Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनचाहना अनुरुप हाम्रा पाइलाहरु अगाडि बढ्नेछन् ः लालध्वज

प्रभातफेरी अनलाइन ५९३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
जनचाहना अनुरुप हाम्रा पाइलाहरु अगाडि बढ्नेछन् ः लालध्वज

एक थोपा रगत रहेसम्म जिल्लावासीको सेवामा समर्पित रहनेछु ः लामा

काभ्रे । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउने क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै एक थोपा रगत रहेसम्म जिल्लावासीको सेवामा समर्पित हुने बताएका छन् ।
काभ्रे क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले संयुक्त रुपमा सम्बोधन गर्दै मुलुकबाट बेरोजगार अन्त्यका लागि खेल्नुपर्ने भूमिकामा कुनै कञ्जुस्याईं नहुने वचनबद्धता व्यक्त गर्नुभएको छ । काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र प्रदेश सभा सदस्यका उम्मेदवार तीर्थ लामाले स्थानीय मतदाताहरुलाई सम्बोधन गर्ने क्रममा जनताका सुख, दुःखसँग सधैं हातेमालो गर्नेछौं । सम्वृद्ध जिल्लावासी बनाउनका लागि आफूहरुले खेल्नुपर्ने भूमिकाहरुमा कुनै किसिमको खोट आउन नदिने वचनबद्धता व्यक्त गर्दै प्रत्येक नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकारका लागि सधैं जिल्लावासीसँग सहकार्य गर्न पछि नपर्ने बताउनुभएको छ । आसन्न मंसिर ४ को निर्वाचनका लागि यहाँहरुसँग आफ्ना प्रतिबद्धता लिएर आइरहँदा मतदाताहरुले दर्शाउनुभएको सदासयताले आफूहरुलाई उर्जा मिलेको स्मरण गराउनुहुँदै जुन उत्साहका साथ यहाँहरुले सम्मान गर्नुभएको छ, त्यसमा आँच आउन दिने छैनौं । हामी दुवै संसदीय फाँटमा अनुभव प्राप्त व्यक्ति पनि हौं । कसरी जनताका नैसर्गिक अधिकारको संरक्षण गर्न सकिन्छ भन्ने सवालमा नीतिगत रुपमा प्रष्ट छौं । त्यो अनुभवलाई यसपटक संसदमा पेश गर्नेछौं र नीति निर्माणका सवालमा यहाँहरुका प्रत्येक समस्याहरुलाई सम्बोधन हुने किसिमले हामीले भूमिका खेल्नेछौं । जुन भूमिका काभ्रेली जनहरुका लागि मात्र नभई सिंगो मुलुकवासी नागरिकहरुका लागि अनुकरणीय सावित हुनेछ । जसका लागि यहाँहरुले आफ्नो अमूल्य मत प्रदान गरी हामीहरुलाई त्यस स्थानमा पु¥याउनु हुनेछ भन्ने विश्वास लोकतान्त्रिक वाम गठबन्धनले लिएको छ । त्यसैको प्रतिनिधि पात्रका रुपमा हामी तपाईंहरुमाझ आइपुगेका छौं । यो अपार सम्मान, माया र ममतालाई कुण्ठित हुन दिने छैनौं । यो हाम्रो सार्वजनिक प्रतिबद्धता हो । यहाँहरुले यि प्रतिबद्धताहरुलाई कोड गरेर राख्न सक्नुहुनेछ । कुनै पनि समय, आज बोलेका यि वाक्यहरुलाई लिएर हामीलाई खबरदारी गर्न सक्नुहुनेछ ।
तसर्थ, यस क्षेत्रको समस्याहरुलाई नीतिगत रुपमा सम्बोधन गर्दै अगाडि जानेछौं । बाटोघाटो, पुलपुलेसा, खानेपानी, कृषि लगायतका क्षेत्रमा रहेका समस्याहरुलाई हाम्रा साझा समस्याका रुपमा लिई सम्बोधन गर्नेछौं । यो हाम्रो प्रतिबद्धता हो । यहाँहरुले प्रदान गर्नुभएको अमूल्य मतदानलाई कुण्ठित गर्नेछैनौं । पर्यटकीय हिसाबले उर्वरा भूमिको रुपमा रहेको यो भूगोललाई अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा आवश्यक पर्ने पूर्वाधार लगायतका क्षेत्रमा खेल्नुपर्ने भूमिकामा हामी दुई सदैव रहनेछौं । यो सामूहिक प्रतिबद्धता यहाँहरु सामु पस्किरहँदा यहाँहरुलाई लाग्न सक्ला, के सम्भव छ ? अवश्य, गरे असम्भव भन्ने नै छैन । हामी एक्लै छैनौं यो अभियानमा । सिंगो लोकतान्त्रिक वामगठबन्धन काँध थापेर अगाडि बढेको छ । गठबन्धनका ६ नै जना उम्मेदवारहरुलाई अमूल्य मतदान गरेर काभ्रेली जनताले विजयको माला पहि¥याउने छने भन्ने विश्वास हामीले लिएका छौं ।
भन्ने गरिन्छ, विकासको क्रममा पछि परेको कर्णाली प्रदेश । बिडम्बना ! त्यो कर्णालीभन्दा कयौं गुणा पछि परेका भूगोलहरु यहि काभ्रेमा छन् । त्यसैले तिनीहरुको समस्या समाधान गर्दै सम्वृद्ध काभ्रे बनाउनका लागि यहाँहरुले हामीहरुलाई पहरेदार गर्नुहुनेछ भन्ने विश्वास लोकतान्त्रिक वाम गठबन्धनले लिएको छ । यो संगीण अवस्थामा मतदाता आफैं चेतनशील हुनुहुन्छ । यहाँहरुले कसलाई मत राख्दा आफ्ना समस्याहरु सम्बोधन हुन्छन्, त्यो बुझिसक्नुभएको छ ।
अब यहाँहरुले आफ्नो अमूल्य मतदान न्यायसंगत ढंगबाट गर्नुहुनेछ भन्ने विश्वास लिँदै अभियानलाई उचाईमा पु¥याउनुहुनेछ भन्ने अपेक्षा समेत हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
धुलिखेल सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0