Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सांस्कृतिक क्रान्ति बिना महिलामुक्ती असम्भव छ ः उप–प्रमुख दाहाल

प्रभातफेरी अनलाइन ९७२६ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २२, शुक्रबार (४ साल अघि)
सांस्कृतिक क्रान्ति बिना महिलामुक्ती असम्भव छ ः उप–प्रमुख दाहाल

काभ्रे । फेडेरेसन अफ विजनेस एण्ड प्रोफेशनल वुमन नेपाल बनेपा शाखाको चौंथो साधारण सभालाई सम्वोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् बनेपा नगरपालिकाका उप–प्रमुख रेखा दाहालको कथन थियो पुरातनवादी हाम्रो समाजबाट महिला हिंसा अन्त्य गर्नु छ भने रूढिवादी सोच परिवर्तन गर्नुपर्छ त्यसका लागि अबको आवश्यकता भनेको सांस्कृतिक क्रान्ति भएको बताउनु भएको छ ।


सम्वोधनकै क्रममा हामी महिला आफ्नै अस्मिता माथि प्रहार भएका गित संगितलाई निर्वाद रूपमा स्विकार छौं । त्यहाँ प्रयोग भएका शब्दले महिला माथि नै प्रहार गरेको हुन्छ तर निर्वाद रूपमा सिरोपर गर्दै आउनु नै महिला माथिको हिंसालाई प्रोत्साहन दिनु होइन् ? जसले हाम्रो अस्मिता माथि धावा बोल्न स्विकृति दिइरहेका छौं त्यो सोच नै परिवर्तन हुन आवश्यक छ । हामी आफुलाई परिवर्तनका बाहक सम्झने महिलाहरूको कमजोरी भएको खुलासा गर्नुहुदै जति पनि मनोरञ्जनका माध्यम बनेका छन् त्यहाँ प्रयोग हुने शब्द कथा बस्तुले कतै न कतै महिला हिंसा तर्फ उन्मूख गराएको छ । त्यस तर्फ हामीले गम्भिर रूपमा कहिल्यै सोचेनै जस्तो “ए ससुरा बा मलाई देवर मन प¥यो” भन्न सक्ने हौसियत राख्दैनौ तव सम्म कागजी परिवर्तनका कुरा गरेर केहि हुन्न ! यो पितृसतात्मक राज्य सत्ताबाट महिला हिंसा अन्त्यको कल्पना समेत गर्न सकिने अवस्था छैन । त्यस कारण परिवर्तन गर्न सांस्कृतिक क्रान्ति बिना असम्भव रहेको जिकिर गर्नुभएको छ । त्यसैले हाम्रा दैनिकीले हामीलाई जिस्क्याइरहेको छ । जब सम्म आफ्नै दैनिकीका बारेमा विश्लेषण गर्न सक्दैनौ तबसम्म हामीमाथि जकडिएको रूढिवादी माखेसाङ्लोबाट बाहिरिन सक्दैनौं । यसको समाधान नभएसम्म हामीले कल्पना गरेको महिला हिंसा मुक्त समाजको निर्माण हुन सक्दैन भन्नुहुँदै प्रमुख अतिथि दाहालको थप कथन थियो– महिलालाई सफल र सक्षम बनाउने दायित्व वीपि डब्लुको रहेको पनि कार्यक्रममा खुलासा गर्नुभएको थियो । जुन उद्देश्य लिएर संस्था आएको छ, यही अनुसार व्यवहारिक फड्को पार गर्न सक्यौं भने महिला मुक्ति आन्दोलन टाढा नभएको स्मरण गराउनुभएको छ ।


आफू एउटा नगर उपप्रमुख हुनु ठूलो विषय होइन, त्यहाँ आफ्नो भूमिका कस्तो रह्यो त्यो महत्वपूर्ण रूपमा प्रस्तुत गर्न सकियो, सकिएन त्यो महत्वपूर्ण हुन्छ । हुन त बनेपा नगरपालिकाले आफ्नो उपस्थितिमा अकल्पनीय फड्को पार गरेको तथ्यांकले देखाएको चर्चा गर्नुहुँदै विकास निर्माणले मात्र महिलामाथिको हिंसा अन्त्य हुन्छ भन्ने बुझ्नु न्यायसंगत नहुन सक्छ । त्यसैले समाजमा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने तर्क गम्भीर चासो र बहसको विषय बनेको छ । तसर्थ पनि त्यसतर्फ वीपि डब्लुको ध्यान जानेछ भन्ने अपेक्षा आफूले लिएको प्रमुख अतिथि दाहालको स्पष्टोक्ति थियो । आफू बालबालिका, अपांगता र महिलाहरूको पक्षमा जीवनभर समर्पित हुने खुलासा गर्नुहुँदै किनकी म एक त महिला भएर जसको कारण आजसम्म जस्तोसुकै परिस्थिति आउँदा पनि तत् सम्बन्धित कार्यक्रमहरू छुट्याएको छैन । मेरो एउटै उद्देश्य छ, त्यो वर्गको सम्मान सहभागिता र स्वाभिमानपूर्वक जिउने वातावरण बनाइ छाड्ने लक्ष्य लिएको छु । हाम्रो समाजमा अहिले पनि विकराल रूपमा जकडिएको संकीर्णवादका कारण महिलाहरूले अन्याय सहनुपर्छ भन्ने छ । जबसम्म त्यसलाई चिर्न सक्दैनौं, तबसम्म हाम्रो मुक्ति सम्भव छैन । तसर्थ बिरामीको उपचारतर्फ होइन, बिरामी हुन नदिनेतर्फ के गर्न सकिन्छ, त्यसतर्फ सम्पूर्ण चेतनशील महिलाले हामी केही गर्छाैं भन्ने अठोटका साथ अगाडि बढेर विवेक पु¥याएर समय सापेक्षिक रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने कथन प्रमुख अतिथि दाहालले राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0