Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिर्जनशील व्यक्तित्व ः मोहन दुवाल

प्रभातफेरी अनलाइन ९३८ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (३ साल अघि)
सिर्जनशील व्यक्तित्व ः मोहन दुवाल

प्रेमविनोद नन्दन
नारायणगढ, चितवन
(गीतकार/कवि)

नेपाली भाषा साहित्यमा निरन्तर लागिरहने, साहित्यलाई जनमुखी बनाउन, जनचेतनाको सशक्त माध्यम बनाउन स्वयम् उदाहरण बन्न अग्रभूमिकाको निर्वाह गर्दै यस फाँटमा लाग्न प्रेरणा दिन घचघच्याइरहने, कोट्याइरहने, नयाँ प्रतिभाहरु प्रस्फुटन गराउन हौसला दिइरहने एक व्यक्तित्वको नाम हो – मोहन दुवाल ।


व्यक्ति एक हुन् र पनि त्यो व्यक्तित्व विविधताको जुन व्यापकतातिर अग्रमामी छ, त्यसले व्यक्ति–प्रतिभाको शुभ सङ्केत गर्दछ ।
संवत् २०२० सालतिर ‘मेरो सपना’ को कविताबाट साहित्यमा पदार्पण गर्ने कवि दुवाल क्रमशः कवि, आलोचक, लेखक, जीवनीकार हुँदै कुशल सम्पादकसम्मको निरन्तरता उनको सफल साहित्य–यात्राका प्रतीक बनेका छन् ।
‘जनमत’ पाक्षिकदेखि ‘जनमत’ साहित्यप्रधान मासिक पत्रिका त दुवालका पर्याय भएका छन् । यद्यपि बिगुल, उत्साह, भञ्ज्याङ, भुजङ्ग, विद्यालय स्मारिका, अठोट, सङ्गम जस्ता आधा दर्जन भन्दा बढी साहित्यिक पत्रिकाको सम्पादनमा दुवालको विशेष योगदान रहेको छ ।
शिक्षण सेवा, पत्रकारिता, सामाजिक सेवा, राजनीतिक सेवा र अनुभवको खलिखेल्दै आएका एक सङ्घर्षशील, कर्मठ योद्धाको रुपमा पनि दुवाल उत्तिकै विशिष्ट छन् ।
उमेरले आधा शताब्दी नाघिसकेका तर आफ्नो उद्देश्य र लक्ष्यप्राप्तिको दुष्कर मार्गमा भने आज पनि उत्साहित युवा जाँगरको परिचायक बनेका छन् ।
“जीवन निरन्तर खोलाझैं बहनु हो
जीवन निष्ठा र विश्वासझैं फुल्नु हो ।”
यो हो कवि दुवालको जीवनप्रतिको दृष्टिकोण । जीवनमात्रको जिजीविषा जीवन्त रहनु हो । नित्य, निरन्तर अनेक यात्राका ठेस ठक्करसित सिँगौरी खेल्दै गतिमान भएर बगिरहनु साँच्चिकै जीवन्तता हो । विश्वास ओइलाउन थालेपछि जीवन सानै हुरीबतासमा पनि अत्तालिन्छ । त्यसैले निष्ठा र विश्वासको फूल फुल्नु भनेको जीवनलाई मुत्युबाट बचाइराख्ने अमोघ उपाय हो ।
“मानवीय प्रवृत्तिहरुलाई कवितामा समेट्ने प्रयास गर्दै छु । साहित्यिक अनुभूतिहरु लेख्छु । साहित्यिक पत्रिका निकाल्छु । गोष्ठी धाउँछु । कार्यक्रमहरु आयोजना गर्छु । साहित्यिक छलफल चलाउँछु । अनुभव सँगाल्छु । बचेको समयमा परिवार सोच्छु ।” यो उक्ति साहित्य साधक दुवालको हो । यसबाट के स्पष्ट हुन्छ भने दुवाल साधनारत तपस्वी हो । विना त्याग र तपस्याले साहित्य सिर्जनामा निरन्तरता सम्भव हुँदैन । स्रष्टा दुवालको दैनन्दिनी माथि भनिएझैं साहित्य सेवातिर उन्मुख छ । ‘जीवन नै कविता हो’ भन्ने मूल मन्त्र लिएका दुवालबाट हामीले अनुसरण गर्नैपर्छ । क्षणिक आवेशमा कवि, कलाकार बन्ने रहरहरु आउँछन् र जाँदै हराउँछन् । समर्पित व्यक्तित्वहरु नै साहित्यिक इतिहासमा अमर रहन्छन् ।
साहित्यिक सेवाको सम्मान गर्ने, पुरस्कृत र अभिनन्दन गर्ने परम्पराहरुले साधकहरुलाई अरु बढी साधनारत हुन प्रेरणा थपिन्छ । कवि दुवाल पनि दानमाया प्रतिभा पुरस्कार (२०५२), प्रेस काउन्सिल पुरस्कार (२०५३), जि.वि.स. काभ्रेको उत्कृष्ट पुरस्कार (२०५३), साहित्य सन्ध्या पुरस्कार (२०५५) का साथै चितवन साहित्य परिषद्द्वारा सञ्चालित ‘कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार’ (२०५६) बाट पुरस्कृत र सम्मानित भइसकेका छन् । नेपाली वाङ्मयसेवीहरुको सम्मान गर्नु राष्ट्रकै सम्मान गर्नु हो र यस्ता बहुमुखी प्रतिभाहरुको सम्मानले राष्ट्रकै शिर उचालिन्छ ।
सुनकोसी साहित्य प्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ, युद्धप्रसाद मिश्र प्रकाशन गुठी, व्यथित सिन्धु प्रतिभा सम्मान कोष, काभ्रेली साहित्यिक सङ्गम, प्रतिभा सम्मान प्रबन्ध गुठी, बनेपा, साहित्यिक सम्पादक समाज, नेपाल बालसाहित्य समाज, काभ्रे बहुमुखी क्याम्पस, केदारनाथ प्रधान स्मृति तथा प्रकाशन समिति आदि संस्थाहरुमा संलग्न रहेर पनि साहित्य साधनामा निरन्तरता दिन सक्नु आफैंमा अद्भूत क्षमता रहेको प्रमाणित हुन्छ ।
वि.सं. २००६ साल जेठ २१ गते पिता गणेशबहादुर दुवाल र माता खिलकुमारी दुवालबाट काभ्रे जिल्लाको बनेपा–७, भोलाखाटोलमा जन्म लिएका कवि दुवालको पारिवारिक प्रेरणा पनि आश्चर्य लाग्दो छ । उहाँकी श्रीमती भारती श्रेष्ठ ‘जनमत’ की सम्पादिका र छोरी सिर्जना दुवाल कवयित्री हुनु साहित्यिक परिवेशकै प्रेरणा मान्नुपर्दछ । उनको यो पारिवारिक जीवनले नेपाली भाषा साहित्यमा थप बल दिनेछ र कवि दुवालको अभीष्ट पूरा गराउन हौसला थपिनेछ ।
अन्तमा यो संक्षिप्त परिचय कविकै वाणी टिपेर पूरा गर्न चाहन्छु–
कविता मेरो जीवन हो
जीवन नै कविता हो
त्यसैले म कवितामा जीवन देख्छु
म जीवनमा कविता बोक्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0