Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुत्केरी महिलाको लागि सरकारले दिएको सुविधामा हामीले थप भत्ताको व्यवस्था गरेका छौं

प्रभातफेरी अनलाइन १३४१३ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
सुत्केरी महिलाको लागि सरकारले दिएको सुविधामा हामीले थप भत्ताको व्यवस्था गरेका छौं

सरस्वती सिंह, स्वास्थ्य अधिकृत, बेथानचोक गाउँपालिका, काभ्रेपलाञ्चोक

“मुसुक्क मुस्कानसहितको सेवा” नमस्कार मिस ! प्रतिउत्तरमा मुसुक्क मुस्कान सहित बस्नुस्, अब भन्नुस् यो वाक्य र हाउभाउले कुन चाहिँ पिडितको समस्या ८० प्रतिशत त्यतिकै अन्त नहोला ! प्रस्तुतीले स्वभाविक रुपमा हामीलाई नतमस्तक बनायो ।
बाबा दशरथ बहादुर सिंह र आमा रुपा सिंहको कोखबाट जेठो सन्तानको रुपमा तुलसीपुर उपनगरपालिकामा जन्म लिन पुग्नुभएका सरस्वती सिंहको बाल्यकाल महेन्द्र उच्च माध्यमिक विद्यालयमा खेल्दाखेल्दै बित्यो । उहाँले त्यहीँबाट उच्च शिक्षा हासिल गर्दैगर्दा उहाँमा नपुग्दो के नै थियो र ? दाङको तुलसीपुरमा सम्पन्न परिवारमा जन्म हुन पाउँदा के नै कमी थियो र ! तर त्यही सम्पन्नताले सेवा गर्ने भाव उत्पन्न गर्न पछि परेन, सेवाको भावना जागृत गरायो । जाने बुझे भएदेखि संगतको फल चञ्चल स्वभाव, फिल्मतर्फ आकर्षित गरायो । त्यसमा पनि हिरो, हिरोनी भन्दा एप्रोनमा सजिएका पात्रले मलाई दिनप्रतिदिन आकर्षित गर्दै लग्यो । जसको परिणाम नर्सिङ सेवामै जीवन खोज्न पुगें । त्यसैमा आनन्द प्राप्त हुने निचोडमा पु¥यायो ।
अब मैले नर्सिङ पेशाभन्दा अर्काे कल्पना गर्नै नसक्ने अवस्थामा पुगें । परिवारको जेठो सन्तान, बाबाआमाको ठूलै मान्छे बनाउने सपना थियो होला तर लहडमा हुर्किएकी म हाम्रा चाहनाहरु पूरा गरिदिनु बाबा आमाका लागि कुनै ठूलो भार थिएन । मेरो रहरको पेशा प्रवेश गरेको पनि आज झण्डै १९ वर्ष पार हुँदै गर्दा आफूले आफूलाई यो पेशाप्रति समाहित भएको पत्तै पाएको छैन । सेवाको क्रमांक अनुसार आज स्वास्थ्य अधिकृत छैठौं तहमा कार्यरत छु भने नितान्त सेवामै आनन्द मिलेको महसुस भएको छ । मलाई सामाजिक भावना यति गहिरो गड्यो कि आज पनि ति पललाई पछ्याइरहन मन लाग्छ । हो, सम्पन्नताले मानिसलाई सामाजिक दायित्वबाट विमुख बनाउँछ भन्ने तर्कलाई गलत सावित गर्दै उनै उत्साहित सरल स्वभावका अनुकरणीय आयाम मुर्धन्य व्यक्तित्व सिंहसँग स्वास्थ्य विषयका बारेमा भएका सवाल जवाफको सार पाठक सामु पस्कने जमर्काे गरेका छौं । स.

 

० सेवा प्रारम्भ भएको कति भयो ? कस्तो अनुभूति छ ?
२१ वर्ष हुँदैछ । मेरो रहरको पेशा भएकोले अत्यन्तै खुशी छु । यसको बारेमा कुनै किसिमको प्रश्न राख्ने आजका दिनसम्म अवसरै आएको छैन । त्यसैले पनि म मेरो पेशाप्रति आत्मसन्तुष्टि छु र अरुलाई पनि सन्तुष्ट बनाउन लागिपरेको छु । मेरो अभियानमा म सफल भएकै मान्छु ।
० भौगोलिक रुपमा दाङ र काभ्रे फरक छन्, अनौठो लागेन ?
स्वभाविक हो, प्राकृतिक रुपमा एकरुपता छैन तर मानवीय भने जहाँ पनि एउटै रहन्छ । आज बेथानचोकमा सेवा दिइरहँदा ५ वटा स्वास्थ्य संस्था, ३ सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत साथीहरुलाई आत्मबल प्रदान गर्नसक्नु नै महान् रुपमा लिन सकिन्छ । भौगोलिक बनावटले कुनै छेकबार गर्दैन भन्ने उदाहरणता त मैले माथि नै पोखिसकें । रहरको पेशाको रुपमा लिएर सेवा गर्ने भावनाका साथ अगाडि बढेर आमा, दिदीबहिनीहरुका समस्या र चुनौतीहरुलाई आत्मसाथ गर्ने निचोडसहित सेवामा तल्लीन छु । महिलाहरुका समस्यालाई निराकरण मात्र होइन, लुकेर बसेका समाजले सहजै स्वीकार्न नसक्ने अन्धविश्वासको पिँजडामा कैद भएका जुन पिडाहरु छन्, तिनीहरुलाई उजागर गर्दै महिलाहरुले आफ्नो स्वास्थ्यको बारेमा आफैं चनाखो रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु त्यति सहज छैन । यो गम्भीर समस्याको रुपमा रहेको हाम्रो समाजमा बाहिर ल्याएर निरुपण गर्न पक्कै पनि कठिन छ । त्यसैले मैले जुन जिम्मेवारी उठाएको छु, त्यसको लागि संस्थागत रुपमा बेथानचोक गाउँपालिकाले अझै सहज बनाइदिएको छ । यो सवालमा दाङभन्दा काभ्रे सहज लागेको छ ।
० यो विविधताका बिच कसरी संयोजन गर्न पुग्नुभयो ?
स्वभाविक रुपमा दायित्व बहन गरिसकेपछि त्यसमा आइपर्ने चुनौतीहरुको सामना गर्न सक्नु नै एउटा कुशल प्रशासकको जिम्मेवारी पनि हो । भूगोल जस्तो होस् तर त्यहाँ खेलिने भूमिकाहरु व्यवहारिक र समय सापेक्षित हुनुपर्दछ । जहाँको माटो सुहाउँदो बाली लगाउन सकिन्छ, त्यसले पक्कै पनि उत्पादन राम्रो दिन्छ । त्यस्तै भूमिका निर्वाह गरेकै कारण आजसम्म सहज किसिमबाट संयोजन भएको छ, हुँदै जानेछ ।
० तपाईंले कल्पेका योजनाहरु साकार पार्नका लागि के कस्तो भूमिकामा आफूलाई उभ्याउनुभएको छ ?
यहाँ मेरो व्यक्तिगत कुनै भूमिका अथवा स्वार्थ जोडिएको छैन । गाउँवासी आमा, दिदीबहिनीहरु अनगिन्ती समस्याहरुलाई सम्बोधन गर्नका लागि गाउँपालिका प्रतिपादन गर्न स्वास्थ्य सम्बन्धी भावी योजनाहरुलाई नीतिगत ढंगबाट अगाडि बढाउने योजना अनुरुप सुत्केरी आमाहरुका लागि पोषिलो खाना कार्यक्रम आरम्भ गरेका छौं । यसका लागि मापन ढाँचाको व्यवस्था गरेका छौं । जसले सुत्केरी महिलाहरुमा एकरुपता ल्याउनुको साथै सुत्केरी जाँच घरभेट कार्यक्रमले निरन्तरता पाउने विश्वास लिएका छौं । जसको कारण प्रत्येक घरका सुत्केरीहरुको अवस्थाबारे जानकारी प्राप्त गर्ने एउटा सूचांक मिलेको छ । त्यस्तै दलितहरुका लागि स्वास्थ्य बीमाको योजना ल्याएका छौं । झण्डै १ सय घर परिवार रहेको दलितहरुका लागि अब स्वास्थ्य संस्था आकर्षक गन्तव्य बनेको छ । त्यस्तै शुन्य डेलिभरी योजनालाई प्राथमिकतामा राखेर सुत्केरी भत्ताको थप व्यवस्था गरेका छौं । जसअन्तर्गत राज्यले दिएको भत्तामा थप एक हजार पोषिलो खाना शीर्षक राखेर सुत्केरीसम्म पु¥याएका छौं ।
अध्यक्ष, वृद्धवृद्धा स्वास्थ्य परीक्षण प्याकेजका रुपमा घरघरमै पु¥याएका छौं । जसले स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने वृद्धाहरुका लागि सञ्जीवनी बुटी दिएको छ । जसका लागि स्वास्थ्यकर्मीहरु वडास्तरमै खटाएका छौं । जुन स्वास्थ्यकर्मीहरुले वृद्धाहरुको अवस्था हेरी मल्टी भिटामिन, सुगर परीक्षण, अक्सिजनको लेभल र सामान्य स्वास्थ्य परीक्षण गर्नेछन् । बिरामीहरुको अवस्था हेरी स्वास्थ्य चौकीदेखि अस्पतालसम्म पठाउने काम गरेका छौं । त्यसका अलावा गाउँपालिकाले आफ्नै लागतमा प्रयोगशालाको (ल्याब) व्यवस्था गरेको छ । जहाँ कोभिडको परीक्षण समेत गर्दै आएका छौं । संक्रमित परिवारहरुका लागि समेत निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । संक्रमितहरुलाई आवश्यक पर्ने सम्पूर्ण आकस्मिक औषधिहरु समेत निःशुल्क गरेका छौं । त्यसैगरी कोभिड लागेर असक्त अवस्थामा पुगेकाहरुका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । विभिन्न गैर सरकारी संस्थाहरुको सहकार्यमा विभिन्न रोगसम्बन्धी स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएका छौं । जसले गाउँपालिकाले कल्पना गरेका योजनाहरुलाई साकार रुप दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएका छौं ।
० यहाँका समस्याहरु के के छन् ? समाधानमा कतिको चुनौती देख्नुभएको छ ?
जुन प्रश्नको उत्तर माथि नै केही सम्बोधन भइसकेको महसुस मैले गरेको छु । फेरि पनि भूगोल र चेतनाको अभावमा जुन समस्याहरु सहज रुपमा सम्बोधन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । यसको पछाडि पुरातनवादी सोच नै बाधक भएको मैले पाएको छु । जबसम्म परम्परावादी संस्कारबाट माथि उठ्न सक्दैनौं तबसम्म यि समस्याहरु ज्यूँकात्युँ रहन्छन् ।
० अहिले प्राथमिकतामा कुन कुन विषय परेका छन् ?
पछिल्लो समय कोभिडले नराम्रोसँग थला हामीलाई मात्र होइन, विश्वलाई नै पारेको यथार्थ हो तर त्यो नकारात्मक परिणामबाट सकारात्मक पक्ष पनि हात लागेको छ । हिजो विकास निर्माण भनेका बाटोघाटो मात्रै सम्झिनेहरुलाई आज स्वास्थ्य अपरिहार्य बनाइदिएको छ । त्यसले गर्दा बेथानचोकले अस्थायी अस्पतालको अनुमति प्राप्त गरेको छ । यसलाई स्थायित्व दिने पक्षमा गाउँपालिका लागिपरेको छ । जहाँ कोभिड र सामान्य अन्य रोगीहरुले सेवा पाइरहेका छन् । निकट भविष्यमा यसलाई सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने जमर्काे गाउँपालिकाले गरेको छ । यो नै आजको प्रमुख प्राथमिकताको पक्ष रहेको छ । यसलाई नै सकारात्मक फड्कोको रुपमा हामीले लिएका छौं ।
० अन्तमा मैले सोध्न छुटेका, राख्नैपर्ने कुनै विषयवस्तु छन् भने राखिदिनुस् !
यस्ता कुनै कुराहरु छुटे जस्तो त लाग्दैन । फेरि पनि बेथानचोक गाउँपालिका स्वास्थ्य शाखाले प्रत्यायोजन गरेका कार्यक्रमहरुलाई गाउँपालिकावासीसँगै सिंगो नागरिक समाजलाई सुसूचित पार्नका लागि जुन अवसर दिनुभयो, त्यसबाट गाउँपालिका स्वास्थ्य शाखा तपाईंको लोकप्रिय सञ्चार संस्थाप्रति आभार व्यक्त गर्दै पछिल्लो घटनाक्रमलाई नियाल्ने हो भने कोरोना विरुद्धको अभियानमा १६ सय पालिकावासीहरुले पूर्ण खोप प्राप्त गरिसक्नुभएको छ भने १८ सयले पहिलो डोज लगाउनुभएको छ । भौगोलिक बनावट र जनजातिका कारण शुन्य डेलिभरीलाई लक्ष्यसम्म पु¥याउन अझै सफल भएका छैनौं । त्यसका लागि झण्डै सयभन्दा प्राथमिक उपचार किट सहित दक्ष जनशक्ति उत्पादन गरेर बस्तीहरुमा पठाएका छौं भने स्वास्थ्यको नीतिभित्र रहेर पारदर्शी ढंगबाट कार्यक्रम गर्ने बेथानचोक गाउँपालिकाका ठूला योजनाहरु थेग्न नसकेता पनि आफ्नो दैनिकीमा स्वास्थ्य मापदण्डलाई पालना गरेर अझ सशक्त रुपमा सेवा प्रवाह गर्न कटिबद्ध हुनेछौं भन्ने विश्वास हामीले राखेका छौं ।
आज जुन महामारीका बिच जुन अवसर जुट्यो त्यसबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी मित्र, जनप्रतिनिधिहरुप्रति हार्दिक आभार व्यक्त गर्दै गाउँपालिकाले अगाडि सारेका स्वास्थ्य सम्बन्धी योजनाहरुलाई हामी हाम्रो तहबाट पूरा गर्नका लागि कुनै कसुर बाँकी राख्ने छैनौं भन्ने निचोडमा हामी पुगेका छौं । यसका लागि तपाईंको सञ्चार माध्यम पनि सारथी बन्ने विश्वास हामीले लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0