Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्वको अकर्मण्यताकै कारण व्यवस्थापन मजदुरमाथि हाबी भएको हो ः नेता खुलाल

प्रभातफेरी अनलाइन ४१०७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
नेतृत्वको अकर्मण्यताकै कारण व्यवस्थापन मजदुरमाथि हाबी भएको हो ः नेता खुलाल

काभ्रे । सधैंभरि मजदुरमाथि मालिकबाट अन्याय, अत्याचार, दमन, शोषण ग¥यो भनेर मात्र समाचार लेख्थ्यौं तर शनिबार त्यस्तो रिपोर्टिङ्गमा पुग्यौं जहाँ कार्यक्रमका अधिकांश वक्ताहरुले मजदुर नेताहरुकै आलोचनामा मात्र समय खर्चेको पाइयो ।
शनिबार अखिल नेपाल औद्योगिक मजदुर संघ क्युरेक्स फर्मास्युटिकल्स इकाई कमिटी, बनेपा–१० को भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल औद्योगिक महासंघका केन्द्रीय उपाध्यक्ष होमबहादुर खुलालले तत्कालिन मजदुर नेताहरुको मपाईंत्वकै उपज आज व्यवस्थापन मजदुरहरुमाथि हाबी भएको खुलासा गर्न पछि पर्नुभएन । नेता खुलालको थप कथन थियो– विगतमा मजदुरले जुन सेवा, सुविधा पाउनुभएको थियो, त्यो औद्योगिक क्षेत्रका सवालमा नेपालकै उत्कृष्ट सुविधा भएको स्मरण गर्नुहुँदै हामीले अनुशासन तोड्यौं भने परिणाम कहाँसम्म पुग्छ भन्ने प्रत्यक्ष उदाहरण बाँकी मजदुर साथीहरुले भोग्नुभएको छ । यदि छोडेर जाने मजदुर साथीहरुमा उन्माद र मपाईंले घर नजमाउको भए आज संगठन यो अवस्थामा आउनुपर्ने थिएन । संगठनको महत्व नबुझ्दाको परिणाम बाँकी मजदुर साथीहरुले भोगिरहनुभएको छ । त्यसैले अब त्यस किसिमका कमी कमजोरीहरु गर्नुहुने छैन भन्ने विश्वास पार्टीले राखेको जिकीर गर्नुहुँदै नेता खुलाल थप्नुहुन्छ– मजदुरहरु फलामे अनुशासनमा रहेर श्रम बेच्ने श्रमिक हुन् । आफूले पार्टी र संगठनको तर्फबाट कयौं अल्झनहरु संवाद गरेर निकास निकालेको स्मरण गराउनुहुँदै अब पनि व्यवस्थापनसँग अहिलेका टड्कारा समस्याहरुका बारेमा संवाद गरेर निकास निकाल्न पछि नपर्ने नेता खुलालले कार्यक्रममा स्पष्ट पार्नुभयो ।
हिजो सामान्य अप्रेटिङ मजदुरले ५२ हजारसम्म नगद बुझेको अभिलेख आफूसँग रहेको चर्चा गर्नुहुँदै मजदुरहरुकै वैमनश्यताका कारण आज गम्भीर अवस्था सिर्जना भएको छ । त्यसैले हिजो जुन सेवा, सुविधाहरु पार्टी, संगठनको पहलमा भएको थियो, त्यसलाई कमजोर आँकलन गर्दा तपाईंहरुबीच आज यो अवस्था आएको छ । त्यो कसको योगदान थियो, त्यो बुझ्नु पर्छ कि पर्दैन ? पैसाको उन्माद र मपाईंत्वले कहाँ पु¥याउँदो रहेछ भन्ने कुरा भनिरहन नपर्ला । त्यसैले विगतका कमी कमजोरीबाट पाठ सिक्दै अगाडि जाने प्रण मजदुर साथीहरुले गर्नुहुनेछ भन्ने विश्वासका साथ व्यवस्थापन र मजदुरबीचको पुलको रुपमा अखिल नेपाल औद्योगिक मजदुर महासंघ सदैव रहनेछ । जसले अधिकारमा दृढ र ड्युटीमा अनुशासनलाई महत्व दिँदै मजदुरका हक, हितका पक्षमा फलामे खम्बाको रुपमा उभिनेछ । ट्रेड युनियन महासंघ भन्दैमा मजदुरहरुका अराजक गतिविधिलाई छोप्नुपर्छ भन्ने छैन । मजदुर, मजदुरकै स्थानमा र व्यवस्थापन, व्यवस्थापनकै स्थानमा बाँधिएर रहनुपर्छ तर क्युरेक्सको सवालमा विधि सम्वत् ढंगबाट नचलेकै कारण आज संगठन खुम्चिन बाध्य भएको छ । अबका दिनमा यो अवस्था आउने छैन । नवनिर्वाचित इकाई कमिटीलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै फेरि पनि मजदुर संगठन भएर अन्य तह र तप्कालाई संगठनले पोस्ला भन्ने शंका नगर्न निर्वाचित कमिटी र मजदुरहरुलाई आश्वस्त पार्दै फलामे अनुशासनमा रहेर ड्युटी गर्न मजदुरलाई आग्रह गर्नुभएको छ । यदि त्यति गर्दा पनि व्यवस्थापनले विभेद ग¥यो भने त्यसका विरुद्ध ट्रेड युनियन कसरी प्रस्तुत हुनुपर्छ भन्ने सवालमा यहाँ भनिराख्न नपर्ला भन्न पनि नेता खुलाल पछि पर्नुभएन ।
उक्त कार्यक्रममा अखिल नेपाल औद्योगिक मजदुर संघ काभ्रे जिल्ला इन्चार्ज राजन अधिकारी, माओवादी नेता मिनराज केसी, सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईं लगायतले निर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना सहित मजदुर संगठनले मजदुरका पक्षमा वकालत गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो । भेलाको अध्यक्षता पूर्व इकाई कमिटी उपाध्यक्ष रविन्द्र थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विजय यादवले गर्नुभएको थियो । सो भेलाले रविन्द्र थापाको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा अशोक यादव, सचिवमा विजय यादव, सह सचिवमा नविन चौधरी, कोषाध्यक्षमा देवनारायण मेहता, सदस्यहरुमा शिवनारायण मेहता, मनोज शाह ‘बि’, अजय यादव र रामेश्वर यादव सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0