प्रभातफेरी अनलाइन ६१९५ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
काभ्रे । नेकपा एमाले निकट विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले पत्रकार महासंघ काभ्रे शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
अनेरास्ववियुले ७ सय ५० पिस मास्क, १ सय पिस ६० एमएलको स्यानिटाइजर, ३० पिस फेस सिल्ड, १० पिस स्टिमर हस्तान्तरण गरेको छ । थप स्टिमर उपलब्ध गराउने वचन प्राप्त भएको शाखा सचिव कपिल कोइरालाले बताएका छन् । त्यस्तै महासंघले स्थापना गरेको आपतकालीन कोषमा नगद १५ हजार प्रदान गरेको छ । हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिब दिपक गौतम, युवा संघका सचिब भेषराज शाह, अनेरास्ववियु काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिना लगायतको उपस्थितिमा समर्पित सामग्रीहरु नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनालाई हस्तान्तरण गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |