Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारकर्मीमाथि गरिने दुव्र्यवहार बन्द गर

प्रभातफेरी अनलाइन ५६९७ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १२, मंगलबार (४ साल अघि)
Post Thumbnail

पछिल्लो समय यो या त्यो बहानामा सञ्चारकर्मीहरुमाथि हुँदै आएको दुव्र्यवहारलाई लिएर नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।
पत्रकारहरु समाजका मार्ग प्रशस्त हुन् भन्ने बुझ्दा बुझ्दै पनि जुन किसिमका गतिविधिहरु हुँदै आएका छन्, त्यो लोकतन्त्र पक्षधरहरुका लागि सुखद सन्देश भने पक्कै होइन । समाजमा अन्तर्निहित रहेका विषयवस्तु र घटनाक्रमहरुलाई जोड्ने र नागरिकका सामु खुलस्त सुसूचित गराउने माध्यम भनेकै पत्रकार हुन् । जसले पर्दा पछाडि भएका अवाच्छित गतिविधिहरुलाई खबरदारी मात्र गर्दैन, त्यस किसिमका प्रवृत्तिको विरुद्ध कानूनी दायरामा ल्याएर कानूनी राज्यको अनुभूति समेत गराउने भूमिका निर्वाह गर्दै आएको छ ।
स्मरण रहोस्, ०६२÷६३ को आन्दोलनमा राजनीतिक पार्टीहरुलाई सही मार्ग निर्देशन मात्र गरेन, राजनीतिक एजेण्डा समाएर आन्दोलनमा समर्पित समेत हुन पुगेको शक्ति हो पत्रकार । जसले बोकेको गणतन्त्रको मुद्दा अन्ततः गएर मुलुक त्यही एजेण्डामा अगाडि बढिरहेको छ । यो योगदानका बारेमा चर्चा गरिरहँदा त्यो एजेण्डाले मूर्त रुप पाइरहँदा अनि तिनै पत्रकारहरुलाई यो या त्यो बहानामा अभद्र व्यवहार भइरहँदा सञ्चार जगत् निरिह भएर बस्ने कुरा त रहन्न । त्यसैले पनि सञ्चारकर्मीमाथि हुने कुनै पनि गतिविधिका विरुद्ध डटेर समाधान गर्न पत्रकारहरु सक्षम छन् ।
आज मुलुकले जुन किसिमको निकास पाएको छ, त्यसको जस पत्रकारहरुले नै लिन सक्छन् तर उनीहरु त्यसको भागीदारी बन्न चाहँदैनन् । किनकी उनीहरुलाई त्यसको जस लिनु छैन, त्यसको जगेर्ना गर्नुछ । पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने यो मुलुकमा राज्यसत्ताबाट भएका कुनै पनि गतिविधिका बारेमा खबरदारी मात्र गरेन, संसद स्थापनाका लागि सर्वाेच्च अदालतलाई घुमाउरो पाटोबाट यथार्थ कुरा पस्कने जमर्काे समेत ग¥यो । जसका कारण आज यो या त्यो बाहानामा दुव्र्यवहारको सिकार बनाउने काम भएको छ । त्यति मात्र नभई मालिकबाट जस्तो व्यवहार आएको छ, हलिले त्यही व्यवहार देखाएको छ भन्दा फरक पर्दैन । किनकी तत्कालिन कार्यकारी प्रमुखबाट जुन व्यवहार पत्रकारहरुलाई गरियो, त्यही व्यवहार स्थानीय सत्ताधारीहरुले देखाए । जसको पछिल्लो उदाहरण विभेदकारी रह्यो । जुन किसिमको विभेदका सिकार हुनुपरेको छ, त्यसको जवाफ समयले मागेको बखत पत्रकारहरुले दिनेछन् भन्ने विश्वास श्रमजीवि पत्रकारहरुले लिएका छन् ।
आशा छ, अब मालिकको व्यवहार हलिले गर्नेछैन । हलि, हलिको ठाउँमा सक्षम छ भन्ने उदाहरण उसका गतिविधिहरुले प्रष्ट्याउन सक्ने वातावरण सिर्जना गर्नेछ भन्ने विश्वास पत्रकारले लिएको छ । हेक्का रहोस्, कुनै पनि बादशाहहरु जनसागरको अगाडि टिकेका छैनन् । क्षणिक कसले के ग¥यो, को कहाँ पुग्यो त्यसतर्फ नहेरौं । आन्दोलनको आँधीबेरीले सबैलाई आ–आफ्नो हैसियतमा पु¥याउने नै छ । आज कसैले पनि अहम्ता प्रस्तुत गर्ने कुचेष्टा नगर्दा हुन्छ । इतिहास साक्षी छ, कयौं ठूला अधिनायकवादका नायकहरु ढलेको इतिहास पढ्दै आएका छौं । त्यो इतिहास फेरि दोहोरिने छैन भन्ने ठम्याई हाम्रो छ । तसर्थ पनि पत्रकारहरुमाथिको दुव्र्यवहार अन्त्यका लागि आ–आफ्नो स्थानबाट मम भन्न पर्ने अवस्था सिर्जना नगरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0