Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स क्लब डिष्ट्रिक ३२५ बि१ (जोन १०५) को एडभाइजर मिटिङ सम्पन्न

प्रभातफेरी अनलाइन ७२०८ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १९, मंगलबार (४ साल अघि)
लायन्स क्लब डिष्ट्रिक ३२५ बि१ (जोन १०५) को एडभाइजर मिटिङ सम्पन्न

बिपशना शाक्य
काभ्रे । डिष्ट्रिक गर्भनर प्रि–एडभाइजर कमिटी मिटिङलाई शुभकामना दिनुहुँदै डिष्ट्रिक एडभाइजर को–चिफ लायन सुमन भट्टले डिष्ट्रिक गर्भनरको परिकल्पनालाई साकार रुप दिनु हामी सम्पूर्ण लायनहरुको दायित्व भएकोले आ–आफ्नो स्थानबाट दत्तचित्त भई समर्पित हुनुपर्ने बताउनुभएको छ ।
मोर्डन भिलेज र वेलफेयर बैंक स्थापना गर्नुको औचित्य माथि प्रकाश पार्नुहुँदै आजको आवश्यकता महसुस गरेर नै डिष्ट्रिकले यो योजना लिएर आएको हुनाले हामी तत् विभागीय जिम्मेवार व्यक्तित्वहरुले आ–आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्यौं भने डिष्ट्रिकले तय गरेका उद्देश्यहरु सहज रुपमा प्राप्त हुने विश्वास व्यक्त गर्नुहुँदै बैठकमा उठेका सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा लायन्स क्लबहरुले वार्षिक योजनाअनुसार प्रोजेक्टहरु पेश गर्न सक्नेछन् । त्यस्ता योजनाहरु सम्बन्धित जोन मार्फत् सम्बन्धित निकायमा पेश हुनेछन् । त्यसैले लायन्स क्लबले पनि आफ्नो विधि, पद्धति, नीति भित्र रहेर अगाडि बढ्नुको विकल्प छैन । क्लबहरुसँग त्यस्ता योजनाहरु छन्, अक्टोबरभित्र प्रप्रोजल पेश गर्न सक्नुहुन्छ । जुन प्रप्रोजल प्रत्यक्ष रुपमा समाज रुपान्तरणसँग जोडिएको हुनुपर्नेछ । जसले समाजभित्रका प्रत्येक विषयवस्तुहरुलाई कहिँ न कहिँ सम्बोधन गरेको होस् भन्नुभएको थियो ।
त्यसैगरी क्लष्टर चिफ लायन मनकृष्ण श्रेष्ठले कुनै पनि क्लबको सफलता, असफलताका पछाडि जोन र रिजनको मुख्य भूमिका महत्वपूर्ण नै हुने हुँदा आफू मातहतमा रहेका क्लबहरुको स्तरोन्नती गर्ने दायित्व सम्बन्धित पक्षको रहन्छ भन्नुहुँदै नसक्नेले त गरेनन् तर सक्नेले त केही गरौं । यो महामारीको बिचमा हामीले नगरे कसले गर्छ, यसतर्फ गम्भीर बनांै । ख्याल–ख्यालमै एक महिना बितिसक्यो, बाँकी ११ महिनामा धेरै काम गर्नुछ । त्यसैले तल्लो निकायदेखि माथिल्लो निकायसम्मलाई चलायमान बनाउनुको विकल्प छैन । तसर्थ, क्लबहरुले पनि नयाँ सदस्यहरुलाई जोड्दै आफ्ना योजनाहरु पूरा गर्न के–कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसतर्फ पनि अग्रसर हुन आवश्यक छ ।
सम्बोधनकै क्रममा लायन श्रेष्ठले वेलफेयर बैंकको औचित्य र महत्वबारे प्रकाश पार्दै बैंकिङ संरचनाको समेत बैठकमा सहभागीहरुलाई सुसूचित गराउनुभएको थियो । मोर्डन भिलेजमा गरिने लगानीका सम्बन्धमा सहभागीहरुको जिज्ञासालाई सहज रुपमा मेट्नुभएको थियो ।
कार्यक्रममा रिजन चियर पर्सन लायन प्रद्युम्न श्रेष्ठको कथन थियो– डिष्ट्रिक गर्भनरले पेश गर्नुभएको यस वर्षको लक्ष्य प्राप्तिका लागि हाम्रो दैनिकीलाई ख्याल राख्यौं भने सहज रुपमा सफलता प्राप्त गर्न सक्छौं । आफ्नो दैनिकीमा एक चिया घटाइदिँदा एउटा बस्तीले काँचुली फेर्छ भने हामी किन त्यसतर्फ अग्रसर नहुने ! सामाजिक परिवर्तनका बाहक भनेर चिनिने हामी लायनहरुले दैनिक गर्ने खर्चमा एक चियालाई विस्थापित गर्न सक्यौं भने विपन्न बस्तीमा खुशी छाउन सकिने बताउनुभएको छ । बैठकका सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा हामीले जति खर्च गरिरहेका छौं, त्यसतर्फ एकपटक सोचौं त ? कति खर्च उपयुक्त बाटोमा खर्चिएका छौं ? के त्यसको हिसाबकिताब गर्ने गरेका छौं ? अझ त्यसमा पनि हामी त लायन्सवादसँग जोडिएका नागरिक हौं । हामीलाई समाजले फरक किसिमबाट हेरेको हुन्छ । त्यसैले पनि हामी समाजको हेराईमा नमूना बन्नुपर्छ । जुन हाम्रो व्यवहारले पुष्टि गरोस् । त्यसैले डिष्ट्रिक गर्भनरले परिकल्पना गरेको उद्देश्य, लक्ष्य प्राप्तिका लागि आ–आफ्नो क्लबले सोहि अनुसार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
बैठकमा सहभागी क्लबका अध्यक्षहरुले राखेका वार्षिक योजनाहरुका बारेमा थप चर्चा गर्नुहुँदै जुन योजना राख्नुभएको छ, त्यसलाई मात्र पूर्णता दिन सकियो भने पनि यस वर्षको लागि अनुकरणीय सफलताको रुपमा लिन सकिन्छ भन्नुहुँदै लायन श्रेष्ठले पछिल्लो समय कोभिडका कारण सिर्जित राष्ट्रिय घटनाक्रमले लायन्स क्बलहरु उद्देश्य अनुरुप चाहेर पनि चलायमान हुन नसकेको खुलासा समेत गर्नुभएको थियो ।
कार्यक्रममा जोन चियर पर्सन (१०६) लायन प्रकाश श्रेष्ठले बैठकमा सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो भने जोन चियर पर्सन (१०५) लायन लाक्पाफुटी शेर्पा (प्रिती) ले कार्यक्रम सञ्चालन गर्दै बैठकको औचित्यता प्रकाश पार्नुभएको थियो । बैठकमा लायन्स क्लब अफ काठमाडौं माउण्टेन एभरेष्ट, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे र लायन्स क्लब अफ काठमाडौं पशुपतिका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको होस्ट लायन लाक्पाफुटी शेर्पा (प्रिती) ले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0