Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिम्मेवारीलाई परिणाममुखी बनाऔं ः अध्यक्ष थापा

प्रभातफेरी अनलाइन ३०३१ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
जिम्मेवारीलाई परिणाममुखी बनाऔं ः अध्यक्ष थापा

पनौती । बालश्रममुक्त नगर घोषणा मात्र गरेर आफ्नो घोषणा पूरा भएको मान्न नहुने तर्क राख्दै त्यहाँभित्रका सूचांकहरु कति पूरा ग¥यौं । सम्भावित क्षेत्रहरुमा हाम्रो खबरदारी छ कि छैन, त्यसतर्फ निरन्तर चल्नुपर्छ । त्यसका लागि जिम्मेवारी लिनुहुने निकायहरुले परिणाममुखी बनाउनुको विकल्प छैन । वडा बालअधिकार तथा वडा बालमैत्री स्थानीय शासन समितिको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बुद्धसिं थापाले उक्त भनाइ राख्नुभएको हो ।
अध्यक्ष थापाको थप कथन थियो– हामीले बालश्रममुक्त नगर त घोषणा ग¥यौं तर आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीबाट मुक्त त भएनौं ? त्यो सोचनीय विषय भएको छ । बालश्रममुक्त यो त एक निरन्तर चलिरहने प्रक्रिया हो । यसले हामीलाई झन् दायित्वबोध गराएको छ । त्यसअनुसार हामी चलायमान हुन आवश्यक छ । हाम्रो समाज यो विषयमा चेतनशील भइसकेको छैन । त्यसैले जबसम्म प्रत्येक परिवारले यो विषयमा सजकता राख्ने हैसियत राख्दैन, त्यतिबेलासम्म हाम्रो अभियान निरन्तर हुनुपर्छ । यदि हामी चनाखो भएनौं भने भोलि आलोचनाको भारी बोक्नु नपर्ला भन्न सकिन्न । हाम्रो भूगोलको कारण पनि बेलाबेला यस्ता समस्या आउने गरेका छन् । त्यसैले बालअधिकारको क्षेत्रमा खटिनुहुने तपाईं अभियानकर्ताहरु र कर्मचारी मित्रहरु यो विषयमा अझ बढी चनाखो रहनुपर्ने अध्यक्ष थापाको तर्क थियो ।
सो अवसरमा हालसम्म बालबालिकाको नगरको अवस्थाबारे बालमैत्री सहजकर्ता ललिता पराजुलीले जानकारी गराउनुहुँदै पनौती नगरमा पनि हाम्रो भूगोल अझ बढी चनाखो रहनुपर्ने कारणले नै हामी सचेत छौं । जसका कारण नगरले बालश्रम मुक्त नगर घोषणा हुनका लागि जारी गरेका सूचांकहरु सफलतापूर्वक पार गर्दै अगाडि गएकै कारण बालश्रम मुक्त नगर घोषणा भएको चर्चा गर्नुहुँदै बालश्रम मुक्त नगर घोषणापछि पनि आफूहरुले सम्भावित क्षेत्रहरुको निगरानी गरेको स्पष्ट पार्दै जबसम्म यो नगर शतप्रतिशत साक्षरता हुन सक्दैन, तबसम्म हाम्रो खबरदारी रहिरहने छ । त्यसैले विगतमा भएका केही घोषणाहरुका बारेमा आफूहरु ज्ञात भएको हुनाले त्यसलाई पाठको रुपमा लिँदै अगाडिका यात्राहरु राज्यले तय गरेका नीति र विधिलाई अख्तियार गर्दै त्यसलाई पूर्णता दिनतर्फ आफूहरु निरन्तर लागिपर्ने सहजकर्ता पराजुलीले कार्यक्रममा प्रष्ट पार्नुभयो । स्थानीय तहको दायित्वलाई पूर्णता दिनु पनि हाम्रो कर्तव्य हो । प्रत्येक कामप्रति जिम्मेवारी रहन्छ । त्यो निहित दायित्व पूरा गरेर समृद्ध नगर निर्माणमा अनुकरणीय फड्को पार गर्नुको विकल्प हामीमाझ छैन ।
कार्यक्रममा पनौती प्रहरीचौकी इन्चार्ज सन्तोष बानियाँको तर्क थियो– पनौती नगरमा बालश्रमको अवस्था र चुनौतीबोर प्रष्ट्याउनु हुँदै नगरले जुन सूचांक पार गरेरव बालश्रम मुक्त नगर घोषणा गरेको छ, त्यसलाई स्थायित्वतर्फ लग्नका लागि प्रहरीले आफ्नो दायित्व निर्वाह गरिरहेकै कारण अहिले नगरमा शान्ति सुव्यवस्थातर्फ अग्रसर रहेको र पनौती नगरभित्र सडक बालबालिकाहरुको उपस्थिति शुन्यतातर्फ अग्रसर हुँदै गएको आफूले पाएको बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0