Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सर्वाेच्चको अन्तरिम आदेशले चुनौती थपेको छ ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ६०९ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
सर्वाेच्चको अन्तरिम आदेशले चुनौती थपेको छ ः प्रमुख भण्डारी

काभ्रे । पनौती नगरपालिकाले उठाउँदै आएको वैकल्पिक सडक सेवा शुल्क दस्तुर विरुद्ध परेको रिटलाई लिएर सर्वाेच्च अदालतले पनौती नगरपालिकाका नाउँमा अन्तरिम आदेश जारीका सवालमा नगर प्रमुख भण्डारीले चुनौती थपेको तर्क गर्नुभएको छ ।
जुन आदेश सर्वाेच्चले दिएको छ, यसले नगरलाई त समस्या नपर्ला तर व्यवसायीहरुलाई भने पक्कै पर्ने छ । किनकी अहिले व्यवसायीहरुले जुन किसिमबाट उपयोग गरिराख्नुभएको छ, त्यसको वैकल्पिक व्यवस्था नहुने हो भने समस्या जटिल भएर आउनेछ । तब त्यतिबेला अन्तरिम आदेशको बारेमा आँखा खुल्नेछन् भन्ने विश्वास नगरले लिएको प्रमुख भण्डारीको टिप्पणी छ ।
न्यायपालिकाभन्दा माथि नगरपालिका रहने कुरै भएन । त्यसैले न्यायपालिकाको निर्देशनलाई अक्षरसतः पालना गर्दै समृद्ध नगर बनाउनका लागि कटिबद्ध रहनेछौं तर स्थानीय समस्या सम्बोधनका सवालमा पनौती नगरपालिका नगरवासीलाई सर्वाेपरी ठान्दछ । त्यसका लागि कुनै किसिमका सम्झौताहरु गर्ने छैन भन्न प्रमुख भण्डारी पछि पर्नु भएन । शुल्क नउठ्दैमा नगरले सुरु गरेका योजनाहरु रोकिने छैनन् । अझ मजबुद किसिमले योजनाहरुलाई अगाडि बढाउने छौं र वैकल्पिक सडकलाई समय सीमाभित्रै सुचारु गर्न नगर कटिबद्ध रहेको समेत प्रमुख भण्डारीको किटानी थियो ।
यस किसिमको न्यायिक फैसलाबाट पनौती नगरपालिकालाई चुनौतीको कठघरामा उभ्याइदिएको छ । जसका कारण पनौती नगरपालिकाको आन्तरिक आम्दानीमा करोडौंको क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबाट स्थानीय सत्ता सञ्चालन ऐनलाई न्यायपालिकाले अंकुश लगाउने काम भएको सरोकारवालाहरुको दाबी छ ।
०६२÷०६३ को जनआन्दोलन, १० वर्षे जनयुद्धको जगमा बनेको संघीय संरचनाअनुसार प्राप्त अधिकारहरुलाई कुण्ठित गर्ने काम यस फैसलाले गरेको सरोकारवालाको ठम्याई छ । सो विषयमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले पनौती नगरपालिकालार्ई दोहोरो कर नउठाउन अन्तरिम आदेश दिएको उल्लेख छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित कर उठाएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । न्यायाधीशद्वय फुयाँल र सुवेदीले जारी गरेको आदेशमा आफ्नो क्षेत्रभन्दा बाहिरबाट आएका खानीजन्य सामग्रीमा कर उठाउनु नेपालको संविधानको धारा २३६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६२ (२) विपरित रहेको भनिएको छ । यसबाट उत्पन्न हुने समस्याका बारेमा नगरपालिकाले सहज रुपमा अवस्थालाई सम्बोधन गर्ने विश्वास नगरवासीले लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0