कृष्ण कुमार थापा मगर
अध्यक्ष, काभ्रे चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ
बाआमाको चाहना राष्ट्र सेवक सैनिक बनाउने थियो तर आफू समयले शिक्षक बन्न पुगें । सुन्दा अचम्म लाग्न सक्छ, पारिवारिक पृष्ठभूमि देखि सबै पक्ष केलाउन हो भने यो सम्भव थियो ! बिडम्बना ! कहिलेकाहिँ नसोचेका परिदृश्यहरु देख्न पाइन्छ । मैले त भन्नैपर्दा आफूले सायद आज यो फाँटमा यो दखल राख्छु भन्ने परिकल्पना पनि गरेको थिइनँ तर भोगिरहेछु ।
खेलकुद आफैंमा एउटा स्वास्थ्यको लागि उदाहरणीय पक्ष हो । जो खेलकुदसँग जोडिएको हुन्छ, उसको स्वास्थ्य स्वभाविक रुपमा सर्वसाधारण नागरिकको भन्दा फरक नै हुन्छ । त्यसमा पनि “चान हुन” सँग आबद्ध रहेका जो कोहि आफ्नो स्वास्थ्यको सवालमा मात्र नभई आत्मसुरक्षाको हिसाबले पनि सक्षम रहेको खेलमा आबद्ध युवा पिढिँको शारीरिक बनौटले पुष्टि गरेको छ । हो, यही संस्थासँग आफ्नो जीवन खोजिरहेका पात्र हुन् कृष्ण कुमार थापा मगर ।
२०४७ पौष १७ मा आमा पम्फा थापा मगर र पिता जित बहादुर थापा मगरका माइलो सन्तानको रुपमा यस धर्तीमा पाइला टेकेका कृष्णले धुलिखेलको मात्र नभई सिंगो जिल्लाको खेलकुद क्षेत्रमा प्रतिष्ठा उच्च राख्ने काम गर्दै आएको उहाँका सामाजिक गतिविधिले पुष्टी गरिरहेको छ ।
आफ्नो परिवारमा पाँचौं दाजुभाई दिदीबहिनीको बिचमा आफूलाई खोज्दा नपाएको विषयवस्तुलाई खोतल्ने जमर्काे गर्दागर्दै चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघमा आबद्ध हुन पुगे र आफ्नै प्रयासमा युवाहरुलाई समेट्दै काभ्रे चान हुन अन्तर्राष्ट्रिय तेक्वाक्दो संघ २०७५ वैशाख २७ मा स्थापना गरेर काभ्रेली युवाहरुलाई खेलकुदको क्षेत्रमा आकर्षकको एउटा गन्तव्य नै सिर्जना गराउन सफल पात्रको रुपमा कृष्णलाई काभ्रेलीले लिने गरेका छन्् । जो खेलकुदको क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उतिकै आकर्षित व्यक्तित्वको रुपमा आफूलाई उभ्याउँदैनन्, समर्पित हुन पनि पछि पर्दैन ।
यस्तै प्रतिभावान् र काभ्रेली गहनाको रुपमा स्थापित कृष्णकुमार थापा मगरसँग खेलकुद लगायतका समसामयिक विषयमा रहेर गरिएका भलाकुसारीका केही सम्पादित अंशहरु युवाहरुका लागि प्रेरणाको स्रोत हुनेछ भन्ने विश्वासका साथ पस्कने जमर्काे गरेका छौं । सं.
के गर्दै हुनुहुन्छ ?
के गर्नु, जीवनका गोरेटाहरुमा आइपर्ने समस्याहरुलाई समाधान गर्ने एउटा माध्यमलाई पछ्याउँदै छु । १०–५ ड्युटि गर्छु । अरु समय चान हुन संघमा हातेमालो गरेर अगाडि बढिरहेको छु । यसैमा मैले आफ्नो जीवन पाइरहेको छु ।
हजुरको बाल्यकाल कसरि बित्यो ?
नागरितामा जन्म मिति २०४७।०९।१७ भएता पनि मेरो वास्तविक जन्म २०५०।०९।१७ मा बाबा जित बहादुर थापा मगर र आमा पम्फा थापा मगरबाट भएको हो । मध्यम परिवारमा हुर्केको म बाल्यकाल सुखद नै थियो भन्नुपर्छ । कक्षा ८ पुरा भएपछि मलाई घरबाट आर्मीमा जान कर गर्नुभयो उमेर पुगेको थिएन तेहि कारण ३ वर्ष उमेर बढाएर नागरिकता बनाउनु प¥यो । यसरी सुख दुख गर्दे सञ्जीवनी नमुना मा.बि बाट एस.एल.सी दिए प्रथम श्रेणीमा पास भएछु । मेरो इच्छा सानै देखि जागिर खान मन भएकोले एस.एल.सी दिए लगतै भकुण्डे स्थित बुद्घ एकेडेमिमा पढाउन सुरु गरें । बिहान पढन कलेज जान्थें दिउँसो पढाउन स्कुल । स्कुल सकेर फेरि बेलुकी ५ बजेबाट तेकवान्दो तालिम गराउनु पथ्र्यो र बेलुकी ७ बजे मात्र घर पुग्थे । बाल्यकाल यसरी नै चलेको थियो ।
कति सालमा तेक्वानदो खेलमा लाग्नु भयो ?
आज भन्दा करिब १४ वर्ष अगाडी अर्थात २०६२ सालमा यस तेक्वान्दो खेलमा लागेको थिए ।
तपाईंको शिक्षादीक्षा कुन विद्यालयबाट शुरु गर्नुभयो र अहिले कुन अवस्थामा छ ?
मैले मेरो शिक्षा मेरै गाँउको बिद्यालय श्री पञ्च कन्या नि.मा.वि बाट सुरु गरे र ३ सम्म पढे बिचमा धेरै बिद्यालय परिवर्तन गरे । बिचमा परिवर्तन गरेको बिद्यालय मध्ये काठमाण्डौमा रहेको शिद्देश्वर मा.बि.को चाहि अझै याद आई रहन्छ । कक्षा ८ देखि सञ्जीवनी नमुना मा.बि धुलिखेलमा अध्ययन गरे एस.एल.सी र ंद्द मैले त्यही बिद्यालयबाट गरे । त्यसपछिको पढाई सानोठिमि बहुमुखि क्याम्पसबाट निरन्तरता दिय । अहिले आर्टस्मा ब्याचलर गरिसकें र शिक्षामा ब्याचलर गर्दैछु । नमरुन्जेलसम्म शिक्षा र खेलकुदलाई निरन्तरता दिने छु ।
तपाईंले के उद्देश्य राखेर काभ्रे चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ स्थापना गर्नुभयो ?
काभे जिल्लामा धेरै भन्दा धेरै असल र अनुशासित खेलाडीहरु उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउने र काभे जिल्लाको छुटै पहिचान बनाउने उद्देश्य राखेर यस संघको स्थापना गरिएको हो । अहिले काभे चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघमा बिस्तारै यो खेलपति आर्कषण बढ्दै गएको छ । कालो पेटि दोस्रो डान ७ जना, कालो पेटि पहिलो डान २० र कलर पेटिहरु गरि लगभग ७ वर्षको अन्तरालमा काभ्रे जिल्ला भरि लगभग २०० ¬‐२५० जना खेलाडीहरु आबद्ध छन्् । त्यसमध्ये पनि कालो पेटि समुहको विशेष योगदान रहेको छ ।
तपाईको खेल तेक्वान्दो बारे थोरै जानकारी दिनुपर्दा कसरी दिनुहुन्छ ?
मैले आई.टि.एफ. तेक्वान्दोबाट खेल जिवन सुरु गरि पहिलो डान लिए पनि र दास्रो र तेस्रो डान सि.एच.आई.टि.एफ तेक्वानदोबाट लिएको हुँ । नेपालमा सि.एच.आई.टि.एफ तेक्वानदो खेलको सुरुवात भएको ५ वर्ष जति भए पनि नेपालमा यो खेलमा लोक प्रियता बढेकोले अहिले नेपालभरि करिब १० हजार खेलाडी आबद्ध छन्् भने २१ ओटा जिल्लमा बिस्तार भइसकेको छ । बिश्वमा भने १ सय १५ ओटा देशमा बिस्तार भईसकेको छ । यस सि.एच.आई.टि.एफ तेक्वानदोको हेड क्वाटर क्याण्डामा छ र यस सि.एच.आई.टि.एफ तेक्वान्दोको धयचमि उचभकष्मभलत न्ः एजबउ गि नेपालको हालको अध्यक्ष कुल बहादुर बुढा हुनुहुन्छ । नेपाल सि.एच.आई.टि.एफ तेक्वानदोको कार्यकारी समुह र सदस्यमा सबै युवाहरुले नेतृत्व गरेको कारणले पनि यो चाँडो चाँडो बिस्तार हुँदै छ ।
भावी योजना के छ ?
भनिन्छ नि म्यल’त तभिि उभयउभि थयगच उबिल कजयध तजझ थयगच चभकगतिक। त्यसैले म आफ्नो योजनाहरु बनाउँछु तर कसैलाई भन्न रुचाउँदिनँ । योजनाहरु धेरै नै बनाएको छु र समय अनुसार ति योजनाहरुलाई क्रमबद्घ रुपमा अगाडी बढाउँदै लैजाने छु । एउटा योजना चाहि राखे मैले । मेरो एउटा योजना भनेको चाँहि काभ्रे जिल्लामा एउटा ठुलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्यामपियनसिप राखेर काभ्रे जिल्लाको साथै नेपालको नाम विश्वभर फैलाउने बिचार छ । तर जहाँ पनि आर्थिक अबस्थाको कुरा आउँदो रहेछ । आर्थिक अभाव भएकोले उक्त अन्तर्राष्ट्रिय तेक्वान्दो च्यामपियनसिप राख्न सकेको छैनौं । त्यसको लागि आर्थिक संकलन हुँदै छ । आवश्यक बजेट पुगेपछि चाडै नै उक्त प्रतियोगिता हुने जानकारी गराउन चाहान्छु र चाँडो भन्दा चाँडो काभ्रेमा एउटा च्याम्पियनसिप राख्न लागेको जानकारी गराउन चाहन्छु ।
समस्या के के हुन सक्छन्् ?
नेपाल हो हजुर यहाँ राम्रो काम नि गर्दैन र राम्रो काम पनि हुन दिँदैन । नेपालको समस्या यहि छ । आफु पनि राम्रो काम गर्दैन र अरुले गरेको पनि बिर्गान खोज्छ र राम्रो काम गर्नेलाई नराम्रो बनाउन सब जना लागिपर्छन् । जहाँ तहिँ राजनीति गर्छन् । गाह्रो छ नेपालमा राम्रो गरेर अगाडी बढ्न । खेलकुद क्षेत्रमा प्रगती गरेर अगाडी बढ्रन धेरै गाह्रो छ । सरकारले खेलकुद क्षेत्रमा बजेट छुट्याए पनि स्थानिय तहसम्म आईपुग्दा सम्म पार्टिलाई प्राथमिकता दिन्छन्् पार्टिभित्र पनि आफन्त अगाडी राखेर काम गर्छन् । दुःखको कुरा यहि छ । भन्न त सबैले राम्रोलाई प्राथमिकता भन्छन्् तर सबै आफन्तलाई प्राथमिकता दिन्छन् । समस्या के हो भने खेलकुद क्षेत्रमा खेल सन्चालन गर्न र खेलाडीहरुलाई प्रोत्साहन गर्न सरकारले यस क्षेत्रमा बजेट राम्रो छुट्याउन सकिरहेको छैन बजेट छुट्याय पनि प्रायः आफ्नो पार्टी र आफ्नो मान्छे हेर्छन । राष्ट्रको नाम राखेर घाईते भएकाहरुको ज्यानको लागी सरकारले केहि गर्न सकिरहेको छैन ।
समाधान के हुन सक्छन् ?
खेलाडी भएर गौरव गर्नु पर्ने हो तर नेपालको हालको अबस्था तेस्तो छैन । कोठा भरि स्वर्ण पदकले भरेर एक दिन ति सबै पदकलाई पन्छाउँदै आँखाभरि आसुँ राख्दै जिवन धान्न विदेशिनुपर्ने अबस्था छ । म पनि तेहि कुरामा पछुतो गर्छु । भोक प्यास नभनी खेल जगतमा लागेको हुन्छौ तर अगाडी बढन र जिवन धान्न सकिदैन । मानिसहरु डोजाङ चलाएर प्रशिक्षण गरेर थुप्रै कमाउँछस् होला नि भन्छन् । डोजाङ चलाएर प्रशिक्षण गरेर कहिले फाइदा पनि भएन र कहिले फाईदा नि सोचिन मैले । मात्र मेरो खेलाडी भाई बहिनीको खुशी र हाँसो चाहन्छु । नेपालमा खेलाडी खेल खेल्न पनि आर्थिक अबस्थाले नभ्याउने स्थिति छ कतै त्यस्तो विद्यार्थीलाई निःशुल्क तालिमको ब्यबस्था गरेका छौं । पछुतो त धेरैमा छ खेलाडी भएर तर हार खानु हुँदैन अगाडी बढदै जाउ कहासम्म पुगिदो रहेछ । अब यसको समाधानको लाप लागि सरकारले सबै खेलकुदको लागि केहि न केहि बजेट सबै खेलकुदको लागि छुट्याएर पठाउनु पर्ने आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ्य र खेलकुद स्थानिय तहबाट भन्दा केन्द«बाट नै हेरेमा राम्रो लाग्न थालेको छ । स्थानिय तहको ज्यादति धेरै भो जस्तो लागेको छ ।
तपाईको संस्थामा पद र जिम्मेवारी के हो ?
म यस काभे चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ संस्थापक अधयक्ष भएदेखि हाल सम्म अध्यक्ष नै छु साथै नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको उपाध्यक्ष पदमा छु जिम्मेवार र कार्य धेरै नै छन् सोचेको जस्तो गर्न सकिरहेको छैन दुःख लागेको छ ।
तपाई अहिले कहाँ कहाँ जोडिनु भएको छ ?
पद र जिम्मेवार त धेरै छन् तर सोचे जस्तो अलि गर्न सकिरहेको छैन । म हाल काभे चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघको अध्यक्ष, नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको उपाध्यक्ष, नेपाल मगर संघ खेलकुद संघ बागमति प्रदेशको उपाध्यक्ष, नेपाल मगर संघ काभ्रे जिल्ला समितिको सहसचिव, धुलिखेल नगर जनजाती संघको सचिव छु र सञ्जीवनी नमुना मा.बि धुलिखेलमा कक्षा ९ र १० मा गणित र बिज्ञान बिषय पनि अध्यापन गराउँदै आएको छु । जिवन त सधै ब्यस्त भएको राम्रो हो तर यो भन्दा नि ब्यस्त हुन मन लागेको छ ।
यो खेल क्षेत्रबाटै पेट पाल्न सकिन्छ त ?
नेपालको अबस्थामा खेल क्षेत्रबाट पेट पाल्न सक्ने अबस्था छैन । मैले अगाडी नै भनिसकेको छु कि नेपालमा यस्तो अबस्था छ कि कोठाभरि स्वर्ण पदकले भरेर एक दिन ति सबै पदकलाई पन्छाउदै आँखाभरि आसुँ राख्दै जिवन धान्न बिदेसिनु पर्ने अबस्था छ ।यहा सम्मान पाउन त पार्टिको नजिक हुनुपर्छ ।
सरकारले खेल क्षेत्र र खेलाडीको लागि के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ?
सरकारले खेल क्षेत्र र खेलाडीको लागि हाल जुन प्रयासहरु गरिएको एकदमै राम्रो छ तर अझै पुगेको छैन जस्तो लागेको जस्तो छ । बिदेशमा खेलको लागि कभर्ड हल बनाईदिएको हुन्छन् तर नेपालमा खेल सञ्चालनको लागि उचित मैदान पनि छैन । नेपालमा खेलको लागि उपयुक्त मैदान कर्भड हलको व्यवस्था निष्पक्ष रुपमा गरिदिए आभारी हुने थिए । स्थानिय तहले गर्दा अलि अप्ठ्यारो परेको छ । जसको शक्ति उसकै भक्ति भएको छ । जसको पावर छ बजेट पाउँछ जसको पावर छैन हुन्छ, हुन्छ हेरौंला भन्ने सुनेर बस्नु परेको छ । वजेट सबै खेलकुदलाई शिर्षक राखेर छुटयाई दिए राम्रो हुन्थ्यो जस्तो लागेको छ । अनि राम्रा खेलाडीहरुलाई पनि प्रोत्साहन स्वरुप थोरै भए पनि आर्थिक सहयोग गरिदिए हुन्थ्यो जस्तो लागेको छ जसले गर्दा खेलाडीहरुलाई पनि हौसला मिल्दथ्यो कि ? भन्ने अपेक्षा सहित जुन संस्कार विका भएको छ खेलकुदको क्षेत्रमा त्यस किसिमका गतिविधिले खेलकुद क्षेत्र माथि उठ्न सक्दैन । त्यसैले खेलकुदको नाममा भइरहेका विकृतिहरुको अन्त्यका लागि गम्भीर भएर सोचिएन भने यो शीर्षकमा छुट्याइएका बजेटहरु, राजनीतिक कार्यकर्ता पोस्नुभन्दा अर्काे उपलब्धी हुनेछैन । त्यसैले यसभित्र मौलाएका विकृति, विसंगतिको अन्त्य गर्ने हो भने खेलकुदका नाममा जन्मिएका राजनीतिक पार्टीका भातृ संगठनहरु खारेज हुनुपर्छ । तबमात्र लगनशील खेलाडी र खेलकुदसँग साइनो जोडिएकाहरुले अवसर पाउनेछन् । तब राष्ट्रको गहना भनिएको खेलकुद माथि उठ्ने छ भन्ने विश्वास सरकारसँग राखेको छु ।
तपाईले पहिलो मेडल अर्थात तपाईले यस खेलमा पहिलो सम्मान कहिले र कहाँ पाउनु भयो ? त्यतिखेर तपाइलाई कस्तो अनुभव भयो ?
जुन खेल खेल्दा पनि म कहिले पदक बिहिन भईनँ खुशीको कुरा त्यहाँ छ । तर पहिलो पदक र पहिलो सम्मान बिर्सें । अहिले पनि बेला बेलामा सम्मान पाई रहेको हुन्छु । जे होस् पदक र सम्मान पाउँदा खुशी नै लाग्छ ।
यस समयसम्म आईपुग्दा तपाईले के कस्ता समस्याहरुको सामना गर्नु प¥यो ?
समस्याहरु त धेरै नै आईपर्छन् तर त्सलाई पन्छाउँदै अगाडी बढिरहेको छु । एउटा समस्या चाहि के थियो भने सबै मानिसलाई रुचाउन गा¥हो हुँदो रहेछ ।
तेक्वान्दो खेल मानिसका लागि किन आवश्यक छ जस्तो लाग्नुहुन्छ ?
तेक्वान्दोको अर्थ हात र खुटाको कला होे । त्यसैले तेक्वान्दो भनेको एउटा कला हो । आ–आफनो साथै राष्ट्रको पहिचान बनाउन र आत्मा रक्षाको लागि तेक्वान्दो खेलको आवश्यकता छ जस्तो लाग्छ ।
यो तेक्वान्दो सिकिसकेपछि मान्छे कुट्दै हिंडौ जस्तो लागेन तपाईलाई ?
यो चै ठ्याकै उल्टो हुँदो रहेछ । तेक्वान्दो खेल्नु भन्दा अगाडी झगडा गरेर खुब हिँडियो । तर अहिले तेक्वान्दो खेलले मलाई धरै अनुशासनमा बस्न सिकाएको छ तर अझै पनि म धेरै रिस उठेपछि कन्ट्रोल गर्न सक्दिनँ । त्यसैले मलाई चिन्नेहरु मेरो रिस देखि डराउँछन् पनि । किन हो कुन्नी ! रिस उठेपछि आँखा नै देख्दिनँ । तर न्यायको लागि भने म सधै लडिरहन मन पराउँछु ।
अन्त्यमा तपाई अब आउने पिढिँलाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा म आउने पिढिँलाई के भन्न चाहन्छु भने खेल जिवनको एक अमुल्य पाटो हो सकेसम्म यसमा थोरै मात्र भए पनि सक्रिय हुनुहोस । नेपालमा खेल क्षेत्रमा लागेर जिवन धान्न सकिने अबस्था छैन । तै पनि स्वास्थको लागि खेल खेल्नुहोस, देशको लागि खेल्नुहोस र निराश नहुनुहोस जे हुन्छ राम्रैको लागि हुनेछ धैर्य गर्नुहोस भन्दै मेरो मनमा लागेको भावना अन्र्तवाताको रुपमा प्रस्फुटन गर्न सुनौलो अवसर दिनु भएकोमा तपाई लगायत प्रभातफेरी टिमलाई विशेष धन्यवाद दिन चाहन्छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |