति साधुवाद व्यक्त गर्दछु ।


यस सेवा विस्तारका क्रममा पक्कै पनि चुनौती आएको संस्थाको परिचय पस्कने क्रममा ज्ञात भइसकेको छ । ति चुनौतीमा यहाँहरुले आवश्यक महसुस गरेमा मलमपट्टि लगाउन बेथानचोक गाउँपालिका पछि नपर्ने धारणा पनि प्रमुख अतिथि लामिछानेले राख्नुभएको थियो ।

हामी हातेमालो गर्न तयार छौं ः अध्यक्ष कोजू

नितान्त नेपालीहरु मात्रको साथ, सहयोग र सहभागिता (मुठ्ठी दान) बाट सञ्चालित मानव कल्याण समाज (सेवा घर) द्वारा आयोजित सामूहिक टिका ग्रहण कार्यक्रममा आश्रितहरुलाई कोसेली सहित उपस्थित हुन पुग्नुभएका धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेलका अध्यक्ष मञ्जुकुमार कोंजूको तर्क थियो– धुलिखेलवासी मानवीय सेवाका लागि एक कदम अगाडि नै रहेर सेवामा जुट्ने संस्कार बोकेर आएको चर्चा गर्नुहुँदै मानव कल्याण समाजले आवश्यकता महसुस गरे आफूहरु हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको थियो ।

धुलिखेल उद्योग वाणिज्य संघको स्थापना नै मानवीय सेवामा समर्पित हुने मूल उद्देश्यका साथ भएको हो । यसले पनि धुलिखेलवासीको आचारण खुल्छ । नितान्त संस्थागत रुपमा सेवा गर्ने ध्येयका साथ स्थापना गरेका हौं । हुन त नामले व्यवसायिक हक, हित भनिएता पनि व्यवहारिक रुपमा धुलिखेल नगरमा रहेका व्यवसायीहरुको चाहना व्यवसायको साथमा मानवीय सेवा नै हो ।
जसरी भक्तपुरवासीको मुठ्ठी दानबाट यो संस्थाले आफ्नो सेवा विस्तारको क्रममा काभ्रेसम्म आइपुगेको छ, त्यसैगरी अब धुलिखेलवासीको साथ जोडिनेछ । तपाईं सञ्चालकहरुले जुन भूमिलाई रोज्न पुग्नुभयो, त्यसप्रति धुलिखेल उद्योग वाणिज्य संघ ऋणी भएको छ । त्यसैगरी हामी जिल्लामा मात्र होइन, देशविदेशमा छरिएर रहेका धुलिखेलेहरु भनेर परिचितहरुको साथ र सहयोग मानव कल्याण समाजमा आश्रितहरुको लागि रहनेछ । जहाँ जहिले पनि धुलिखेल एक मतले मानवीय सेवामा प्रस्तुत भएको अभिलेखलाई जीवन्त राख्न हामी पछि पर्ने छैनौं । जसको नमूना यहाँहरुले धुलिखेल अस्पताललाई लिन सक्नुहुनेछ समेत अध्यक्ष कोंजूले भेटमा बताउनुभएको छ । यो मानव कल्याण समाजले कार्यक्षेत्रका रुपमा काभ्रेको पनि धुलिखेललाई रोज्यो, त्यसैगरी हाम्रो पनि समाजप्रति दायित्व बढेको सम्झेको ठानेको छु भन्नुभएको छ ।
उक्त अवसरमा धुलिखेल नगरपालिका वडा नं. ३ को नेपाली कांग्रेस वडा सभापति जगन्नाथ गिरी, मानव अधिकार संगठन काभ्रेका अध्यक्ष राजु सिग्देल, अभियान्ता सुशिला चौलागाईं रिमाल, समाजका अध्यक्ष सुमित्रा चौलागाईं लगायतले मानव कल्याण समाजले चालेका पाइलाहरुका बारेमा प्रष्ट्याउँदै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउने वचनबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्वारा सामाजिक अभियान्ता आश्रित आमाबुबा, छोराछोरी, सेवक सेविकाहरु र अतिथिहरुलाई टिका र आशिर्वाद प्रदान गरिएको थियो ।
त्यसैगरी प्रमुख अतिथि लामिछानेबाट दैनिक उपभोगको लागि अति आवश्यक पर्ने ग्यासचूलो, सिलिण्डर सहितको सेट, म्याट एक रोल र उक्त दिनको भोजनको समेत सम्पूर्ण व्यवस्थापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अभियान्ता सुशिला चौलागाईं रिमालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुमित्रा चौलागाईंले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0