Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक हो ः अध्यक्ष मगर

प्रभातफेरी अनलाइन ५९७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (३ साल अघि)
प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक हो ः अध्यक्ष मगर

काठमाडौं । मंगलबार प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा यो वर्षको मूल नारा ‘प्रविधि नियन्त्रित पत्रकारिता’ का सवालमा प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक रहेको बताउनुभएको छ ।
उहाँले पत्रकारको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको भन्दै पत्रकार सुरक्षा कार्यविधि निर्माण गर्न सरोकारवालासंग छलफल गरिरहेको समेत बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले जुनसुकै राजनीतिक दल सरकारमा पुगेपनि प्रेस स्वतन्त्रताको सवालमा निर्धक्क हुने अवस्था नरहेको बताउनुभएको छ । उहाँले प्रविधिलाई नियमन गर्ने वाहानामा सरकारले प्रेस स्वतन्त्रता खोस्ने कानुन निर्माण गरिरहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले समाजका सबै बर्षको आवाजलाई बुलन्द पार्ने भन्दै राज्यलाई प्रेस स्वतन्त्रताको सवालमा संविधानको दायरामा रहन आग्रह गर्नुभएको छ ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमालले प्रेसले राज्यका सबै अंगलाई प्रभाव पार्ने भन्दै सरकार र नागरिकलाई सकारात्म दिशातर्फ प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रमा गैर पत्रकारको बाहुल्याता बढिरहेको भन्दै त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।
महासंघका पूर्व सभापति तारानाथ दाहालले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने राज्यको चरित्र आजपनि कायम रहेका कारण प्रेस स्वतन्त्रता दिवसको महत्व बढेको बताउनुभयो । दक्षिण एसियाली देशमा पत्रकार तथा प्रेस स्वतन्त्रतामा सरकारी चुनौति रहेको भन्दै त्यसको प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रेस स्वतन्त्रता रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएतापनि सरकारले उदासिनता देखाएको उहाँले बताउनुभएको छ ।
त्यस्तै अर्का पूर्व सभापति धर्मेन्द्र झाले सम्पादकीय स्वतन्त्रतालाई सबै पत्रकारले निर्वाध प्रयोग गर्ने अवस्था आज पनि नरहेको भन्दै स्वतन्त्र प्रेसका बारेमा घनिभूत बहस आवश्यक रहेको बताउनुभएको छ ।
महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार तथा प्रेस स्वतन्त्रताका अभियन्तामाथि हुने हिंसामा दण्डहिनता आज पनि कायम रहेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुहुँदै संविधानले ग्यारेन्टि गरेको विषयमा सरकारले निर्माण गरेका कानुन प्रेस मैत्री छन् कि छैन्न त्यो हेर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले प्रेस स्वतन्त्रताका सवालमा महासंघ र प्रेस काउन्सिल वीच सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । महासंघका सल्लाहकार निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता दलियतामा विभाजन भएका कारण धम्की र दुव्र्यवहारको सामना गर्नुपरेको बताउनुभएको छ । उहाँले कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्य र गैर राज्यपक्षले बन्देज गर्न नुहने बताउनुभएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने कार्य महासंलाई मान्य नहुने बताउनुभएको छ । महासचिव रोसन पुरीले श्रमजीवी पत्रकारका समस्या सम्बोधनमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा प्रेस स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस –२०२२ का अवसरमा ‘प्रविधि नियन्त्रित पत्रकारिता’ मुल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका साथै सामाजिक सुरक्षा कोषका बारेमा अन्तरक्रिया आयोजना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0