Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैलुङ भिडन्तका यादहरु

प्रभातफेरी अनलाइन ५९९३ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)
शैलुङ भिडन्तका यादहरु

डम्बर थामी “अनुपम”

“बहादुर बन । जोखिम उठाउ । अनुभवको स्थान अरु कसैले भर्न सक्दैन ।” – पाउलो कोएल्हो

उल्लेखित स्मरणीय भनाई (२४ अगस्ट, १९४७) मा ब्राजिलको रियो दि जेनेरियोमा जन्मेका प्रख्यात लेखक तथा उपन्यासकार पाउलो कोएल्होको हो । उनी कठोर धार्मिक क्याथोलिक परिवारमा जन्मेका थिए । उनको परिवारले उनलाई क्याथोलिक धर्म र आस्थामै विश्वास राखोस र धार्मिक पारिवारिक घेराबाट अन्यत्र नजाओस् भन्ने चाहन्थ्यो । तर उनी फरक स्वभावका थिए । उनले त्यो कठोर धार्मिक पारिवारिक घेरालाई तोडेर बाहिरी संसारमा विचरण गरे । स्वतन्त्रताको अनुभूति गरे । गाँजा समेत पिए । हिप्पी पनि बने । तर बाहिरी संसारको अनुभवहरु बटुल्दै अन्ततः उनी नामि लेखक साहित्यकार बने । सन् १९८६ मा उनले अटोबायोग्राफीमा आधारित ‘द पिलग्रिमेज’ भन्ने पुस्तक प्रकाशन गरे । त्यसको ठिक एक वर्षपछि फेरि सन् १९८७ मा ‘द अलकेमिस्ट’ भन्ने उपन्यास प्रकाशन गरे । जुन उपन्यास निकै प्रख्यात भयो । र अन्तर्राष्ट्रिय बेस्ट सेलरमा प¥यो ।
यसरी ऊनी होनहार बहादुर नबनेर जोखिम नउठाएको भए । विभिन्न देशहरूको भ्रमण नगरेर एकै ठाउँ कुँजिएर बसेको भए । उनले बाहिरी संसार देख्न सक्दैनथे । जब पारिवारिक चौघेरालाई तोडेर बाहिर निस्किए तब उनीमा असीमित चेतना जागृत भयो । हो यसरी नै हामीले पनि व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर निश्चित सामाजिक बन्धनलाई तोडेर महासमरको त्यो कठिन यात्रा तय गरेका थियौं । जनयुद्धको चुनौतीपूर्ण यात्रामा लामबद्ध भएका थियौं । पंक्तिबद्ध भएका थियौं । परिवर्तन भनेको त आफैंबाट शुरु गर्नुपर्छ । क्रान्ति गर्नु भनेको भोजभतेर गर्नु जस्तो होइन भन्ने कुरालाई असाध्यै मनन गरेका थियौं । हजारौं योद्धाहरुको बलिदानले रक्ततडागः जम्दै गए पनि समाजवादको कमल फूलाउने संकल्प गरेका थियौं । यसरी महासमरको कष्टपूर्ण भूमरीमा हाम फाल्दा अवस्य नै चुनौतीको गह्रुंगो पहाडले टाउकोमा कचक्कै किचेको थियो । थिचेको थियो । र मार्नु र मारिनुको दोसाँधमा उभ्याएको थियो । यही शिलशिलामा मैले यहाँ यस्तै प्रसंगको सटिक स्मरण गर्न गईरहेको छु ।
२०६० साल जेठ महिनामा दोलखा जिल्लाबाट सैन्य फर्मेशन (जनमुक्ति सेना नेपाल, चौधौं बटालियन ए कम्पनी कमिशार) को जिम्मा लिएर जाँदा समय परिवेश अनुसार म नितान्त नयाँ थिएँ । अनुभवजन्य ज्ञानको कमीले गर्दा शुरुमा हाम्रो कम्पनीले धेरै ठूलो उतारचढाव भोग्नुप¥यो । क्षति व्यहोर्नुप¥यो । दोरम्बा नृशंस हत्याकाण्डदेखि नै हामीले असंख्य चुनौतीका पर्खालहरु पार गर्नुप¥यो । म पनि पार्टी संगठनबाट सैन्य संगठनमा जाँदा बदलिँदो नयाँ परिवेश अनुसार योजना बनाउन नसक्ने केही कमजोरीहरु रहे नै । ममा अवस्य नै केही अन्यौलता परेकै हो । किनकि म मैनापोखरी मोर्चामा गम्भीर घाइते भएर सैन्य फर्मेशन छोड्दाको स्थिति र पुनः जोडिँदाको स्थिति आसमान र धर्ती बीचको फरक भईसकेको थियो । तैपनि सैन्य संगठनका जिम्मेवार कमरेडहरु बटालियन कमिशार क. कृपाश्वार, कमान्डर क. जीवित, सहकमान्डर क. रामजी र कम्पनी कमान्डर क. निर्मल अनि रामेछाप जिल्ला ईन्चार्ज क. ललितसँग छलफल, बहस र समन्वय गरेर योजनामा अगाडि बढ्ने प्रयत्न गरें । वस्तुवादी योजना निर्माणको सवालमा शुरुमा केही अन्योलता रहे पनि पछि जिल्ला र क्षेत्रको सापेक्षता अनुसार योजना बनाएर अगाडि बढ्ने कोशिश गरें । कम्पनी कमान्डर क. निर्मलसँग अझ घनीभूत रूपमा छलफल गरें । संखुवासभा जिल्लाको चैनपुर मोर्चाको जीउँदो सहिदको रूपमा चिनिने क. निर्मल निष्ठा, इमानदारी र लडाइँको हिरोको पर्याय थिए । यस्ता होनहार, बहादुर योद्धाहरु वर्गसंघर्षको दौरानमा विरलै पाईन्छन ।
दोरम्बा हत्याकाण्डपछि एकाएक युद्धबिराम पनि भङ्ग भयो र देशैभरि फौजी धक्काहरु भए । सर्लाही जिल्लाको बयलबासमा चौधौं बटालियनको एस.टि.एफ. ले पनि कमाण्डो रेड गरेर पहिलो मोर्चा खोल्न सफल भयौं । कम्पनी कमिशार भएर जाँदाको यो मेरो दोस्रो फौजी मोर्चा थियो । त्यो कमाण्डो रेड शानदार रूपमा सफल भएपछि हामी फेरि जिल्लाको फौजी गतिविधिमा सक्रिय भयौं । दोरम्बा हत्याकाण्ड पछि दुश्मन केही समयसम्म चुपचाप बस्यो । ‘पर्ख र हेर’ को नीति लियो । कतै पनि चलमलाएन । दोरम्बा हत्याकाण्डले हामी निकै आक्रोशित भएका थियौं । शोकलाई शक्तिमा बदल्ने प्रण गरेका थियौं । त्यसैले हामीले प्रतिरोधको विभिन्न योजना बनायौं । तर त्यो योजना कतै पनि सफल हुन सकेन । हामी हाम्रो कार्यक्षेत्रमै खेलिरहँदा २०६० साल कार्तिक महिनाको अन्तिमतिर एक्कासि दोरम्बा बजार भन्दा अलि माथिको डाँडामा चिता हेलिकप्टरबाट सेनाहरु ल्याएर क्याम्प नै खडा ग¥यो । एक दुई पटक अग्लेश्वरको डाँडा र गाल्बाको अग्लो डाँडाबाट एल.एम.जि. ले हेलिकप्टरलाई हान्यौं पनि । तर केही भएन । चिता हेलिकप्टर त्यति मजबुत तरीकाले बाहिरबाट रडैरडले जेलिएको हुँदोरहेछ । त्यहाँ जबर्जस्त सेनाले क्याम्प खडा गरेपछि हामीलाई ठूलो अवरोध भयो । त्यो ठाउँ हाम्रो लागि पनि निकै सामरिक महत्त्वको थियो । पूर्वी पहाडी जिल्लाहरुदेखि भित्री मधेस अनि तराईका जिल्लाहरुसम्म जोड्ने हाम्रो रुट नै बन्द हुन पुग्यो । र त्यहाँ क्याम्प खडा गरेपछि मेरो कम्पनीको एक जना बहिनी कमरेड प्रतीक्षा (बेली श्रेष्ठ) लाई पट्रोलिङ जाँदाखेरि सेनाले समात्यो । प्रत्यक्षदर्शी जनताको भनाइ अनुसार कमरेडलाई रातभरि खुल्ला चौरमा नाङ्गै बनाएर यातना दिएछ । बिहान भईसकेपछि ब्यारेक भन्दा अलि पर लगेर गोली हानी मारेछ । र कयौं दिनसम्म लास देखाएर हामीलाई एम्बुश पार्न खोजेको रहेछ । पछि लास गलेपछि गाउँलेहरुले कमरेडको शबलाई पूरिदिएछन । यो घटनाले पनि हाम्रो रगत आक्रोशले पेट्रोल झैं सल्किरहेको थियो । त्यसैले त्यो ब्यारेकमा दिनदिनै एउटा ग्रिनेडसम्म भए पनि पड्काईरहने योजना थियो । पड्काईरह्यौं पनि । हामीले पड्काउँदा उसले पनि दुई चार फायर गथ्र्यो । भेरिलाईट बाल्थ्यो सकिन्थ्यो । यस्तै चक्र चलिरहेको थियो ।
२०६० साल मंसिर ९ गते हामी एम्बुशको योजना बनाउन रामेछापको गजे डाँडामा पुग्यौं । प्राविधिक तयारीहरु ग¥यौं । माइनहरु बनायौं । हाते ग्रिनेडहरु बनायौं । हामीसँग भएका सबै हतियारहरु सफाइ ग¥यौं । त्यतिबेला हाम्रो कम्पनीमा लिडिङ उईपन (भिबमष्लन धभबउयल) को नाउँमा एउटा एस.एल.आर. मात्रै थियो । अन्य अटो हतियारहरु अर्को कमाण्डो एक्सनको लागि अन्यत्रै लगिएको थियो । मंसिर ९ गते राति दोरम्बा धारागाउँ भन्दा अलि माथि एम्बुश राखेर एउटा गुम्बामा खाना पकाउँदै थियौं । धारागाउँको डाँडामा आएर सेनाले एल.एम.जि. फायर ग¥यो । भेरिलाईटको सेलहरु हान्यो । तल दोरम्बा क्याम्पबाट माथि–माथि शैलुङ डाँडातिर ८१ एम.एम. मोर्टार सेलिङ ग¥यो । क. जमिन र क. कोशिशलाई एम्बुशमा राखेका थियौं । तर दुश्मन धारागाउँ भन्दा माथि आएन । त्यहाँबाट ब्यारेकतिरै फर्कियो । हामी पनि गुम्बाबाट निस्केर माथि खोलाखर्क बजारतिर लाग्यौं । त्यो ठाउँमा पहिलेदेखि नै सानो बजार थियो । केही पसल र जाँड भट्टिहरु थिए । हामी बजारमा एकछिन सुस्तायौं । भिडन्त गर्ने योजनाबारे थप सल्लाह ग¥यौं । हिउँ परेर अत्यन्तै चिसो थियो । तातो चिया पिउँदा पनि जाडो हराउन सकेन । जे भए पनि ब्यहोर्नै पथ्र्यो ।
केही चिउरा दालमोठ किन्यौं । त्यतिबेलाको हाम्रो प्रमुख खान्की नै चिउरा दालमोठ थियो । सबै जना अलआउट भएर पोजिशनमा बस्यौं । बिहान मिर्मिरे उज्यालो भयो । रातभरिको जाडोले सबैको हातगोडा सा¥है कठ्यांग्रिएको थियो । रगत जमेर नीलो भएको थियो । तैपनि हामी शैलुङ्को टुप्पोबाट फेरि तलतल झर्दै आयौं । ईन्टलिजेन्स परिचालन गरेर एम्बुश टोलीलाई चनाखो पारेर हामीले सबै टोलीलाई पोजिशनमा राख्यौं । कम्पनी कमान्डर क. निर्मलले निकै पहलकदमी लिए । सबै एसाल्ट टोलीलाई ठिक ठिक पोजिशनमा अलर्ट गराए । मैले पनि एउटा एसाल्ट कमान्डको जिम्मा लिएँ । किनकि राजनैतिक कमिशारहरुले पनि राजनीतिक र फौजी दुबै मोर्चा सम्हाल्न सक्ने क्षमता राख्नुपथ्र्यो त्यो बेला । नभए माताहतका योद्धाहरुले गफ मात्र छाँट्नेहरुलाई पत्याउँदैनथे । हाम्रो तर्फबाट ईन्टलीजेन्सहरुलाई पनि व्यापक रूपमा परिचालन गरेका थियौं । जब बिहानको एघार बज्न लागेको थियो तब मधुरो–मधुरो घाम लाग्न थाल्यो । त्यति नै बेला हाम्रो ईन्टलीजेन्स र ओ.पि. ग्रुपले दोरम्बा ब्यारेकबाट हामी भएतिर सेनाको टोली एल.एम.जि. पनि बोकेर बढ्दै आएको जानकारी दियो ।
त्यसपछि हामी थप सशक्त भएर सबै एसाल्ट ग्रुपहरू आ–आफ्नो पोजिशन लिएर बस्यौं । एम्बुश टोलीलाई पनि चनाखो हुन भन्यौं । नभन्दै साँढे एघार बजेतिर दुश्मन हाम्रो एम्बुश पोईन्टमा आईपुग्यो र साथीहरूले एम्बुश बिस्फोट गरे । माइनको आवाज धेरै ठूलो सुनियो । बिस्फोटमा परी एक जना सेना घाइते भए । थप फोर्स मगाएर घाइतेलाई ब्यारेकतिरै बोकेर लगे । बाँकी रहेकाहरु अन्धाधुन्ध फायरिङ गर्दै माथितिर उक्लन थाले । एल.एम.जि. र ईन्सासको अटो फायरलाई नै कभर बनाउँदै उनीहरू फायर एण्ड मूभको तरीकाले हामीतिर बढ्दै आए । हामी भन्दा माथि शैलुङ डाँडातिर ८१ एम. एम. पनि लगातार सेलिङ गर्न लागे । हामी उभिएको धर्ती निकै थर्किरहेको थियो । शैलुङको जङ्गल बम बारुदको धुवाँले कुहिरीमन्डल भयो । डाँफे, मुनाल, रानीचरी, मलेवा, चखेवा र विभिन्न चराचुरुङ्गीहरु उड्न लागे । मृग, घोरल, कस्तुरी, चौंरी गाइहहरु पनि तर्सिएर भाग्न लागे । शैलुङ्को टुप्पोमा रहेका लहरै उभिएका छ्योर्तेन नजिकैका लुङ्दारहरुले विजयको सन्देश दिंदै हामीलाई हात हल्लाईरहे । भिडन्त जारी नै रह्यो । हामीले रुख, ढुङ्गा, माटोको ढिस्को, डाँडो, खोल्सा, लहरा, पहराको प्राकृतिक आड लिंदै जवाफी फायर गरिरह्यौं । ठूलो भिडन्त जारी रह्यो । कुनै बाँच्ने ठेगान नभए जस्तो लाग्दै थियो । उनीहरू अझ आक्रामक रूपमा माथितिर फायरिङ गर्दै आए । अगाडि टू ईन्च मोर्टारको सेल पनि हान्दै आए । हामी हाईपोस्ट कब्जा गर्दै माथि चुट्टिमा आईपुग्यौं । चुट्टिमा आधा घण्टा जति त टिक्यौं । भीषण फायरिङ गरिरह्यौं । डि.सि.पि. सेल पनि हानीरह्यौं । तर उनीहरूको एकोहोरो फायरिङ्ले हामीलाई टिक्न दिएन । अनि आकाशमा फेरि हेलिकप्टरले फन्को लगाउन थाल्यो । सीमित हातहतियार र साहसले भिडन्त गरेको हाम्रो टोलीको साहस उच्च भए पनि युद्ध सामग्रीहरु, बुलेट, एम्युनेशनहरु सकिंदै गएकोले हामी रिट्रीट हुन बाध्य भयौं ।
त्यसपछि हामी त्यो शैलुङ डाँडाको चुट्टी छोडेर जब ओरालो लाग्यौं । दुश्मनले त्यो चुट्टी कब्जा ग¥यो । र हामीतिर निरन्तर फायरिङको वर्षा गरिरह्यो । टू ईन्च मोर्टारको सेल हानीरह्यो । टाउको माथि–माथि आकाशमा हेलिकप्टरले फन्का मारिरह्यो । हामीले हाम्रो फोर्सलाई एकत्रित गर्दै जङ्गलै जङ्गल हिंडेर बेलुकी रामेछाप जिल्लाको गौस्वारामा आएर सेल्टर लियौं । त्यो लडाइँमा सबै साथीहरू बहादुरीपूर्वक लडे । मेडिकलका बहिनीहरु क. कुमारी र क. लक्ष्मी पनि उच्च साहसकासाथ लडे । त्यसपछि हामीले भिडन्तको समीक्षा पनि ग¥यौं । भिडन्त ठूलो भए पनि हाम्रोतर्फ केही पनि क्षति भएन र आउने मोर्चाहरु अझ सशक्त ढंगले सम्हाल्ने प्रण ग¥यौं ।
त्यो भयानक भिडन्त जिन्दगीमा कहिल्यै पनि बिर्सन सक्दिन । स्मरण रहोस् अहिले आएर थाहा पाईयो कि त्यहाँ राजदलको फोर्स लगिएको रहेछ । तीन दिनको अप्रेसन भनेर लगिएको फोर्सलाई क्याम्प खडा गरेर राखिएको रहेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0