Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला निर्वाचन कार्यालयमा नचिताएको भीड, राजनीतिक दलको सुझबुझमा कमी

प्रभातफेरी अनलाइन २३९४ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ६, मंगलबार (४ साल अघि)
जिल्ला निर्वाचन कार्यालयमा नचिताएको भीड, राजनीतिक दलको सुझबुझमा कमी

काभ्रे । फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य निरन्तर गरिरहेको जिल्ला निर्वाचन कार्यालयलाई अहिले भ्याईनभ्याई भएको छ ।
उसले आफ्नो नियमित कार्य जिल्लामा बसेर गरिरहेको छ भने जिल्लाका १३ वटै पालिकामा क्रमशः मतदाता नामावली संकलन टोली खटाइरहेको छ । यति हुँदाहुँदै पनि केही दिनदेखि सदरमुकाममा रहेको कार्यालयमा मतदाताहरुको चाप ह्वात्तै बढेको छ । सो सम्बन्धमा जिल्ला निर्वाचन अधिकृत उमेशकुमार राईको कथन छ– राजनीतिक दलहरुको सुझबुझ नभएकै कारण एकाएक चाप बढेको हो । आजै समय सकिने, भोलि नै समय सकिने भनेर आफ्ना कार्यकर्ताहरुलाई सशंकित बनाएर सदरमुकाम पठाउने कार्य राजनीतिक दलहरुबाट भएको मतदाताहरुकै मुखबाट आफूले सुनेको स्मरण गराउनुहुँदै यसले समस्या सिर्जना भएको छ । अहिले प्रशासनिक कार्यका लागि चालकदेखि आफू समेत दिनभरि खटिएर अनलाइन इन्ट्री गर्ने काम गरिरहेको अधिकृत राईको गुनासो छ ।
अधिकृत राईका अनुसार दैनिक अहिले २ सयदेखि ३ सयसम्म मतदाताहरु आफ्नो फोटो खिचाउन मतदान केन्द्र ठाउँसारी गर्न आउने गरेको बताउनुभएको छ । यसले पालिकामा खटिएका टोलीहरुलाई भने कामको चाप कम देखिएता पनि सदरमुकाम भने समस्या सिर्जना भएको अधिकृत राईले चिन्ता व्यक्त गर्नुभएको छ । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नसम्झाउने हो भने यसले समस्या ल्याउन सक्ने दाबी समेत अधिकृत राईले व्यक्त गरेका छन् । चुनाव घोषणा नभएसम्म फोटो सहितको मतदाता नामावली संकलन निरन्तर रहने भएको हुँदा मतदाताहरुलाई यस किसिमको भिडभाड नगर्न अधिकृत राईको आग्रह छ ।
एकाएक सेवाग्राहीहरुको चाप एकातिर बढेको छ भने अर्काेतर्फ ओमिक्रोन भाइरसको संक्रमण बढ्ने त होइन भन्ने चिन्ताले ग्रसित हुनुपर्ने अवस्था आएको छ । त्यसैले मतदाताहरुलाई संयमता अपनाउन अधिकृत राईले आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0