Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विरासत जमाएर बसेका राजनीतिक पार्टीहरु हो, अब सुध्रिन आवश्यक छ

प्रभातफेरी अनलाइन ३४४ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
विरासत जमाएर बसेका राजनीतिक पार्टीहरु हो, अब सुध्रिन आवश्यक छ

दिनेश चौलागाईं
काभ्रेपलाञ्चोक

भर्खरै सम्पन्न निर्वाचन परिणामले विरासत जमाएर बसेका पार्टीहरुलाई खबरदारी नेपाली जनताले दिएका छन् । यदि यि राजनीतिक पार्टीहरुले यसबाट पाठ नसिक्ने हो भने अब तिम्रा विरासत धेरै दिन टिक्दैनन् भन्ने सन्देशलाई पाठको रुपमा लिनुपर्ने आवश्यकता महसुस गराएको छ ।
यसर्थ, नेपाल अथाह संभावनाहरु बोकेको पृथ्वीको आत्मनिर्भर सुन्दर संसार हो । फरक फरक जलबायुका कारण धेरै प्रकारका खाद्यान्न, जडिबुटी, उर्जा, पर्यटन र खनिजपदार्थहरुको संभावनाको बिबिधता नै यहाँको विशेषता हो ।
नेपाल विश्वको अर्थतन्त्रको बजारमा संभावना बोकेको अत्यन्तै महत्वपूर्ण स्थान हो । उर्जा, पर्यटन, कृषि, जडिबुटी र खनिज पदार्थको माध्यमले नेपालीको आर्थिक अबस्था शक्ति राष्ट्रहरुको तुलनामा पुग्न कठिन छैन । यिनै प्राकृति देनका कारण हामी हाम्रा पू्र्खा देखि आजसम्म गौरवताका गाथाहरु गाउदै आइरहेका छौ । प्रकृतिको देन को कारणले नेपाल एउटा धनी राष्ट्र हो तर प्रकृतिले दिएको स्रोत र साधनको उपभोग गर्न नसकेर हामी अत्यन्तै गरिब सूचीकरणमा हुन पुगेका छौ । त्यसैले हिजोआज हाम्रो देश चलाउनेहरु नेपाल र नेपालीको नाममा कमिसन कमाउन विश्व बजारमा माग्न हिँडिरहेका छन । मागेर कमिसन कमाउने दौरानमा नदि नाला लगायतका अनेकौं चिज बस्तुहरु विकिरण भईसकेका छन त्यसैले हाम्रो आज परनिर्भरतामा लम्पसार पर्नु पर्ने बाध्यता सिर्जना भयो र साठी लाख भन्दा बढी युवा शक्ति आज नेपालका सासकले कमिसनकै लोभमा बिदेश जान बाध्य बनायो र अझ बनाउँदै छ ।
शासक बर्गलाइ कमिसनको ग्यारेन्टी नभएकै कारण नेपालको प्राकृतिक स्रोत र साधनको उपभोग हुन सकेन त्यसैले आज हामी गरिब हुन बाध्य छौ । हाम्रो शिक्षा प्रणालीले हाम्रा विद्यार्थीहरुलाई स्थानीय स्तर र देस उपयोगी शिक्षा दिनु पथ्र्यो तर बिदेशी दलालहरुले नेपाली सासक बर्गलाइ कमिसनको ब्यबस्था गरि युरोपियन फिलोसोफी पढ्न बाध्य बनाई नेपाल युरोपियन लेबर तयार कारखाना बन्यो र पढ्न नपाउने नसक्ने लाई सरकारले नेपालमा रोजगारी सिर्जना नगरी बिदेशीको कमिसन खान खाडीको तातो घाममा घोक्र्याएको तितो यथार्थ हाम्रो सामु विद्यमान छ ।
नेपालमा युरोपियन आदर्शबादी शिक्षा प्रणालीद्वारा युरोपियन लेबर तयार गरि कमिसन कुम्याउने अर्काेतर्फ त्यही शिक्षा पनि गुणस्तरीय भन्दै महगो बनाइ गरिबहरुले पढ्न नसक्ने बाताबरण सिर्जना गरि खाडी लगायका देशका लागि लेबर तयार गरि कमिसन भित्र्याउन सफल नेपाली दलाल ठेकेदार यि शासकहरु सुध्रिनु आवश्यक छ ।
अब सबै नेपालीहरुका लागि समान शिक्षा पहुने र हाम्रो देश बिकासको लागि आबस्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली आजको आबस्यक्ता हो जसले आजको अन्योलपुर्ण अबस्थामा सुधार ल्याउन सक्छ ।कमिसन मुखिहरुलाइ निरउत्साहि बनाउन सक्छ ।सस्थागत भ्रष्टाचारको जालो फटाउन सक्छ । चाकडी र चाप्लुसिको अन्त्य हुन सक्छ ।मुलुकको प्राकृतिक स्रोत साधनको प्रयोग हुन सक्छ । कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुन सक्छ । विद्युतको बिक्री वितरणबाट आर्थिक लाभ हुन सक्छ ।
पर्यटन ब्याबसाय फस्टाउन सक्छ । देश उन्नति सिखरमा लम्कन सक्छ । सामाजिक न्यायको सुरुवात हुन सक्छ । नैतिक आचरण वृद्धि बिकास हुन सक्छ । मानव अधिकारको संरक्षण हुन सक्छ । देस र जनता आत्मनिर्भर भइ रास्ट्रिय पुँजिको बिकास हुँदै नेपाल बिश्वको शक्ति रास्ट्रहरुको श्रेणीमा पुग्न सक्छ । नेपाली बिस्वको धनी रास्ट्र हो भने आबाज/दृष्य बुलन्द हुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0