Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दशैंमा वनस्पतिको प्रयोग र यसको महत्व

प्रभातफेरी अनलाइन ५९१४ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
दशैंमा वनस्पतिको प्रयोग र यसको महत्व

धार्मिक, साँस्कृतिक तथा सामाजिक रूपले दशंैको जति महत्त्व छ , त्यत्तिकै प्राकृतिक पक्ष पनि प्रबल छ । यस चाडले मानिसलाई प्रकृतिको नजिक रहेर पूजा आराधना गरी संरक्षण गर्न समेत प्रेरित गर्छ । नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरूले खाद्यपदार्थको साथैं औषधोपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको व्यापक प्रयोग गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदामा प्रत्येक दशंैघरमा घटस्थापना गर्ने र वेदी बनाई जौ छर्ने परम्परा छ । नवरात्रभरी मातृशक्तिको आव्हान, आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवतालाई अर्पण गर्ने र प्रसादस्वरूप लगाउने गरिन्छ । जौलाई रोगलाई दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रुपमा लिइएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् औषधीहरूमा म जौ हुँ भनेको प्रसङ्ग आउँछ । आयुर्वेदमा जौको अंकुरबाट गर्न सकिने उपचारहरूको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्सा अनुसार पनि विविध रोगको उपचारका लागि जौ र जौका अङ्कुर उपयुक्त रहेको पत्ता लागिसकेको छ ।
नवरात्रको छैटौं दिन प्रत्येक दशंैघर वा शक्तिपीठमा फूलपाती भित्र्याउने संस्कृति छ । फूलपातीमा नौ प्रकारका विरुवाका पत्र वा पालुवा हुने हुनाले नवपत्रिका भनिन्छ । नवपत्रिका भन्नाले केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई बुझिन्छ । यी नौवटा वनस्पतिका पत्रलाई अपराह्नमा भित्र्याई बेलुकी नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ ।
नेपाली समाजमा सगुन वा माङ्गलिक वस्तुको रूपमा केराको प्रयोग गरिन्छ । कदली वा रम्भाफलको नामले संस्कृतमा प्रख्यात यो फल देवताहरूको प्रियफल मानिन्छ । श्राद्धको लागि पनि यो फल नभई हुँदैन । ठूला मांगलिक कार्यमा यज्ञमण्डपमा केराको बोट राख्नै पर्ने मानिन्छ । यसैगरी दशंैको दही चिउरामा पनि ठाउँ अनुसारका केराको प्रयोगले अझ स्वाद थपिन्छ । औषधीको रूपमा केराको महत्त्व ठूलो छ । काँचो वा पाकेको फल, जरा वा काण्डको रस विभिन्न उपचारको लागि प्रयोग गर्न सकिन्छ । अमलपित्त एवं मधुमेहको उपचारको लागि काँचो फलको प्रयोग हुन्छ भने रक्तपित्तमा पाकेको फलको प्रयोग गरिन्छ ।
दाडिम वा अनार स्वादयुक्त हुनुको साथै गुणयुक्त रुचिकार फल हो । बिरामी भएर थला परेका व्यक्तिहरूलाई अनारको रस खुवाउँदा शरीरमा तागत दिन्छ । साथै शरिरका विभिन्न आन्तरिक एवं बाह्य रोगहरूका लागि पनि अनारको पात, बोक्रा एवं दानाको प्रयोग गरिन्छ । यसैगरी फूलपातीमा प्रयोग हुने अर्को वनस्पति धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ । नेपाली समाजमा धानको महत्व ठूलो छ । मानिसको प्राण धान्नको लागि धानबाटै निर्मित चामलको प्रयोग भातको रूपमा गरिन्छ । खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञयज्ञादि धानद्वारा निर्मित चामलकै प्रयोग गरिन्छ । देवताहरूको पूजा गर्ने र विजयादशमीको रातो टीका समेत धानबाट बनेको अक्षताबाट लगाइन्छ ।
संस्कृतमा हरिद्रा भनिने बेसार विनाको खाद्यपदार्थ रङ्गहीन एवं स्वादविहीन हुने भएपनि यसको प्रयोग औगाधोपचारमा समेत गरिन्छ । आँखा दुख्ने, छालाका रोग लगायतका घाउ चोट पटकमा यसको गानोको रसको प्रयोग गरिन्छ । गाउँघरमा रूघाखोकी लाग्दा बेसार पानी पकाएर औषधीको रूपमा प्रयोग गरिन्छ । मानक अर्थात् कर्कलोलाई कन्दमूलको वर्गमा लिइन्छ । कर्कलोको गाना लगायतका कन्दमूलहरू हाम्रा चाडपर्वमा प्रयोग भइरहन्छन् । एकादशी र ऋषिपञ्चमी जस्ता व्रतका लागि कर्कलो र पिँडालु फलाहार मानिन्छन् । अन्नको अभाव हुने भागहरूमा मानिसहरूले खाद्यवस्तुकै रूपमै प्रयोग गर्ने गर्दछन् । कर्कलोलाई पनि औषधीय वस्तुको रूपमा पनि प्रयोग गरिन्छ । रक्तशोधन एवं पित्तशोधन आदि उपचारको लागि कर्कलोको प्रयोग लाभदायक मानिन्छ ।
संस्कृत भाषामा कर्चुर भनिने हलेदोको बोट अदुवा वा वेसारको जस्तै देखिन्छ । यो निकै वास्ना सुगन्धित वस्तु बनाउने काममा यसको प्रयोग गरिन्छ । परम्परागत रूपमा नेपाली समाजमा यसको गानाको लेदो बनाई शरीरमा लगाउनाले आराम मिल्दछ । चन्दनको रूपमा पनि यसको प्रयोग गरिन्थ्यो । पहाडदेखि तराईसम्म पाइने यो संधै हरियो रहिरहने रूख हो, अशोक । अशोकको प्रयोग औषधीको रूपमा बोक्रा फूल आदिलाई लिइन्छ । स्त्रीको गर्भाशयको रोग, रक्तविकार आदिमा बोक्राको पाक बनाएर पिउनाले वा फूलको चूर्ण पानीसंँग पिउनाले फाइदा पुग्दछ । शरीरका विभिन्न भागमा वेदना भएमा वा पोलेमा फूल वा बोक्राको लेप लगाउँदा आराम हुन्छ ।
वर्षायाममा उम्रिने मासिनो लहरायुक्त जयन्तीको विरूवा अन्य विरूवालाई आधार बनाएर फैलने गर्दछन् । मसिना पात हुने लहरामा साना साना गाढा राता फूलहरू प्रशस्तै फूल्ने गर्दछन् । कालो स–साना वियाँ हुने यसको फलबाट उत्तेजना ल्याउने औषधी बनाइन्छ । यसैगरी जयन्तीको प्रयोगले गलगाँड एवं श्वासप्रश्वास सम्बन्धी रोगको लागि समेत फाइदा पुग्दछ । भगवान् शिवको प्रियवस्तुको रूपमा बेललाई लिइन्छ । यसको महत्व आयुर्वेदिक एवं पर्यावरणीय दृष्टिले पनि उत्तिकै छ । नेवारी संस्कृतिमा कन्याहरूको विवाह बेलसँग गराइदिने परम्परा छ । तराई र पहाडी भागमा पाइने यसको रूखले वातावरणलाई स्वच्छ बनाउनुको साथै फल र पातले औषधीको रूपमा महत्व बोकेका छन् । विभिन्न रोगको साथै वीर्यबर्धक औषधीको कार्य बेलले गर्दछ । बेलको फलको गुदी वा चूर्णलाई औषधीको रूपमा प्रयोग गरिन्छ । बेलको फलबाट सर्वत बनाएर पिउनाले मस्तिष्कलाई ठण्डा बनाउनुको साथै शरीरमा स्फूर्ति ल्याउँछ ।
यिनै विविध गुण बोकेको बोटविरूवा दशैंमा शक्तिस्वरूपा भगवतीलाई अर्पण गर्ने गरिएको हो ।
दर्शंले प्रत्येक वर्ष यी बोटविरूवाको महत्व बुझेर संरक्षण एवं सम्बर्धन गरेर यिनीहरूबाट लाभ लिन प्रेरित गरिरहेको हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0