Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्षमतावान् उम्मेदवारलाई जनताले साथ दिन्छन्

प्रभातफेरी अनलाइन ३८८ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)
Post Thumbnail

मुलुकमा संघियता लागु भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुदैछ । यो निर्वाचन स्थानिय तहको निर्वाचन भन्दा फरक भएकोले जनताले निकै चासो दिईरहेका छन् । स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि कमजोर अशक्षम निर्वाचित हुँदा समबन्धित स्थानिय तहमा केही अशर पुग्न सक्छ । तरपनि प्रदेश सरकार केन्द्रिय सरकारले निगरानि गर्दै समस्या समाधान हुन्छ । तर संघ र प्रदेशको निर्वाचनमा व्यक्तिगत स्वार्थी साथै असक्षम व्यक्ति निर्वाचित भएमा मुलुकको हित विपरित कार्य हुन सक्ने भएकोले आम नेपाली जनताहरुले क्षमतावान, सक्षम, निस्वार्थी ढंगको उममेदवारलाई जनताले साथ दिन्छन् ।
हुन त दलिय व्यवस्थामा दलहरुले सिफारीस गरेको व्यक्ति उम्मेदवार रहन्छन् । अझ आगामी निर्वाचनको लागि दलहरुले गठबन्धन गर्ने तयारी पनि गरेको छ । गठबन्धनको आधारमा उम्मेदवार चएन गर्दा सक्षम व्यक्ति चयन हुन नसकेमा जनताले साथ दिन्छन् भन्ने सुनिश्चित रहन्न । दलका नेताहरुले गठबन्धन गर्दैमा दलका कार्यकर्ताले मत दिईहाल्छन् भन्ने अवस्था पनि नरहन पनि सक्छ । दलहरुका नेतृत्वको सहमतिको आधारमा चयन भएका उम्मेदवार सक्षम, क्षमतावान, निश्पक्षता जनताको हितमा कार्य गर्ने खालको नहुनपनि सक्छन् । त्यस्ता उममेदवारलाई जनताले साथ नदिने भएकोले दलहरुले उम्मेदवारको चयन गर्दा सचेत हुन जरुरी रहन्छ ।
२०७४ को निर्वाचनमा गठबन्धनलाई साथ नदिएका होइनन् । जनताको साथले गर्दा नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले वहुमतको सरकार चलाउने अवसर पायो । २७५ सिट रहेको संसदमा नेकपा एमालेले प्रत्यक्ष ८० र समानुपातिक ४१ गरी १२१ सिट हासिल गरे । नेकपा माओवादीले प्रत्यक्ष ३६ र समानुपातिक १७ गरी ५३ सिट हासिल गरे । तर राजनीतिक वेईमानि साथै दलगत र व्यक्तिगत स्वार्थका कारण सरकार सञ्चालनमा समस्या आउंदा नेपाली काँगे्रसको नेतृतवमा सरकार गठन भयो । नेपाली काँग्रेस प्रत्यक्ष तर्फ २३ र समानुपातिक तर्फ ४० गरी ६३ सिट हासिल गरेका थिए ।
स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्दा सफल भएको अनुभुती गरेका दलहरुले आगामी निर्वाचनको लागि समेत सोही तरिका अवलम्बन गर्दै छन् । तर स्थानिय तहमा जसरी सफल भयो आगामी निर्वाचनमा सो सफल नहुन पनि सक्छ । नेपाली जनताहरु बौद्धिक साथै सक्षम रहेका छन्, उनिहरुलाई राम्रोसंग थाहा छ की मुलुक सञ्चालनको लागि कस्ता व्यक्तिको आवश्यक हुन्छ ? स्थानिय तहको निर्वाचनमा गठबन्धन कार्यलाई जनताले साथ नदिएका हैनन् । तर गठबन्धनको आधारमा निर्वाचित जनप्रतिनिको दम्भयुक्त व्यवहारले गर्दा जनताहरु निरासा भएका छन् ।
जनताको चाहना भनेको क्षमतावान सक्षम उम्मेदवारको हो । तर दलहरूले गठबन्धनको नाउमा जनताको चाहना अनुसारको कार्य नभई दलको चाहना अनुसारको कार्य हुदै छ । तर आगामी निर्वाचनमा गठबन्धनको आधारमा बैसाखी टेकेकै भरमा निर्वाचित हुने आशामा रहेका दलहरू संवभत निराशामा परिणत हुनेछन् । आफ्नो क्षेत्रमा आउने उम्मेदवारहरूको जनताले राम्रोसँग पहिचान गरी विकास प्रेमी‚ सक्षम ‚ प्रतिनिधिसभामा निर्वाचित भएपछि मन्त्री हुन सक्ने खालका उम्मेदवारलाई जनताले साथ दिनेछन् । ०७४ मा सम्पन्न निर्वाचनमा भएको गठबन्धनलाई जनताले साथ दिए तर जनचाहना अनुसारको कार्य हुन सकेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0