Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिलान्यास, उद्घाटनको विवाद बन्द गर

प्रभातफेरी अनलाइन ६४०७ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार (५ साल अघि)
Post Thumbnail

समृद्ध नेपाल निर्माण हुने आशामा नेपाली जनताले २५ बर्षपछि बहुमतको सरकार गठनको लागि बाटो खोलिदिए । मुलुकमा बहुदल प्राप्त भएपछि पहिलोपटक नेपालि काँगे्रलाई बहुमतको सरकार गठनको लागि बाटो खोलिदिएको थियो । काँगे्रसले वहुमत पाएपछि उन्मात लागेर आन्तरिक पार्टी भित्रको कचिंङ्गलो मिलाउन नसक्दा मध्यावधि निर्वाचनमा होमिए । नेपाली जनताले गरेको विस्वासलाई घात गरेपछि कांगेसले हालसम्म पनि बहुमत प्राप्त गर्न सकेन । मुलुकमा बहुदल प्राप्ति पछि धेरै उतार चडाबहरु आए । धेरै पटक निर्वाचनहरु भए तर नेपाली जनताले दलहरु मिलेर सरकार बनाउने ढंगबाट मार्ग पहिल्याउने कार्य गर्दै गए । मिलिजुलिको सरकारले मुलुकको हितको खातिर कार्य गर्न नसकेको ठहर गर्दै नेपाली कांगे्रसलाई प्रतिपक्षको स्थानमा राख्दै कम्युनिष्टलाई बहुमतको सरकार वनाउने ढोका खुल्यो ।
नेपाली जनताले कम्युनिष्ट पार्टीलाई वहुमतको सरकार सञ्चालन गर्ने अधिकार दिएपछि २०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) को नेतृत्वमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भयो । ओली पहिलो पटक मिलिजुलिको सरकारको रुपमा ०७२ साल असोज २५ देखि ०७३ साल साउन १९ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए । ओलीको नेतृत्वमा सरकार गठन भएपछि प्रमुख प्रतिपक्षको भुमिकामा नेपाली कांगे्रसले स्थान पाए । मिलिजुलिको सरकारबाट सरकार वनाउने र ढाल्नेमै समय खर्चिने हुदा मुलुकको हितको लागि कार्य हुन नसकेको नेपाली जनताको ठम्याई थियो । सोही अनुसार बहुमतको सरकारको लागि बाटो खोलिदिए । मुलुकमा वहुदल आएपश्चात नेपाली कांगे्रसलाई बहुमतको सरकार बनाउने बाटो खोलिदिदा उन्माद लागेर मध्याबधि निर्वाचन हुन पुग्यो ।
कांगे्रसलाई उन्माद लागेकोले लामो समय सम्म वहुमतको सरकार गठन हुन सकेन । तर नेपाली जनताले मुलुकको हितको खातिर बहुमतको सरकारको आवश्यकता महसुस गर्दै कम्युनिष्टलाई बहुमतको लागि बाटो खोलिदिए । तर बहुमतको सरकार सञ्चालन गर्ने वातावरण पाएकोले विगतमा कांगे्रसलाई जसरी उन्माद लागेर आन्तरिक कचिङ्गलो गर्दै मध्यावधि गरेका थिए हाल कम्युनिष्ट भित्रको आन्तरिक कचिङ्गलो पनि कम छैन । कम्युनिष्टमा उत्पन्न उन्मादको कारण आन्तरिक रुपमा भएको विवादले गर्दा मुलुकको हितको खातिर कार्य गर्ने भन्दा गुट उपगुट निर्माणमै व्यस्त हुंदा नेपाली जनताको चाहना पुर्ण हुन कठिन भएको छ । आन्तरिक किचलोकै कारण निर्माण भएको गुटले गर्दा विकास निर्माण कार्यको सिलन्यास तथा उद्घाटन गर्ने कार्यमा समेत गुट गुटको मात्रै उपस्थिति हुने गरेको छ । त्यतिमात्रै नभएर प्रतिपक्षको भुमिका निर्वाह गर्दै गरेका कांगे्रसलाई सिलन्यास तथा उद्घाटन कार्यमा समावेस नगराउने सम्मको खेल नेपाली जनताको लागि पाच्य भएको छैन । नेपाली जनताको चाहना अनुसारको कार्यमा अवरोध गराउन खोज्नु पनि दलहरुमा उत्पन्न उन्मादकै कारण भएकोले त्यस्ता सामान्य झिना मसिना कार्यमा विवाद र अलमल गर्ने कार्यलाई रोकेर जनताले चाहे अनुसारको कार्यमा सरकार तथा प्रतीपक्षले भुमिका खेल्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0