Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुचित लोभका कारण धर्म निरपेक्षता लादिएको हो ः पूर्व न्यायाधिश पराजुली

प्रभातफेरी अनलाइन ४७२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (३ साल अघि)
अनुचित लोभका कारण धर्म निरपेक्षता लादिएको हो ः पूर्व न्यायाधिश पराजुली

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले नेपाल हिन्दु राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउनु हँुदै आफ्नो अस्तित्व जोगाउनका लागि पनि यस अभियानमा जोडिनुपर्छ भन्नुभयो । राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रन्याले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षतालाई जबर्जस्ती अंगालेको आरोप लगाउनुभएको छ ।
कार्यक्रमको क्रममा साहित्य परिचय गराउँदै अभियानका सदस्य देवेश झाद्वारा गत साउन महिना देखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरणबारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको बताइएको छ ।
यसैगरी पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले धर्मविहिन राष्ट्र हुन सक्दैन बताउँदै प्राचीनकाल देखि नै नेपाल एक वैदिक सनातन हिन्दु राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुन लाग्यो भने पुरानै अवस्थामा ल्याउन सबै हिन्दुहरूले आ–आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली सेनाको अवकाश प्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दु राष्ट्रको रुपमा रहँदा संसारभरका हिन्दूहरूको तिर्थस्थल रहने बताउनुभएको छ ।
समापन मन्तव्य दिदै कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्रीले अभियानलाई ६६ जिल्ला सम्म पु¥याइएको चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दु राष्ट्र नेपालमा शासन पद्धति जुनसुकै भएपनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
अभियानका सदस्य प्रल्हाद रेग्मीद्वारा सञ्चालित उक्त कार्यक्रममा सामूहिक साहित्य विमोचन र ऋतु लामाद्वारा एकल गायन प्रस्तुत गरिएको थियो । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउँदै इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनाद्वारा राख्नुभएको छ भने साहित्य परिचय अभियानका सदस्य देवेश झाले गराउनुभएको छ । कार्यक्रम संयोजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गर्नुभएको छ ।
आफ्नो स्वास्थ्य जटिलताका कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको सन्देश पढेर सुनाउनु भएको छ । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देश मार्फत हिन्दु राष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमानसँग जोडिएको विचार व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0