Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रासायनिक मलको हाहाकार न्यूनिकरणका लागि यो सम्झौता अनुकरणीय रहनेछ ः मन्त्री यादव

प्रभातफेरी अनलाइन २६५२ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (४ साल अघि)
रासायनिक मलको हाहाकार न्यूनिकरणका लागि यो सम्झौता अनुकरणीय रहनेछ ः मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय महेन्द्र राय यादवले वर्षाैंदेखिको नेपाली किसानहरुको पिडाको रुपमा रहेको रासायनिक मलको हाहाकार अन्त्य हुने बताउनुभएको छ ।
सदियौं देखि स्थापित सम्बन्ध घनिष्ठ र बहुआयामिक रहेको बताउदै मन्त्री यादवले भन्नुभयो, एक अर्कासंग राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक संलग्नताहरु स्पष्ट रहेको र सो ऐतिहासिक सम्बन्धलाई औपचारिक रुपमा दुई देशले १७ जुन १९४७ मा कुटनीतिक सम्बन्ध स्थापना गरि यसलाई थप बलियो बनाउने बाटो तय गरेको समेत उहाँले व्यक्त गर्नुभयो ।
दुई देशका सरकार प्रमुखहरुको विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरु
र अन्तरसम्वाद दुई देशबीचको विशेषता हो । साथै त्यस्ता भ्रमणहरुले दुई देशबिचको सद्भाव, विश्वास, समझदारी र सहयोगलाई प्रवद्र्धन गर्न मद्दत गर्नुका साथै परिपक्व तथा व्यवहारिक आधार प्रदान गरि आजको यो सहमतिले नेपाल भारतबीचको सम्बन्धलाई थप सुदृढ गरेको मन्त्री यादवले खुलासा समेत गर्नुभएको थियो ।
सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित उक्त भर्चुअल कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री यादवले नेपाल र भारत बिच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको बताउनुभएको छ ।
नेपाल सरकार र भारत सरकारबीच आगामी पाँच वर्षका लागि भएको सम्झौता सम्बन्धमा आफ्नो छोटो प्रतिक्रिया दिने क्रममा उक्त भनाई राख्नुभएको हो । कार्यक्रममा भारतको रसायन तथा मलखाद मन्त्रालयका सचिव चतुर्वेदी र कृषि मन्त्रालयका सचिव शर्माले नेपाल भारत सम्वन्धका विभिन्न आयामहरु वारे प्रकाश पार्दै यस समझदारीले दुइ देशको परस्पर सम्बन्ध थप प्रगाढ गर्न मद्दत मिल्ने विचार व्यक्त गर्नुभएको थियो ।
मन्त्रालयका सह–सचिव एवं प्रवक्ता समेत रहेका प्रकाश कुमार सन्जेलद्वारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार, समझदारी पत्रमा नेपाल सरकारको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र भारत सरकारको तर्फवाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको पनि उपस्थिती रहेको थियो ।
समझदारी पत्र अनुसार भारत सरकारले ५ वर्षका लागि नेपाल सरकारलाई युरिया र डिएपी मल क्ष्mउयचत एबचष्तथ एचष्अभ (क्ष्एए) मा उपलब्ध गराउने भएको छ । आ. व २०७८÷०७९ मा युरिया १ लाख र डिएपि ५० हजार मेट्रीक टन, आ. व २०७९÷०८० मा युरिया १ लाख १० हजार र डिएपि ६० हजार मेट्रीक टन, आ. व २०८०÷०८१ मा युरिया १ लाख १५ हजार र डिएपि ८० हजार मेट्रीक टन, आ. व २०८१÷०८२ मा युरिया १ लाख २० हजार र डिएपि ९० हजार मेट्रीक टन र आ. व २०८२÷०८३ मा युरिया १ लाख २० हजार र डिएपि ९० हजार मेट्रीक टन रासायनिक मल आयात हुनेछ ।
समझदारीमा उल्लेख भए बमोजिम दुवै देशको तर्फबाट संयुक्त संचालन समिति गठन गरि रासायनिक मल आपूर्तिका लागि छिट्टै प्रक्रिया शुरु गरिने दुवै पक्षवाट जानकारी गराइएको कृषि मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्तीमा भनिएको छ– रासायनिक मल आपूर्ति सम्बन्धमा नेपाल सरकार र भारत सरकारवीच आगामी पाँच वर्षका लागि सरकार देखि सरकार विधिवाट रासायनिक मल खरिदका लागि समझदारी पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री यादवको समुपस्थितिमा भर्चुअल विधिवाट हस्ताक्षर तथा समझदारी पत्र आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0