Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छापामारको सासु आमा

प्रभातफेरी अनलाइन ६९२६ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
छापामारको सासु आमा

जानुका धमला “सन्ध्या”

मैले पेरुको इतिहास पढे तर छापामारको सासू आमाको इतिहास पढन पाइन । भियतनामको युद्ध र होची मिन्हको बारे पढे त्यो इतिहासमा पनि मैले हजारौं सासू आमाहरुको बिरताको इतिहास भियतनामी परिवर्तनको इतिहासमा पनि पढन पाइन । चिनिया कम्युनिष्ट पाटी र लाखौं जनमुक्ति सेनाका इतिहास पढे तर लाखौ जनमुक्ति सेना जन्माउने लाखौ सासू आमाहरूको कथा त्यहाँ पनि कहि उल्लेख भएको पाइएन । यहाँ म नेपालमा भएको १० बर्से जनयुद्धमा एउटा सशक्त नेपाली छापामारको सासू आमाको इतिहासलाई सम्झने प्रयास गर्दै छु ।
वर्तमानको धरातलमा उभिएर विगतलाई नियाल्छु युवा अवस्थामा जीवनका हजारौँ आरोह अबरोहहरुलाई पार गर्दै देश समाज परिवर्तनको लागि भनेर बन्दुक बोेकेको त्यो उमेर । त्यो कष्टकर दिन र आँधीहुरी सुनामीको लफकाहरुलाई सहज रुपमा पार गरेर यो अवस्थामा आउनको लागि निकै कठिन थियो नै । त्यो ज्वालामुखी विष्फोटन भएको बेला थियो जता टेकेपनि क्रान्तिको राप र तापको बिचको युद्ध मैदान नै थियो । त्यो आँधिमय दिनलाई सहजीकरण गरेर मलाई पाइला पाइलामा अगाडी बढ्न प्रोत्साहन गर्ने मेरो सासुआमा मैया थापा हुनुहुन्नथ्यो भने म हिजोको बिषम परिस्थितिसँग हारेर बीच बाटोमै थकित गलित हुने थिए कि त गद्दारको बिल्ला भिर्ने थिए । यो प्रश्न म आफुसँग पनि गर्छु । आज जहाँ छु त्यो स्वर्गीय सासु आमा अर्थात शसतm छापामारको सासुको देन हो । मैले बेथित गरेको समाजमा यस्ता सासु आमाहरु कमै हुन्छन र मैले यहाँ मेरो सासु आमाले मेरो लागि गर्नु भएको योगदानको चर्चा गरेको हुँ ।
युद्ध मैदान सजिलो छैन र हुँदैन पनि युद्ध सुनौलो सपना बोकेर आउने र भयंकर चित्कार छोडेर जाने समय रहेछ मेरो लागि पनि त्यही थियो र भयो आमा सँगको पहिलो भेटपछि एउटा प्रण त्यहिबेला गरेको थिए, दुनियाँको सारा मान्छे एकातिर र म एक्लो भएपनि अन्ययको विरुद्ध लड्ने छु वर्ग न्यायको लागि र कायरको विल्ला भिरेर युद्धबाट भाग्ने छैन् । त्यो वाचा त पुरा गरे मैंले । अहिलेको राजनितिक अवस्थाले मैले मलाई नै गर्ने प्रश्नले पनि अर्काे प्रश्न गर्छ ।
मेरो जीबन यात्रामा आउने सबै चुनौतीको साक्षी मेरो सासुआमा हुनुहुन्थ्यो । मेरा समस्याहरु निधक्क राख्थे आमाले खोजिदिनु भएको समाधान मेरो लागि सबै भन्दा राम्रो उपाय हुन्थ्यो । आजकाल हजारौँ चुनौती आएपनि एक्लै सामना गर्नुको बिकल्प छैन मसँग । मेरो प्राप्त गरेको साहस र आँट तपाईको देन हो आमा । काँचो माटो जस्तो थियो जीवन कहाँबाट आफुलाई पूर्ण बनाउन शुरु गर्ने केही थाहा थिएन । जीवन भोगाइको क्रममा पाइलैपिछ्छे ठेस लागेर पछारिदाँ पनि तिमी उठ्न सक्छ्यौ उठ भनेर तपाइँले प्रोत्साहन र हौसला नदिएको भए त्यो संर्घषपूर्ण र कहालीलाग्दो जीवनबाट म भागिसकेको हुन्थें वा त्यो यात्रालाई बीचैमा अरुले जस्तैगरी बिसर्जन गरिसकेको हुन्थें सायद । अहिले सँम्झदा त्यही आभास हुन्छ ।
जीवनमा परिवर्तनको बाटो रोजेको थिएँ । रोज्नु महत्वपूर्ण कुरा होइनरहेछ हरेक यात्रालाई गन्तव्यमा पु¥याउने कुराले खास अर्थ राख्दोरहेछ जीवनमा । त्यो यात्राको सारथीलाई बीचबाटोमा छोडेर अगाडि बढ्ने कुरापनि कम संघर्षपूर्ण थिएन मेरो लागि । जतिसुकै परिवर्तन भनेपनि पितृसत्तात्मक सोचको अवयबका अस्तित्व परिवर्तन गर्छु भन्नेहरुको ठाउँमा पनि थियो । कयौँ ठाउँमा एकल महिला भएको कारणले अपमान भोगेँ । कयौँ ठाउँमा निडर र साहसी भएर पनि अपमानित भएँ । यो सबै कुराले झन् स्पात बनायो आगामी दिनमा आउने हजारौ चुनौतिलाई सजिलै आत्मसाथ गरेर अगाडी बढ्ने साहस आँट प्रदान ग¥यो ।
तपाइँको मृत्यु भएको २ महिनापछि मात्रै थाहा पाएँ, । जब सुनेँ, मुर्छित भएछु किनकी उषा आनन्दको मृत्युको बेलाभन्दा फरक थियो यो समय । त्यो भएर पनि मन फुकाएर रुन पाएँ, चिच्चाएर रोएँ । चेतमा आउँदा सबैतिर अन्धकार थियो । पराईको देश दिनभरी काम गरेर जब ओछ्यानमा पुग्थें अर्धकल्चो आँखाका सपनाहरुमा जब तपाईसँग भेटेको हुन्थें अनि बेसरी ऐठन भएर ब्युँझिन्थें । निन्द्राबाट ब्युँझिदा हृदय भारी भएर बगेको नुनिलो आँसु आँखाको काप हुँदै सिरानी भिजेको पत्तै हुँदैनथ्यो । कयौँ रातहरु अझ पनि निन्द्राबिहिन हुन्छन् तपाइँको प्यार सम्झेर निदाउन सक्दिनँ ।
तपाईको मृत्युको सेरोफेरोमा मानसिक सन्तुलन गुमाएर कोमामा लडेको लाससरह जीवन व्यतित भएको थियो । एउटा जीवित मुर्दाले के नै गर्न सक्थें र ? निर्धक्क मन फुकाएर तपाइँको लासमा अंगालो हालेर रुनसमेत सकिनँ । तपाइँको अन्तिम इच्छा त्यही थियो चिहानसम्म पनि सँगै जाँउ जलेको मेरो शरिरबाट नयाँ उर्जा लिएर अर्को साहस र आँट बटुल जीवनको गन्तब्यलाई अझ मजबुत बनाउ । मलाई माफ गर्नुस् आमा जीवनमा तपाइँको सबै आदेशहरुलाई सिरोपर गरें । यही एउटा आदेश कहिल्यै पुरा गर्न सक्ने छैन म अब ।
संयोग कति अचम्मको छ जब तपाइँको पाउमा शिर राखेर बिदा भएको तपाईको छोरा आनन्द कहिल्यै तपाइँलाई भेट्न नसक्ने गरी परिवर्तनको लागि सहिद भयो । तपाइँ जस्तै आमाहरुको लागि सुनौलो उषा लिएर आउँछु भनेर बिदा भएकी तपाईकी छोरी उषा सातविसेको एउटा घरमा रातभरी बलत्कारपश्चात खोलाको बगरमा उभिनलगाएर सबैले देख्नेगरी गोलिहानी हत्या गरे शाहीसेनाले । आज पनि तपाईहरुको आभास उत्तिकै प्यारो छ मलाई । जब अप्ठेरा बाटोहरु अगाडी आउँछन निस्कन मुस्किल भएको बेलामा बाटो देखाइदिने तपाई मेरो समिपमा हुनुहुन्न ।
तपाई त्यही महान आमा हो जसले नेपालमा भएको १० वर्षे जनयुद्धको लागि आफ्नो प्राण भन्दा प्यारो छोरा छोरी गुमाउनुभयो । युद्ध र शान्तिकालमा घरीभरी आउने जनमुक्ति सेनाका सदस्य पार्टी कार्यकर्ता र नेतालाई दिनरात नभनी खाना पकाएर खान दिने आमा । आफ्नो सन्तानलाई परिवर्तनको बाटोमा जाउँ वर्गमुक्तिपछि मात्रै सबै जनताको मुक्ति हुन्छ भनेर शिक्षा दिने असल आमा । संकटकालको समयमा प्रत्येक रात आउने शाहीसेनाको लाठी, बुट, गाली खाने आमा । कहिले प्यारो छोरा सहिद भएको खबर त कहिले प्यारी छोरी सहिद भएको खबर सुनेर मुर्छित हुने आमा ।
छोरी उषाको सहादत भएको ८ महिना नपुग्दै छोरा आनन्दको पनि सहादत भएको थियो । जीवनमा कति र कस्तो मात्रै संघर्ष र पीडा भोग्नुपरेको थिएन र युद्धकालमा तपाइँले । जीउँदो म थिएँ तर तपाइँभन्दा कोसौँ टाढा । देशमा संकटकाल थियो । २०६० साल कार्तिक १३ गते संकटकालमा एउटा छापामार दुश्मनले आफ्नो सुरक्षाका लागि राखेको सयौँ चेकपोष्टहरु पार गर्दे उदयपुरबाट तपाइको समिपमा आइपुग्दै गर्दा मकवानपुरको भैसेमा भएको चेक जाँच सम्झन्छु जहाँ तपाईलाई भेटन आउँदा लगाउने एक सरो सिभल कपडा थिएन म सँग । कबिताकोे कुर्था सुलवाल मागेर लगाएर त्यो पनि सेतो रंगको थियो तपाईलाई त्यो कलर मन मरेन र तपाइले किनिदिनु भएको कलरफुल कुर्थाले मलाई सुहाएको थियो तपाईले भन्नु भएको । तपाईलाई मेरो रंगिन जीबन मन पथ्र्ये रंगहिन होइन तेसैले पनि बजारमा राम्रो लागेको कुर्था सलवार मेरो लागि किनेर राखिदिनु हुन्थ्यो मेरो लागि ।
बेलुकाको ७ बजे हामी नौबिसे झरयौ निष्पट अध्यारो भैसकेको थियो । यो बेला हामी ४ जना थियौ दिनेश म कैलास र अभय । संकटकाल सेना गस्तिमा निष्कियो हामी नौबिसेबाट झार्के तर्फ हिडयौ बाटोमा धार्के पुग्ने कुनै सवारी साधन चलेको थिएन । हिडेर धार्के पुग्यौ पुल तरेर जीबनपुर तर्फ उकालो लाग्दै गर्दा सेनाको गस्ती टोलीसँग भेट भयो ४ जना थियो बेलुका ८ बजीसकेको थियो एक जना छोरी मान्छे ३ जना पुरुषहरु सेनाले भेटयो भने के भन्ने भनेर हामीले अधिल्लो दिन नै सल्लाह गरेका थियौ के के कुरा भन्ने भनेर । उनीहरुको कडा चेकजाँच गरे उनीहरुले पत्याएन कैलास तेतीखेर व्रिगेड कार्यालयको एकाउण्टेन बिभागमा हुनुहुन्थ्यो उहाँले झोला बाट एकाउटेन सम्बन्धी सबै फाइल देखाउनु भयो र हामी एउटा ल्न्य काम गर्ने र घर जीबनपुर भएको बताए पछि उनीहरुले छोडिदिए यहाँ बाँचियो अब यो रात हामी मर्देनौ भन्ने कुराको निश्चित भयो आधा घन्टा उकालो हिडेपुछि हामी जीबनपुरको नजिकै गाँउमा गएर बास माग्यौ हामी ल्न्इ को कामले काठमाण्डौ बाट आएकोे बाटोमा गाडी व्रिगिएको कारण ढिला भयो भने पछि घरको दाईले ढोका खोली दिनु भयो दिदिले डराउदै भन्नु भयो अहिले भर्खर सेना यही बाटो गएको छ हामीलाई मार्ने हो की ? तपाईहरु माओवादी पो हो की ? यहाँ पनि माओवादी होइन भन्नको लागि कैलासले फेरी त्यही कागजपत्र देखाउनु भयो र विश्वस्त पारयौ हामी माओवादी होइनौ भनेर हामी पैसा दिन्छौ खाना बनाई दिनुस भने पछि दिदिले खाना बनाइदिनु भयो एक हजार रुपैया दियौ । खाना खाएर सुते एक रात एक दिनको थकाई भुसुक्कै निदाए । बिहान ४ बजे उठेर हिडने तरखर गरयौ घरपेटी दाईले भन्नु भयो जीबनपुरको डाँडा भरी सेना छ ख्याल गरेर जानुहोला । हामी केबलपुरको बाटो सोझाएर गयौ । हामी चाउथे पुगे पछि भने सुरक्षित अनुभुति गरयौ त्यहाँ दिनेको घर थियो । खाना खाएर एक रात बस्यौ भोलिपल्ट हामी आनन्दको घरमा पुग्ने उदेश्यका साथ हिडयौ । सिस्नेरी डाँडो जंगल पार गरेर हामी सिस्नेरी खोलामा पुग्यौ त्यहाँ पुग्दा बिहानको ८ बजेको थियो हामी रानीपौवासम्म बसमा जाने र चतुराले थानसिंग हँुदै सिलामे पुग्ने हाम्रो उदेश्य थियो बस आउन ढिला गरयो हामी ९ बजेसम्म बसलाई पर्खियौ नआए पछि जंगलको बाटो हिडन मात्रै के लागेका थियौ ३५ किलोमा बसको हर्न बज्यो हेरेको त बाराही मन्दिरबाट सेनाहरु गस्तीमा तेही गाडी प्रयोग गरेर आएका रहेछन हामी ४ जना कोदो बारीमा लुक्यौ सेना गैसके पछि हामी फेरि हिडन शुरु गरयौ हामी चतुराले पुग्यौ र स्थानिय मानिसहरुलाई सोध्यौ सेनाहरु गस्तिमा आएका छन ? यता त छैन थानसिंग बुढीसेरा तिर आएको छ रे । हामी छहरे पुगेका थियौ कविलास भेडाबारीबाट सेनाहरु झर्दे गरेको देख्यौ अव कहाँ जाने त्यो बेला हामी लामो दुरीको हतियारको किलिग रेन्ज भित्र परिसकेका थियौ अभयको घर छहरेमा थियो छोटो समयको भेटघाट पछि हामी छहरेबाट काठमाण्डौ जाने बसले हरन बजाउदै थियो हामी तेही बसमा चढयौ र भन्यौ हामी काठमाण्डौ जाने हो । ढलान घरमा पुगेर गाडी रोकियो हामी ओर्लियौ र शिवालयमा पनि सेनाले खाना पकाएर खादै गरेको दुश्य देखियो । हामी सुन्दरा देवी खोलेगाँउ हुँदै घरमा पुग्यौ ।
जब तपाईको समिपमा पुगे तपाइको कमजोर शारीरिक अवस्थामा थियो छोराछोरीको वियोगमा थलिएको तपाईको शरीर ओछ्यानबाट उठ्न नसकेर थला पर्नुभएको थियो । तपाईको शरिरमा भएको घाउबाट रगत मिश्रित पानी बगिरहेको थियो । यी सबै परिदृश्यले चिच्चाएर रोए तर तपाई यो अवस्थामा पनि मलाई क्रान्तिबाट बिचलीत नहुनको लागी भनिरहनुभएको थियो तिमी कमजोर भयौ भने शहिदको सपना पुरा हुँदैन । आँखा अगाडी घुमिरहेका छन अझै पनि यस्ता दुश्य बचनहरु । यति कष्ट भोगेर तपाईले मलाई त्यो प्रेरणा माया र म माथिको तपाईको भरोसा कति महान थियो त्यो आज पनि उतिकै महत्वपुर्ण छ । हजारौँ आमाहरुको काख रित्तिएर आएको गणतन्त्रमा तर फेरी सामन्ती भालेहरुकै राज चलेको छ । यति कष्टकर परिस्थितिमा पनि तपाईले दिनुभएको सान्तवनाले जीवनमा अर्को उर्जा मिल्थ्यो । तपाइँले दिनुभएको जिम्मेवारी त मैले पुरा गरें आमा अन्तिम मोर्चासम्म लडेर विजय हासिल गरें तर तपाईलाई गुमाएर मैले प्राप्त गरेको विजयमा म खुशी छैन ।
मुटु टुक्रा टुक्राजस्ता छोराछोरी सहिद भएपछि तपाई शारीरिक हिसाबले निकै कमजोर हुनुहुन्थो । रोगले तपाईलाई सताउदै गयो । पहिला पहिला खुब क्रान्तिकारी बनेर तपाईको छोराछोरीको सपना हामी पुरा गर्छौं भनेर घरमा आउनेहरु पनि शान्ति प्रकियापछि त शहरको झिलिमिलीमा रमाउन पुगे । तपाईको छोराछोरीको वलिदानमा आएको गणतन्त्रमा नोकरशाही पुँजीपतिकोजस्तो तामझामका साथ जीवनयापन गर्न थाले । त्यो कुराले तपाईलाई झन् दुखित बनायो । आफ्नो छोराछोरीको रगतमाथि भएको अपमानले पनि साह्रै पीडा दिन्थ्यो । आन्दोलनको शुरु गर्दा के वाचा गरेर जनताको छोराछोरीलाई युद्धमा जान प्रेरित गरे ? तर अहिले हामी जस्तै छोराछोरी गुमाएका परिवारहरुको अवस्था देखेर निकै दुखी हुनुहुन्थ्यो ।
संकटकालको बेलामा घरमा लुक्न आउने नेताहरु महिनौंसम्म भूमिगत भएर बुँइगलमा बसेर दिसापिसाब फाल्ने आमाहरुको कथा हो । यस्ता आमाबाबाहरुलाई यो अवस्थामा आएर सम्झन्छन् त कसैले ? सम्झदैनन् अब । माओवादीका नेताहरु अहिले झण्डावाला गाडीमा घरै नजिकबाट धुलो उडाउँदै हुँइकिन्छन् तर न सहिद परिवारलाई चिन्छन् न हिजोको विषम परिस्थितिमा उनीहरुको जीवन रक्षा गरिदिने जनतालाई नै
मेरो घर मेरो लागि विश्वबिद्ययालय हो । अहिले पनि म मेरो विश्वविद्यालयमा जान्छु तपाई बसेको घरभन्दा ठुलो विश्वविद्यालय अहिलेसम्म भेटेको छैन र तपाई जस्तो असल गुरु पनि । गेट नजिक पुग्छु घरमा तपाईको बास्ना छैन आजकाल । अनि मलाई चोटा बुइगलसम्म पुग्ने आँट पनि आउँदैन तपाईको सामीप्यता नै छैन त्यहाँ । तपाइँले राख्ने प्रत्येक धोक्राहरुमा हुने बदाम, मास, भटमास, तिल, बोडी, मस्याङ, अनदीको चामल, गुन्द्रक सिलाम अनि खाटमुनि राखेको हाडे सखर पनि छैन् । घरमा यो सबै खानेकुरा मेरोलागि तपाईले सुरक्षीत राखिदिनु हुन्थ्यो । जब तपाइँलाई मेरो न्यास्रो लाग्थ्यो आँगनको डिलमा बसेर मलाई फोन गर्ने नोकिया मोबाइल पनि छैन । आँगनमा टेक्नेबित्तिकै मसँग जुध्न आउने सिंगारी बाख्रीको छोराछोरी पनि आउँदैनन् आजकाल । बिहानीको संकेत गर्ने रातो भाले पनि बास्दैन । अनि काली कुखुरीको चल्लाहरु पनि चिः चिः गर्दैनन ।
म जहाँ छु त्यो सबै तपाइँको देन हो आमा । हाम्रो जस्तो विभेदकारी समाजमा पनि मैंले कहिल्यै पनि बुहारीको आभास गर्न परेन तपाईबाट । जब तपाईले स्वतन्त्र चराजस्तै कोसौँसम्म उड्ने पखेटा बनाइदिनुभयो र स्वतन्त्रतापूर्वक आकाशमा उडेर जीवनका हरेक चुनौतीलाई सामना गर्न सक्ने सामर्थ्य राखें । यदि तपाईबाट असल शिक्षा पाएको थिइँन भने आज आफ्नो मेहनत परिश्रममा रमाउने हैसियत पनि राख्दिनथिएँ । काँचो माटोलाई पूर्ण आकार दिने हैसियत प्रदान त गरीदिनु भयो तर तपाइको भौतिक शरिरले यो कुरा देख्न पाएन । भौतिक रुपमा मात्रै म तपाईबाट छुट्टिएको हुँला तपाइँको आत्माले अझ पनि मलाई कहीँबाट निर्देशित गरिरहेको छ जस्तो लाग्छ । जीवन सफलताको खुड्किलो चढ्दै गर्दा समाउने तपाइँको हात भैदिएको भए कति सुन्दर हुन्थ्यो होला मेरा आगामी यात्राहरु । जब मसँग दुख मात्रै थियो तपाइँ मेरो साथमा हुनुहुन्थ्यो हरेक चुनौतीको सामना गर्ने आँट प्रदान गर्नुहुन्थ्यो जब चुनौती सामना गर्न सक्ने भए तपाइँ हुनुहुन्न । चुनौति सामाना गर्न तपाईले दिनु भएको उर्जालाई सधै आत्मसाथ गरेर अगाडि बढन सकौं । मेरो सासु आमाको योगदानलाई त मैले लेखे यदि तपाईहरु सँग पनि यस्तै सासु आमाहरुको इतिहास छ भने लेख्नु होला ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0