logo
२०८३ कार्तिक २९, आईतबार |
☰
📰
🔍
✕

छठ पर्वको ‘सझिया अरख’ विधि सम्पन्न, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
छठ पर्वको ‘सझिया अरख’ विधि सम्पन्न, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

काठमाडौं / लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्दै ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ।

मधेससहित मिथिलाञ्चलका विभिन्न जलाशय तथा छठ घाटमा व्रतालुहरूले श्रद्धापूर्वक सूर्यदेव र छठी माताको पूजा गर्दै पहिलो अर्घ्य दिएका छन्। अब भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुनेछ।