Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोट्र्‍याक्ट क्लब अफ पनौतीको पाँचौ पदस्थापन कार्यक्रम

प्रभातफेरी अनलाइन ६००८ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
रोट्र्‍याक्ट क्लब अफ पनौतीको पाँचौ पदस्थापन कार्यक्रम

काभ्रे । पनौती भेगको समुदायमा निरन्तर रूपमा सेवा र सामुदायिक कार्यहरु सञ्चालन गर्दै आएको रोट्र्‍याक्ट क्लब अफ पनौतीले ५ औं पदस्थापना समारोह हालै सम्पन्न गरेको छ । क्लब सन् २०१७ मा स्थापना भएको हो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा. मनिषा रोकायाले वर्ष २०२१/२२ का अध्यक्ष रोट्र्‍याक्टर आशुतोष केसीलाई पद हस्तान्तरण गर्नुका साथै क्लबको अध्यक्षीय माला(कोलार), ‘गङ्ग ग्याबल’  र चार्टर प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं क्लबको मातृसंस्था रोटरी क्लब अफ पनौतीका अध्यक्ष रोटरियन सितु सैंजुले अध्यक्ष केसीलाई शपथ खुवाउनुहुँदै रोटरी क्लबको आधार स्तम्भका रुपमा रहेको रोट्र्‍याक्ट क्लबका युवाहरुले उल्लेखनीय कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘क्लबमा आवद्ध भएका ३० वर्ष उमेरसम्मका युवाहरुमा केही गरौं भन्ने जोश र जाँगर रहने भएकाले रोट्र्‍याक्टरहरुले समुदायका लक्षित युवाहरुका लागि धेरै कार्यक्रमहरु गर्दै आउन सक्षम भएका छन् । यसले समग्र रोटरी अभियानलाई नै मद्दत पुर्‍याइरहेको छ’, सैंजुले थप्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं पनौती प्राविधिक शिक्षालयका प्राचार्य दीपकबाबु अर्यालले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा सुरु भएको लामो समय हुँदासमेत युवावर्ग सोचेजति आकर्षित हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘रोट्र्‍याक्ट क्लबका युवाहरुले अब प्राविधिक र व्यावसायिक शिक्षाको महत्वबारेमा युवावर्गलाई सिकाएर उनीहरुलाई आत्मनिर्भर उन्मुख हुने अवसरमा सहभागी गराउनु पर्‍यो । किनकी यो पनि क्लबले समुदायका लागि गरेको योगदानका रुपमा गणना हुनेछ’, अर्यालले थप्नु भयो ।
निवर्तमान अध्यक्ष डा. मनिषा रोकायाले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अघिल्लो वर्ष कोभिड–१९ संक्रमण बढेकाले भौतिक उपस्थितिमा कार्यक्रमहरु सञ्चालनमा कठिनाई भएपनि डिजिटल रुपमा धेरै कार्यक्रमहरु सम्पन्न गर्न सकेको जानकारी दिनु भयो । यीमध्ये अधिकांश रोट्र्‍याक्ट सदस्यका क्षमता अभिवृद्धि, सामुदायिक कार्य, स्वास्थ्यका कार्यक्रमहरुलगायत रहेको रोकायाको भनाई छ ।
कार्यक्रममा जोन–४ का जोनल रोट्र्‍याक्टर रिप्रिजेन्टेटिभ डा. श्रीया देवजू श्रेष्ठले रोट्र्‍याक्ट क्लब अफ पनौतीले जोनमै उल्लेखनीय कामहरु गरेर क्लबको नामलाई अग्रस्थानमा ल्याएको भन्दै बधाई दिनु भयो ।  रोट्र्‍याक्ट पनौतीले ३० वर्षमुनिका युवाहरूलाई समेटी स्थापनाकालदेखि नै रोटा एबिसिडी कार्यक्रम, मास हाईकिङ, मधुमेह परिक्षण, रक्तदानजस्ता कार्यक्रमहरु गर्दै आइरहेको पनि कार्यक्रममा जानकारी दिइयो ।
सो अवसरमा वर्ष २०२१/२२ अध्यक्ष केसीले आफ्नो समितिका पदाधिकारीहरुलाई शपथ खुवाउनुहुँदै क्लबका सबै पदाधिकारी र सदस्यहरुको सक्रियता र सहभागितामा यस वर्ष पनि पनौती क्षेत्रमा नियमित सामुदायिक कार्यहरु सञ्चालन गर्ने, सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने तथा फेलोसिपमा जोड दिने योजना रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा स्वागत गर्दै क्लबका सचिव प्रशन्ना स्याउलाले सुरुमा क्लब कसरी सञ्चालन गर्ने भन्ने द्विविधा रहेकोमा रोटरी क्लब अफ पनौती र यसका ‘न्यू जेनरेशन चेयर’बाट प्राप्त मार्गनिर्देशनहरुले क्लबलाई निरन्तर अघि बढाउनमा सहजता आएको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ पनौतीका अध्यक्ष(निर्वाचित) रोटरीयन मधुसुधन गुरागाईं, सचिव रोटरियन विष्णुमणि अधिकारी, पनौती प्राविधिक शिक्षालयका सह–प्राचार्य एवं रोटरियन मृगेन्द्रबहादुर प्रधान, क्लबका सहायक अध्यक्ष सौगात प्रतापसिंह कार्की, धुलिखेल र केयुस्थित रोट्र्‍याक्ट क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतले क्लबका आगामी कार्यदिशाका लागि सल्लाह र सुझावहरु दिनु भएको थियो । सो अवसरमा सह–सचिव सुहाना श्रेष्ठले पदस्थापन कार्यक्रमका अतिथि र सहभागीहरु सबैमा हार्दिक धन्यवादज्ञापन गर्नु भएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0