Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लैंगिक हिंसा र असमानता विरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको आग्रह

प्रभातफेरी अनलाइन ५६३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
लैंगिक हिंसा र असमानता विरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको आग्रह

उर्मिला यादव
परासी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले केन्द्र सरकारले निजामती ऐन र प्रहरी ऐन पास नगरेकोले लुम्बिनी प्रदेशमा विभिन्न किसिमको गुनासो आएको र यसको निरन्तर रुपमा माग भईरहेको बताउनु भएको छ ।
संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिमको अवसरमा आम सञ्चार र पत्रकार महिलाको क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले यो दुबै ऐन प्रदेशलाइ संबैधानिक अधिकार हुँदाहुँदै पनि अझै सम्म कार्यान्वयन हुन नसकेकोले लुम्बिनी प्रदेशमा मात्रै नभएर देशको अधिकांश प्रदेशमा कर्मचारी अभाव देखिएको गुनासो गर्नुभएको थियो । उहाँले कर्मचारी अभावमा देखिने कामहरु गर्न नसकेको र त्यस्ता कामहरु ढिला हुने गरेको बताउनुभएको थियो ।
प्रदेश प्रमुख शेरचनले पत्रकारिता पेशा देशको सम्मानित पेशा भएकोले महिलाहरु पनि यहि पेशामा स्थापित हुनु गौरवको विषय भएको बताउनु भएको थियो । उहाँले पत्रकारहरुलाई समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न आग्रह गर्नु भएको थियो । हाम्रो समाजमा महिला र बालबालिका माथि भएको हिंसाले समाजलाई दुषित बनाएको बताउँदै उहाँले यसको विरुद्ध पत्रकार महिलाहरु एकजुट भएर अभियानको रुपमा अगाडि बढाउन जोड दिनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको समान उपस्थिति हुनुपर्ने बताउनु भएको थियो । उहाँले सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिलामैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुलाई संचारबाट वकालत गर्न आग्रह गर्नुहुँदै विषयगत ज्ञान र व्यवसायिक सीप बढाउने विषयमा पत्रकार महिलाहरुलाई सरकारले सधै सहयोग गरिरहने र लैंगिकमैत्री समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तैगरि उपसभामुख कृष्णी थारुले गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउनु भएको थियो । उहाँले यस्तो हुन नदिन पत्रकारहरुलाई त्यसको विरुद्ध आवाज उठाउन आग्रह समेत गर्नु भएको थियो । कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले प्रदेश सरकारले हरेक बजेटलाई लैंगिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफल समेत थालेको जानकारी दिनुभएको थियो ।
तालिम सहजीकरण गर्दै वरिष्ठ पत्रकार संचारिका समूह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, श्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले पुरुषको तुलनामा महिला स्थापित हुन समस्या र चुनौती भएपनि त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा पत्रकार इन्दिरा अर्यालले संचार माध्यममा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गर्नु भएको थियो भने स्वास्थ्य निर्देशनालयका फोकल पसर्न कौशलराज भण्डारीले प्रजजन स्वास्थ्य, परिवार योजना र सुरक्षित मातृत्वको बारेमा सहजीकरण गर्नु भएको थियो । यस्तै गरि पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमको बारेमा कसरी समाचार बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । संचारिका समूह नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा २ दिन सम्म चलेको कार्यक्रममा ६ जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0