प्रभातफेरी अनलाइन२० पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
काठमाडौं / जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
प्लेअफमा स्थान पक्का गरिसकेको काठमान्डु आज जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ भने पोखराका लागि आजको खेल यस सिजनको अन्तिम खेल हुनेछ। पोखरा हाल अंकतालिकाको पुछारमा रहेको छ।