Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मदिराको हब बन्ने भो पाँचखाल

प्रभातफेरी अनलाइन ८०९ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)
Post Thumbnail

काभ्रे । सुन्दा अचम्म लाग्न सक्ला, कृषिको उर्वरा भूमिमा मदिराको अखडा शीर्षकले जो कोहिलाई एकपटक सोच्न बाध्य बनाउँछ ।
पाँचखाल उपत्यका समग्र जिल्लाकै कृषि उर्वरा भूमिको रुपमा स्थापित उपत्यकाको रुपमा लिइन्छ । कृषि पेशा र व्यवसाय यहाँको महत्वपूर्ण आयआर्जनको स्रोत मानिन्छ । काभ्रे जिल्लाकै सन्दर्भमा भन्ने हो भने उत्कृष्ट उर्वरा भूमिको रुपमा लिइँदै आएको छ । तरकारी खेती, दुग्ध व्यवसाय, पशु पालन, खाद्यान्न उत्पादन देखि वैदेशिक रोजगारीबाट पर्याप्त आम्दानी भित्र्याउने यस उपत्यका पछिल्लो समय मदिरा सेवनको अखडा बनेको छ । भन्नुपर्दा मदिरा सेवनको चंगुलमा यो उपत्यका फस्न पुगेको यहाँका युवाहरुको चालचलन र व्यवहारले देखाएको छ ।
यहाँ जे ग¥यो त्यसैमा पैसा भएका कारण ६० र ७० को दुई दशकमा यस उपत्यकाको ग्रामीण सरह र बजार तथा टोलमा अत्याधिक मदिरा सेवनका कारणले हरेक टोलमा वर्षेनी २÷३ जना–२÷३ जनाका दरले मरिरहेका छन् ।
आजभन्दा करिब १५÷१६ वर्ष अघि मदिरा विरोधी आन्दोलनमा जिल्लाकै नेतृत्व गरेको पाँचखालमा कालान्तरमा माओवादी विद्रोहको समयमा समेत यसले मदिरालाई कुनै असर पारेन । भन्नुपर्दा त्यतिबेला पनि मदिरा विद्रोही स्वरहरुलाई निषेध बनाएको तथ्य हामीले भोगेकै छौं । स्मरण गर्न लायक तथ्य एउटै सन्तानका ३ पुस्ताले एउटै भट्टीमा बसेर रक्सी पिउने कुरामा पाँचखाल नाम कहलाएको हरेक पिडित परिवारको भनाई छ । यहाँका हरेक स–साना चियापसल र खाजाघरमा दुध चिया र दही पाइँदैन तर प्रत्येक होटेल, किराना पसल नाम दिइएकाहरुमा सहजै रक्सी पाइन्छ । आफूलाई आमूल परिवर्तनकारी प्रजातन्त्रवादी र क्रान्तिकारी हुँ भन्ने जनप्रतिनिधिहरु समेत मदिराको नकारात्मक प्रभावमा मौन छन् । मदिरा बिक्रेता र उत्पादक नै निर्वाचित जनप्रतिनिधिहरुको भोट बैंक र स्थानीय कार्यकर्ता भएकोले यो विषयमा बोल्दा भोट घट्ने डर जनप्रतिनिधिहरुलाई छ । त्यसका कारण कोहि निर्वाचित प्रतिनिधिहरु यो विषयमा बोल्न सक्दैनन् । नाम त मरेर गएको व्यक्तिहरुको के उच्चारण गर्नु, घरेलु मदिरा सेवनकै कारण चर्चित नेतृत्वहरु यो उपत्यकाले गुमाइसकेको छ । त्यसतर्फ कसैले चु सम्म बोल्ने हिम्मत राखेका छैनन् । यो अवस्थामा यस क्षेत्रमा आफूलाई दिग्गज व्यक्तित्वको रुपमा दर्ज गर्न खोज्नेहरुलाई के भनौं ?
घरेलु मदिराको खुलमखुल्ला बिक्रि वितरणमा रोक लगाउनका लागि पुराना तथा नयाँ निर्वाचित जनप्रतिनिधिहरुसँग कुरा गर्दा उनीहरुले नै भट्टी भट्टीबाट हप्ता उठाएर सरोकारवाला निकायलाई दिने गरेको स्वीकार्छन् । जसका कारण सुरक्षा निकायले थाहा पाएर पनि आँखा चिम्लेर बस्ने गरेको उनीहरुकै मुखबाट चिया पसलमा गफ चुटिरहेको सुन्न पाइन्छ ।
पाँचखालको विशेष गरी खावा, केराघारी, तिनपिप्ले, तामाघाट, पाँचखाल, अनैकोट, जोरपाटी, होक्से, शिखरपुल, बालुवा र कोशीदेखामा दैनिक हजारौं लिटर घरमै उत्पादन मदिरा बिक्रि वितरण भएको स्थानीयहरु नै स्वीकार्छन् । यसो हुनुमा स्थानीय सत्ताको कमी कमजोरी भएको पूर्व जनप्रतिनिधि पुष्कर ढकालको आक्रोश छ । खुल्ला रुपमा मदिरा बिक्रि वितरण गर्न पाएबापत पसलेले स्थानीय सुरक्षाकर्मीलाई हप्ता बुझाउँदै आएको स्वयं बताउँछन् ।
साँझपख यि ठाउँहरुमा महिला, केटाकेटी र बालबच्चाहरुलाई जोगिएर हिँड्नै कठिन भएको स्थानीय बासिन्दाहरुको गुनासो छ । प्रतिवाद गरौं त एक्लो परिन्छ, नगरौं त साँझ एक्लै घर पसल गर्न गाह्रो हुँदै आएको छ । रक्सीलाई कडा बनाउनको लागि विभिन्न किसिमका रसायनिक तत्वहरु मिसाउने तथ्यहरु सार्वजनिक भएका छन् । डेरीबाट निस्कने एसिड जुन फाल्नको लागि समेत स्थान पाउँदैन, त्यस्ता तरल पदार्थहरुहरु युरिया मल, सख्खर र अप्राकृतिक पदार्थहरुको प्रयोग गरेर तयार पारिएको घरेलु मदिराले नियमित रक्सी सेवनकर्ताहरुको कलेजो, मृगौला लगायतका शरीरका अंगहरुमा रोग लागेर अल्पायुमै मृत्युवरण गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । यो सबैको जड भनेको अप्राकृतिक रुपमा तयार भएको घरेलु मदिरा नै हो भनी बताउँछन् उपचारमा संलग्न चिकित्सकहरु ।
समयमै यसतर्फ विचार पु¥याइने भने पाँचखाल मात्र होइन, जिल्लाका प्रमुख बस्तीहरु भयावह अवस्थामा पुग्नसक्ने र जनधनको ठूलो क्षति नहोला भन्न सकिन्नँ भन्छन् सरोकारवालाहरु । त्यसैले समयमै यसतर्फ गम्भीर ध्यानाकर्षण होस् भन्ने जनचाहना बाक्लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
पाँचखाल सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0