Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्रष्टा पदयात्रा डाँडापाखा हेर्ने रहर

प्रभातफेरी अनलाइन ३११६ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)
स्रष्टा पदयात्रा डाँडापाखा हेर्ने रहर

प्रदीप सापकोटा
पनौती–१, काभ्रे

 

मान्छेहरु विभिन्न उद्देश्यले प्रेरित भएर यात्रा गर्छन् । यो कुनै नौलो कुरा होइन । मानव सभ्यताको शुरुदेखि यात्राको प्रचलन चलिआएको छ । तर सबै यात्राले कृतिजन्माउँदैन । नेपाली साहित्यमा एक स्वतंत्र रुपले स्थापित बनेको विधा हो नियात्रा ।
केही स्रष्टाहरु हरेकमहिनाको पहिलो शुक्रवार पदयात्रामा निस्कन्छन् । यसै क्रममा काठमाडौं उपत्यका र यसको आसपासका विभिन्न ऐतिहासिक स्थल, गुम्बा, मन्दिर, तिर्थाटन, बनजंगल, डाँडापाखा लगायतका स्थानहरुमा पदयात्रा गरी त्यहाँ देखेका मनोरम दृष्य, ऐतिहासिक खोजविन गर्छन् र फुर्सदमा लेखवद्द गर्छन् । त्यसैको परिणाम ‘डाँडापाखा हेर्ने रहर’ जन्मन्छ ।
काठमाडौं आसपासको सबैभन्दा अग्लो स्थान फूलचोकी जुन ९ हजार तीन फीट अग्लो डाँडा हो त्यहाँदेखि सुन्दरीजलसम्मको यात्राको बर्णन छ । लाँकुरी भन्ज्याङ र शृङ्गिीऋषि देखि जनकपुरी छाता गरी २० वटा विभिन्न स्थानहरुको धार्मिक, ऐतिहासिक, प्राकृतिक लगायतका कुराहरु समेटिएको यो यात्रा संस्मरणमा १६ जना विभिन्न यात्रीहरुले आ–आफ्नो शैलीमा पस्केका यात्रा संस्मरणहरु मिठास युक्त छन् । गोदावरीको १२ बर्षे मेलादेखि शृङ्गीऋषिको बारेमा जानकारी पाउन सकिन्छ । काठमाडौं आसपासमा रहेका उपत्यका घेर्ने सबै डाँडाहरुको नाम र तिनको उचाई पनि यहाँ उल्लेख गरिएको छ । यसैगरी चन्द्रागिरि र भालेश्वरको ऐतिहासिक र साँस्कृतिक पक्षहरु समेत पुस्तकले जानकारी दिन्छ । शिवपूरी डाँडाको नाम कसरी रह्यो भन्ने इतिहासको बारेमा जान्न चाहानेको जिज्ञासा मेटाउन पुस्तक सहयोगी छ । यस्ता थुप्रै जानकारी यसमा पाइन्छ ।
पदयात्राको क्रममा देखिएका प्राकृतिक मनमोहक छटा, सौन्दर्यहरु, विभिन्न सुनिएका धार्मिक कहावतहरु र साँस्कृतिक जानकारीहरुले पुस्तक भरिएको छ । यसमा नियात्राकारहरुले निजात्मकता भरेका छन् । मिठासपूर्ण र रोचक छ यात्रा संस्मरण । स्रष्टाका भावना पोखिएका छन् यहाँ । यहाँ यात्राको बर्णन मात्र गरिएको छैन् । आफैं नायक बनेर लेखेका छन् स्रष्टाहरुले यहाँ । यात्राका प्रतिकूल र अनुकुल दुवै परिस्थितिहरुको वारेमा यहाँ शब्दहरु खिपिएको छ । सबैको आ आफ्नै विशेषता छ लेखनीमा ब्यक्तिपरक । यात्राको चित्रण बडो मिठो ढंगले गरिएको छ । विभिन्न ऐतिहासिक कुराहरुको तिथिमिति सहित उल्लेख गरिएको छ । प्राकृतिक कुराहरुको उचाई, दुरी लगायतको तथ्याङ्क नै पेश गरिएको छ । त्यसैले यस कृतिमा उल्लेख गरिएका कुराहरु विश्वासनिय लाग्छन् । सत्यको नजिक लाग्छन् । कुनै दृष्यले नियात्राकार खुशी भएका छन् । कुनै दृष्यमा दुःखी । कतै पाठकहरु रमाउँछन् पढेर । कतै ज्ञानवर्धक जानकारी पाउँछन् । नियात्राकारहरुले स्थानीय समाजको चित्रण गरेका छन् । भूगोल र मन्दिरहरुको जानकारी दिएका छन् ।
प्रायः स यात्रा संस्मरणहरु आत्मपरक नै देखिन्छन् । स्पष्ट भाषाशैली, मिठासपूर्ण शब्दहरुको प्रयोग, आपसमा गरिएका सम्बादहरु समावेश गरिएको साँच्चै पठनिय लाग्छ । नगरकोट सरर र टोखावाट तार्केश्वर कवितात्मक छ ।
पदयात्रा–२०७३, काठमाडौंले प्रकाशनमा ल्याएको यो कृतिको सम्पादन डिल्लिराज अर्यालले गरेका छन् । संस्कृतिविद, साहित्यकार शितलगिरी संयोजक रहेको यो साहित्यिक संस्थाले यस्तै पठनिय कृति अगाडी ल्याओस । शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0