Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असार १५ र लोपोन्मुख हुँदै गएको हाम्रो संस्कृति

प्रभातफेरी अनलाइन १६०९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
असार १५ र लोपोन्मुख हुँदै गएको हाम्रो संस्कृति

“असारे मासको भारी राम्रो, घाँसको पातै राम्रो गोगणको,
नभनौंला भन्थे, पातै राम्रो गोगणको”

‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला’..।

हो असारे १५ खाने दही र चिउरा, साउन १५ खाने खिर,
नभनौंला भन्थे भन्नै प¥यो मैले साउन १५ खाने खिर ।

यसरी असारमा घन्किने स्थानीय भाकाहरुले जो कोहिलाई पनि नलोभ्याउने भन्ने प्रश्नै रहन्न । तर समय र पश्चिमा संस्कृतिले निम्त्याएका विलासिता जीवनशैलीले गर्दा अब यि भाकाहरु अतितका पानामा सीमित हुने अवस्थामा पुगेको आभाष मिल्छ ।
आज असार पन्ध्र, नेपाल सरकारले धान दिवसको रुपमा आजको दिनलाई मनाउँदै आएको छ । तरपनि यसको महिनाका बारेमा अझै सूक्ष्म अध्ययन हुन आवश्यक छ । असार १५ ले बोकेको साँस्कृतिक महत्वका बारेमा योसँग सम्बन्धित सरोकार राख्ने संस्कृतिविज्ञहरु बिचमा बहस चलाउन आवश्यक भइसकेको छ । जुन किसिमबाट असार १५ लाई सम्बोधन गर्न खोजिएको छ, यो यथार्थमै साँघुरो बनाउन खोजिएको त होइन ? प्रश्नहरु जन्मिएका छन् । आज धान रोपाइ गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ ।
असारको चटारोले छोपिसकेको छ । विगतका बेठी चलनले समेत चर्चा पाउने नेपालका कुनाकन्दरा र तराईका हराभरा फाँटहरुमा यि र यस्ता गीत, संस्कृतिको खासै गुञ्जायस र गन्ध पनि अहिले आउँदैनन् । यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गीत कनिकुथी जानीनजानी गाउँदै धान रापाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गीत सुनिए । तर, वास्तविक असारे गीत र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् । असारको महत्व घट्दै गएको हाम्रो समाजमा रोपाईँ पर्व मात्रै रोपाइको निरन्तरताको लागि सिमित भइरहेको भान भएको छ ।
हाम्रो साँस्कृतिक परम्पराअनुसार दशैंको टिकाको दिन भूईं छोड्नु र असार १५ का दिन एकफेर हिलोमा टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन् । यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउँछ, कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुने जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने संकेत दिन्छ ।
पछिल्लो समयमा यसको अस्तित्व संकटमा परेकोमा संस्कृतिकर्मी र बुद्धिजिवीहरुका लागी चिन्ताको विषय बनेको छ । आधुनिकताको मारमा अन्य संस्कृति परेसरह असारे गीत पनि संकटमा परेको संस्कृतिविद्हरुको ठम्याई छ । टेलिभिजन, रेडियो र आधुनिक सञ्चारका साधनहरुको बढ्दो चापसँगै संस्कृति मारमा परेको संस्कृतिविद् ज्ञानकाजी मानन्धरको कथन छ ।
छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर ।
धेरै प्रचलित असारे भाकाको यो टुक्का काठे क्षेत्रमा प्रचलित रुपमा लस्काई–लस्काई गाइन्छ तर, हिलो, मैलो र रमझम पानीको मौसममा हुनुपर्नेमा एफएम रेडियोमा मात्रै सुनिन थालेको छ । माथि उल्लेख गरिएको गीतले यस्तै कुराको संकेत गर्छ । असारे गीतले कृषकहरुको दिनचर्यालाई अझ मेहेनती बनाउन प्रेरित गर्छ । मानो छरेर मुरी उब्जाउने बेलामा यि र यस्तै गीतहरु हरेक फाँटहरु र गह्राहरुमा गुञ्जन्थे । तर, आजभोली यस्ता गीत र भाकाहरु विरलै मात्र सुनिन थालेका छन् ।
बाबामाज्यूको गैरीमा खेत राम्ररी बिराइदेऊ,
सुन र चाँदी चाहिँदैन मलाई दौँतरी मिलाइदेऊ.. ।
मन रुन्छ भन्छिन् आमा, रिमझिम पानी आउँदाखेरी
खेत–बारीनी बाँझै देख्छु, असार मास लाउँदाखेरी..
यी गीतको भाव पनि असारको महिनालाई व्यस्त बनाउन पर्याप्त हो तर, कृषिमा देखिएको मल, विउ र सिँचाईको अभावले सबै क्षेत्र निराशाजनक बनेको छ । सरकारले किसानलाई न मल पु¥याउन सकेको छ, न सिँचाई नै । अहिलेको यस्तो अवस्थामा असारको रौनक भन्दा पनि पिडा थपिएको छ, किसानको टाउकोमा । कृषिमा आधारित नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउन कृषि उत्पादकत्व बढाउनुपर्नेमा कृषिविज्ञहरुको जोड छ । तर परम्परादेखिका यस्ता संस्कृतिहरुलाई पनि जोगाउन जरुरी देखिन्छ । सुनको दानाको उपनाम पाएको धानको महत्व आफैँमा छ । धान रोपाईँ गर्दा गर्दा हराउँदै गएका असारे गीतहरुको पनि संरक्षण र संवद्र्धन गर्नुपर्ने आजको आवश्यकता छ ।
अर्मपर्म मेलापात सँगसँगै धाउन आउ,
बर्खा लाग्यो यसपाली त चोखो मायाँ लाउन आउ ।
मानो रोपी मुरी उब्जाउने बेलो हो यो मित्र,
हिलो छ्याप्दै प्रिय असारे गीत गाउन आउ ।
गाउँले झयाउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानहरुले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागी रहरको विषय पनि हो । आज असारे संस्कृति न असारे गीत गाउनेहरुप्रति सम्मान पनि छैन । बेठी प्रचलन त अब पुरै लोप भईसक्यो । सोसँग सम्बन्धित प्राचिन नाच, कला र संस्कृतिहरु आदिसँगै असारे गीतको पनि संरक्षणका लागि यहाँका संघसंस्था, वुद्धिजिवी र सञ्चारकर्मीहरुले सामुहिक पहल गर्नुपर्नेमा विज्ञहरुको जोड छ । तर, यहाँ यस्ता प्रकारका कुनै पनि पहल भने भएको देखिएको र सुनिएको छैन ।
यसबाट नयाँ पिढिँहरुले के सिक्छन् त ? गम्भीर प्रश्न एकातिर खडा भइरहेको छ भने अर्काेतर्फ सिंचाई, मल, बिउ र छिट्टै धनाढ्य बन्ने मोहका कारण उर्वरा भूमिहरु कंक्रीटको जंगलमा परिणत हुँदै जाँदा असार १५ र दही चिउराको महिमा पनि ओझेलमा पर्नु स्वभाविक विषय भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समसामहिक सम्बन्धि थप
  • निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • महिलाहरूको अत्यन्त महत्वपूर्ण साँस्कृतिक तथा सामाजिक पर्व तिज

    महिलाहरूको अत्यन्त महत्वपूर्ण साँस्कृतिक तथा सामाजिक पर्व तिज

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0