Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षामा साझा सहकार्य आजको आवश्यकता ः मन्त्री पौडेल

प्रभातफेरी अनलाइन ७०८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
शिक्षामा साझा सहकार्य आजको आवश्यकता ः मन्त्री पौडेल

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक र निजी विद्यालयको शिक्षा एकै खालको रहेको बताउनुहुँदै शिक्षामा साझा सहकार्य आजको आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रबार धुलिखेलमा संयुक्त रुपमा आयोजित उक्त अन्तरक्रियामा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्ययोजना विषय अन्तरक्रियामा दुई क्षेत्र बीच द्वन्द्व गर्न नहुने बताउनुभएको छ । नेपालमा दुई खाले शिक्षा नभएको जिकिर गर्दै लगानी मात्रै दुई खालको रहेको, सामुदायिक र निजी विद्यालयको पढाईलाई दुई खालको शिक्षा भन्न नमिल्ने मन्त्री पौडेलले बताउनुभएको छ । अहिलेको अवस्थामा सामुदायिक विद्यालयहरुलाई सुधारको खाँचो छ । त्यसका लागि मन्त्रालयले ब्यापक सुधारको काम अगाडि बढाइरहेको जानकारी समेत गराउनुभएको छ ।
मन्त्री पौडेलको थप कथन थियो– मन्त्रालयले ऐन नियमसँग सम्बन्धीत कानुन सुधार, शिक्षण सिकाइ प्रक्रियामा स्तरीय बनाउने र भौतिक पूर्वाधार गरी तीन प्रकारका सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो तय गरेको जानकारी दिनुभएको छ । सो क्रममा उहाँले अध्यापन, तालिम र दरबन्दी मिलानमा सुधार ल्याउन सकेको खण्डमा शिक्षण सिकाइमा सुधार गर्न सकिने कुरामा जोड दिनुभएको छ । शिक्षा मन्त्री पौडेलले प्रधानाध्यापकलाई थप जिम्मेवारी रहेको भन्दै प्रधानाध्यापकले नियमित आफ्नो जिम्मेवारी पूरा गरेमा अन्य शिक्षकहरु पनि विद्यालयमा नियमित उपस्थिति हुने र पठनपाठन हुने बताउनुभएको छ । प्रधानाध्यापकको जिम्मेवारी लिने तर विद्यालयमा नआउने र जिम्मेवारी बहन नगर्ने हो भने यसले सिंगै विद्यालयलाई प्रभावित तुल्याउँछ । त्यसैले विद्यालयलाई कस्तो बनाउने भन्ने विषय प्रधानाध्यापकसंग जोडिएको हुन्छ ।
मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षालाई एक साथ लैजान जरुरी रहेको औल्याउनुभएको छ । ‘नेपालको सबै शिक्षा गलत छ, गुणस्तरीय छैन भनेर भ्रम फैलाइएको छ । यसमा कुनै सत्यता छैन । नेपालको केही विद्यालयमा शिक्षा सुधार गर्नुपर्ने भएतापनि समग्र शिक्षा बिग्रियो भन्न मिल्दैन । हामीसंग राम्रो सिकाई भएका विद्यालय पनि छन् । नेपाल सुहाउँदो शिक्षा बनाउन मन्त्रालयले काम गरिरहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले सिकाउने गुरुको अपमान गरेर मात्रै शिक्षण पेशा सुधार नहुने बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र शिक्षा विकास तथा समन्वय इकाइले धुलिखेलमा आयोजना गरेको काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्याक सहितको सहकार्यमा आजका आवश्यकताहरु सम्बोधन गर्नुपर्ने जिकीर समेत मन्त्री पौडेलले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले शिक्षाको विकास प्रमुख भएकाले जिल्लाको समग्र शिक्षाको विकासका लागि भएको समस्या, त्यसको उपाय र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा छलफल गरी मार्गचित्र तयार गर्नुपर्ने भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताउनुभएको छ । जिल्लामा नै रहेको काठमाडौँ विश्वविद्यालयले पनि स्थानीय तहको भौगोलिक अवस्था र त्यहाँका विशेषताका आधारमा प्राविधिक शिक्षा दिन अगाडि बढ्नुपर्ने जोड समेत प्रमुख गौतमले कार्यक्रममा गर्नुभएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकका प्रमुख गोकर्णध्वज कार्कीले जिल्लाको समग्र शिक्षाको अवस्था, विद्यालयको प्रकृति, विद्यार्थी संख्या र समग्र शैक्षिक अवस्थाको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला थापा, नेपाल राष्ट्रिय शिक्षक महासंघ बागमतीका नारायण तिमल्सिना, विद्यार्थी नेता बदन भण्डारी, जिल्लाका सबै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नीजि विद्यालयका प्रध्यानाध्यापकबीचमा समूहगत छलफल गरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र भावि रणनीतिको विषयमा छलफल भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
धुलिखेल सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0