Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवस्थापन र मजदुर बीच चिसिएको सम्बन्धमा न्यानोपन दिई दुई पक्षबीच पुलको रुपमा आफूलाई उभ्याउने छु

प्रभातफेरी अनलाइन ५२४० पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
व्यवस्थापन र मजदुर बीच चिसिएको सम्बन्धमा न्यानोपन दिई दुई पक्षबीच पुलको रुपमा आफूलाई उभ्याउने छु

रविन्द्र थापा, अध्यक्ष
अखिल नेपाल औद्योगिक मजदुर संघ क्युरेक्स फर्मास्युटिकल्स इकाई कमिटी

२०३२ साल भाद्रमा पिता शम्भु थापा र माता मसिना थापाको कोखबाट चौथो सन्तानको रुपमा यो धर्तीमा पाइला टेक्न पुगेका रविन्द्र थापाको बाल्यकाल लहलहैमा बित्यो । परिवारको कान्छो सन्तान भएकै कारण कुनै कुराको अभाव खड्किन दिइएन । जसको कारण बोल्नमा कुनै किसिमको धक्क पनि रहेन । जसले गर्दा समाजमा हक्की स्वभावले परिचित गरायो । अन्यायका विरुद्ध खरो रुपमा उभिन सिकायो । त्यही स्वभावले अन्ततः माओवादी बनायो । माओवादी पार्टीकै भातृ संगठन अखिल नेपाल औद्योगिक मजदुर संघ क्युरेक्स फर्मास्युटिकल्स इकाई कमिटीको अध्यक्षको जिम्मेवारी गर्न पु¥यायो । हो उनै हक्की स्वभावका अन्यायका विरुद्ध खरो रुपमा उत्रने व्यक्तित्व थापाले अब आफ्नो जिम्मेवारीमा रहेको संगठनलाई मजदुरलाई कसरी स्थापित गर्नुहुन्छ भन्ने सवालमा प्रभातफेरी प्रतिनिधि बिपशना शाक्यले गर्नुभएको सवाल जवाफका सम्पादित अंश पाठकसामु पस्किने कोसिस गरेका छौं ।

नमस्कार,
नमस्कार सर धन्यवाद हजुरहरुप्रति नेतृत्व बहन गरिरहँदा कस्तो महसुस भएको छ ?
जति सहज रुपले जिम्वेवारी लिएको छु त्यति नै चुनौती छन् कार्यान्वयन गर्न पछिल्लो समयमा व्यवस्थापन र मजदूर विच ठूलो पर्खाल खडा भएको छ । त्यसको उदाहरण भनेको व्यवस्थापनले विगतमा उपलब्ध गराएको सेवा सुविधा लगायतका अनुदान खोसेको छ । यो सबै केही मपाई महत्वकांक्षी नेतृत्वको कारण भएको हो । त्यसैले पनि मेरो कार्यकाल चुनौतीपूर्ण छ । मजदुर र व्यवस्थापन वीच श्रृजना भएको वैमनश्यताको अन्त गर्नुछ । जसले मजदुर र व्यवस्थापन वीच नङ्ग र मासुको सम्बन्ध कायम गर्नेछ भन्ने विश्वास लिएको छु ।
– के यस्तो अब्यवहारीक कुरा उठाउनु भएको छ ! यर्थाथ के हो ?
हो यहाँ अब्यवहारीक नै छ । एउटै पदमा कार्यरत मजदुरहरुमा पनि फरक फरक तलव भत्ता गरिएको छ । यहाँ झन्डै डेढ सयको हाराहारीमा मजदुर कार्यरत छन् । कसैको पनि समान कामको समान सुविधा छैन । हिजो माओवादीको पहलमा समान कामको समान सेवालाई कार्यन्वयन गराएको थियो । तर पछिल्लो समय केही अहमतावादी नेतृत्वका कारण मजदुरहरु माथी चरम विभेद सिर्जना मात्र गरेन कयांै मजदुरको छाक खोसियो । यो सबै घटनाको जिम्वेवार तत्कालिन अवस्थाका मजदुर नेताले लिनु पर्छ । मेरो व्यक्तिगत धारणा माग्नु हुन्छ भने हामी मजदुरले आफ्नो पेटमा आफैले लात हान्यौं । किनकी व्यवस्थापनलाई यो हर्कत गर्न वातावरण त हाम्रै नेताले गराएकै कारण आज पनि व्यवस्थापनले यो या त्यो बहानामा मजदुरको श्रम शोषण गरिरहेको छ । यसका पछाडी तत्कालिन नेतृत्वको गम्भिर त्रुटि छ । त्यही भएर नै व्यवस्थापन पक्षले फुटाउ र राज गरको नीति अख्तियार गरी रहेको छ । यो अवस्थामा जिम्मेवारी बहन गर्नु भनेको फलामकै चिउरा सम्झँदा हुन्छ । अब तपाईं नै भन्नुस् यसलाई अव्यवहारीक भन्ने कि नभन्ने त ?
– तपाईले गम्भीर विषय उठाउन पुग्नु भयो व्यवस्थापनले पनि ठूलो चुनौती उठाएर उद्योग खोलेको हुन्छ । वनको पत्कर त होइन नि लगानी ? मजदुरले पनि मानविय धर्म त निर्वाह गर्नु पर्दैन भन्ने छ र ?
त्यस्तो होइन, मैले त्यसो भन्न खोजेको पनि होइन । कुरो के हो भने कम्पनिले जुन सुविधा उपलब्ध गराएको थियो ति एक पछि अर्को बहानामा खोसिएकै हुन् यसमा दुई मत छैन । यसो हुनुमा माथि नै भनिसकें मजदुर नेतृत्वको सिमित स्वार्थले काम भने पक्कै गरेको हो । हिजो नेकपा माओवादी केन्द्रको पहलमा कम्पनीले चिया नास्ता, कोठा भाडा, भारी रुपमा बोनस, बार्षिक रुपमा साप्ताहिक भ्रमणका साथमा थप भ्रमण भत्ता समेतको सुविधा दिएको थियो । यो सबै हिसाव गर्ने हो भने एउटा सामान्य मजदुरले ५०/५२ हजार बुझेको अभिलेख हामीसँग अहिले पनि छ तर आज सुख्खा तलबको भरमा खुम्चिन बाध्य भएका छौं । यो अवस्थामा कसले पु¥यायो ? यसतर्फ प्रत्येक मजदुरले सोच्नु पर्छ । व्यक्तिगत रुपमा फेरी नि भनें यसमा खाल्टो खन्ने अरु कोही होइन हामी मजदुर नेता नै हौं । जो स्वार्थमा डुब्यौं र व्यवस्थापनलाई खुशी पार्ने नाउँमा दासी भयौं । दशककौं लामो मजदुरी यात्रामा पटक पटक आरोह अवरोह नआएका होइनन्, ति अड्चनहरुकै कारण आज यो अवस्थामा आइपुगें । तथ्य आफुसंग भएकै कारण पटक पटक यी कुरालाई जोड दिएको छु । अहिले पनि १२ हजार देखि ७५ हजार सम्म बुझ्ने श्रमिक साथीहरु यस कम्पनीमा हुनु हुन्छ । श्रम अनुसारको सुविधा लिनु भएकोमा मेरो विमति पनि छैन । व्यवस्थापन पक्ष संग वैमनश्यता रह्यो भन्दैमा खाई पाई आएको सेवा सुविधा खोस्नु कतिको उचित होला ? हो व्यवस्थापन संगको वैमनुश्यताको कारण मजदुरहरुले उत्पादनमा क्षति पु¥याएको भए, सेवा सुविधा खोसिनुलाई स्वाभाविक मान्नु पर्छ तर यहाँ त्यस्तो होइन हाम्रा मजदुर फलामे अनुशासनमा छन्, केही कम्युनिकेशन ग्यापका कारण विभेदको शिकार हुनु पर्छ भन्ने त छैन नि ! जस्तो मेरै अन्य सेवा सुविधाको साथै ग्रेड समेत खोसिएको छ । के मैले आफ्नो जिम्मेवारीमा केही चुकेको थिएँ भने सचेत गराउने दायित्व व्यवस्थापनको होइन र ? त्यस तर्फ व्यवस्थापनले कदम चालेको कहिँ कतै पाएको पाइएन भन्ने नै मेरो गुनासो हो ।
– अधिकांश संवाद गुनासा मै केन्द्रित देखिए के यसले व्यवस्थापनले कम्जोरी गरेकै तपाईको ठहर हो ?
त्यसो त पटक्कै होइन । माथि नै भनें नि मजदुर नेताले आफ्नो स्वाभिमान बन्धकि राखेकै कारण व्यवस्थापनले चर भेटायो त्यसैमा टेकेर एक पछि अर्को गर्दै दासत्व लाद्यो । यो गर्ने अवसर कसले दियो त भन्दा तिनै आफूलाई मजदुरको हक हित र अधिकारका हिमायती भन्नेहरुकै उपज थियो । त्यसैले पनि फेरी पनि मेरो अठोट छ व्यवस्थापन र मजदुर वीचमा चिसिएको सम्बन्धमा न्यानोपन ल्याई मजदुर र व्यवस्थापन एक अर्काका पूरकको रुपमा स्थापित गर्ने छु । त्यसका लागी यो कमिटी सफल हुने छ भन्ने विश्वास लिएको छु ।
– तपाईं त अलि खरो स्वभावको हुनुहुन्छ भनिन्छ के व्यवस्थापन पक्षको मन पगाल्न सक्नु होला र ?
भनिन्छ मान्छेले चाह्यो भने पहरो त रसाउँछ । उहाँहरु त विवेकशील बौद्धिक मानविय संवेदनशीलता भएका आदरणीय कूशल व्यक्तित्वहरु हुनु हुन्छ । यात्रामा भएका कमी कमजोरी औल्याएर अबको यात्रामा सुध्रिएर जाने प्रतिबद्धता सामूहिक रुपमा जाहेर गर्न सकियो भने यो विषय नौलो होइन भन्ने लाग्छ । यदि कठोर मन थियो भने हाम्रा नेताहरुलाई हाम्रै नाउँमा व्यवस्थापनले विदेश सयर समेत गराएको तथ्य हाम्रा सामू छ । सवाल मेरो स्वभावको कुरो उठाउनु भएको छ । मेरो सानैदेखिको वानी भने अन्याय सहनै नसक्ने आफ्ना अगाडी त्यस्तो देख्यो कि किन हो किन जाइलाग्न मन लागिहाल्छ । मेरो यो स्वभाव मेरै लागी बाधक बनेको पनि महसुस भएको छ । अब त जिम्मेवारीले पनि त्यस्तो स्वभावलाई नियन्त्रण गर्छ भन्ने विश्वास लिएको छु । झनक्क रिसाउने एक्कै पटक उत्तेजनामा आउने स्वभावलाई नियन्त्रण गर्ने प्रयास रहने छ ।
– अब मैले सोध्न छुटेका तर तपाईसंग केही त भन्न पाए हुन्थ्यो भन्ने खुल्दुली बाँकी छ भने राखिदिनुस् न त !
खासै छ जस्तो त छैन फेरी पनि हामी मजदुरका गुनासा पोख्ने अवसर उपलब्ध गराईदिनु भएकोमा तपाईंहरुको लोकप्रिय सञ्चार माध्यम प्रभातफेरी प्रति आभार व्यक्त गर्दै मेरो कार्यकालमा अधिकारमा दृढ र ड्युटीमा अनुशासन कायम गराउने छु । जसका कारण उद्योगले उचाई लिने छ, मजदुरले सम्मान पाउनेछन् । फलामे अनुशासनमा मजदुरले श्रम बेच्ने छन् । जसबाट व्यवस्थापनले गराई र भोगाईका बारेमा नमूना देख्ने छ एकतर्फ भने अर्काेतर्फ पार्टीलाई पनि कुनै किसिमको प्रश्न उठाउने ठाउँ दिने छैन । यो नै हाम्रो कमिटीको प्रतिज्ञा सम्झनुहोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0