Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाबुको मुख हेर्ने दिन ‘सेवा घर’ मा नमोबुद्धका नगर प्रमुख

प्रभातफेरी अनलाइन १४५१ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २३, बुधबार (४ साल अघि)
बाबुको मुख हेर्ने दिन ‘सेवा घर’ मा नमोबुद्धका नगर प्रमुख

भकुण्डेबेशी । कुशे औंसी एवं बाुबको मुख हेर्ने दिन । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आज छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरी मनाइरहेका छन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले भने असहाय वृद्धवृद्धालाई सम्मान गर्दै बाबुको मुख हेर्ने दिन मनाएका छन् । बाबुको मुख हेर्ने दिनको अवसर पारी नगर प्रमुख तिमल्सिना फूलफूल मिठाई तथा स्वास्थ्य सामग्री बोकेर मानव कल्याण समाजले काभ्रेको धुलिखेलमा स्थापना गरेको सेवा घर पुगेका थिए ।


सेवा घरमा सडकमा अलपत्र परेका, घरबाट निकालिएका, आफ्नो हेरचाह र संरक्षण गर्न नसक्ने बालबालिकादेखि वृद्धवृद्धासम्म आश्रित छन् । सेवा घरमा रहेका वृद्धवृद्धालाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यसहित उनीहरुलाई सम्मानसहित आफू भेट्न आएको नगर प्रमुख तिमल्सिनाले बताए । नगर प्रमुख तिमल्सिनाले व्यक्तिगतरुपमा तथा नगरपालिकामार्फत सेवा घरमा आश्रित मानिसहरुका लागि सहयोग गर्दै आएका छन् । नमोबुद्ध नगरपालिकाले यसअघि नै सेवा घरसँगको सहकार्यमा सडक मानवमुक्त नगरको अभियान सञ्चालन गर्दै आइरहेको छ ।
नगर प्रमुख तिमल्सिनाले सेवा घरमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल, मिठाई तथा स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै उनीहरुलाई सम्मानसमेत गरेका थिए । ‘विगतमा पनि सेवा घरमा रहनुभएका बालबालिकासहित जेष्ठ नागरिकहरुको सेवामा लागेको थिएँ र आगामी दिनमा पनि लागिरहनेछु’ नगर प्रमुख तिमल्सिनाले भने, ‘चाडपर्वको समयमा पनि सेवा घरमा आश्रित जेष्ठ नागरिकहरुलाई आफ्नो कोही पनि नभएको महसुस नहोस् भन्ने उद्देश्यले आज आइपु्गेको हुँ ।’  नगर प्रमुख तिमल्सिनाले यसअघि नै सेवा घरमा आश्रित एक बालिकाको अभिभावकत्व ग्रहण गरिसकेका छन् ।


नमोबुद्ध नगरपालिकाले नगरपालिकामा सडकमा अलपत्र अवस्थामा रहेका पाँच जनालाई उद्धार गरेर सेवा घरमा पठाइसकेको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण मृत्युको जोखिममा पुगेका ती व्यक्तिहरु अहिले सेवा घरको संरक्षणमा उपचार गराई विभिन्न दाताको सहयोगमा आफ्नो जीवनयापत गरिरहेका छन् । मानव कल्याण समाजले नेपाली नागरिक र विभिन्न संघसंस्थाको सहयोगमा सेवा घर सञ्चालन गर्दै सडकमा अलपत्र नागरिकको उद्धार, हेरचाह एवं परिवारमा पुनर्मिलनको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0