Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुरातात्विक महत्वका स्थानहरु

प्रभातफेरी अनलाइन ३८७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
पुरातात्विक महत्वका स्थानहरु

परशु घिमिरे

काठमाडौं जिल्ला (विशेष गरी सदरमुकाम क्षेत्र) को प्रायः हरेक प्राचीन खाँवा, अभिलेख र ढुंगाले आज पनि इतिहास बोल्दछ । यस्तो जीवन्त ऐतिहासिक संग्रहालयमा पुरातात्विक महत्वका समाग्रीका स्थानहरु यति छन् भनेर किटान गर्न पनि गारो छ । किटान गरिहाले तापनि यो यस्तो संक्षिप्त जिल्ला परिचयमा सो समावेश गर्न झन् गारो, किनभने त्यो एक छुट्टै र विशद अध्ययनको विषय हुन जानेछ । तर गत २०२१–२२ सालमा नेपाल सरकारको पुरातत्व विभागले काठमाडौं शहर नजीकका दुई ठाउँमा उत्खनन् । र, अन्वेषण गरेको र तिनबाट प्राप्त उपलब्धिहरु चहिं यहाँ संक्षिप्तमा उल्लेख गरिन्छन्, किनभने यो उपत्यका क्षेत्रमा गरिएका प्रथम उत्खनन् तिनै दुई भएका हुनाले तिनको ऐतिहासिक महत्व छ ।
गैह्रीधारा (लाजिम्पाट) र हाँडीगाउँमा गरिएका उक्त दुई उत्खनन्को अर्को पनि महत्व के भने यिनले पनि काठमाडौंको इतिहासलाई लिच्छवि युगभन्दा पर तान्न सकेनन् अर्थात् सोभन्दा अघिको युगको इतिहासको निम्ति अझ पनि वंशावली, पुराण तथा जनश्रुतिहरु मै हामीले भर पर्नु पर्ने स्थिति छ ।
हाँडीगाउँको उत्खनन्मा पाइएका प्रमुख पुरातात्विक महत्वका सामग्री यसप्रकार छन् ।
१) तेस्रो र चौंथो (अर्थात् सबैभन्दा तलका) पत्रमा लिच्छविकालीन पशुपति मुद्राहरु र माटाका भाँडाहरु ।
२) दोस्रो (अर्थात माझको) पत्रमा अंशुबर्माको मुद्रामा जस्तो गाई र बाच्छाको आकृति कुँदिएका छाप, पशुपति मुद्राहरु पनि ।
३) पहिलो (अर्थात् सबैभन्दा माथिल्लो) पत्रमा मल्लकालीन र मुसलमानी मुद्राहरु, त्रिभुवनका मुद्राहरु आदि ।
यी बाहेक लिच्छविकाल र सोभन्दा यताका मूर्तिहरु, ईँट र टायलहरु, दियो र पालाहरु, भाँडा वर्तनहरु ऋादि अनेक सामाग्री पाइए । गैह्रीधारा र लाजिम्पाट नजीक गरिएको अर्को उत्खनन्मा विशेष महत्वका सामाग्री फेला परेनन् । यी उत्खनन्को अर्को वर्ष धुम्बाराहीमा पनि पुरातात्विक अन्वेषण गरिएको तथ्य पत्ता लागेको छ तर त्यसमा उपलब्धिहरु थहा हुन सकेका छैनन् ।
पशुपति ः

देवपाटनमा वागमती किनारमा पञ्चायतन (पाँचमुखे) शिवलिंग भएको दुई तले, सुनौला छाना र चाँदीका ढोकाहरु भएको नेपाली वा प्यागोडा शैलीको यो मन्दिर शहरबाट करीब ४.८ किलोमिटर पूर्वमा पर्ने काठमाडौंका प्रमुख आकर्षकमध्ये एक हो । नेपालको यो विश्व प्रख्यात मूर्ति र मन्दिरको निर्माण समय निश्चित हुन सकेको छैन । तर पाँचौं शताब्दीतिर यसको अस्तित्वको पत्ता पाइन्छ । सो मन्दिरको वि.सं.१४०६ मा मुसलमानहरुको आक्रमणबाट नष्ट भएपछि राजा अर्जुन मल्लको महामात्य जयसिंहले पुरानै ढाँचामा वि.सं.१४१७ मा त्यसको जीर्णोद्धार गरेर कर्णाटकी पूजारीहरुलाई त्यहाँ राखे । त्यहाँको उन्मत्त भैरवको मूर्ति कर्णाटकी बाहुन नारायणले बनाएका हुन् । प्रताप मल्लले त्यस मूर्तिलाई कोठाभित्र रहने पारेका थिए । त्यहाँको मूल पुजारीको घर प्रताप मल्लले नै बनाएका हुन् । पछि जगज्जय मल्लले कर्णाटकी स्वामीको सट्टा महाराष्टी गृहस्थी पुजारीहरु ल्याएर त्यहाँ राखेका थिए ।
श्री ५ पृथ्वीनारायण शाहले धोबीखोलाको सेतु निर्माण गरीदिएर नित्य पूजाको निम्ति पशुपतिको गूठी स्थापना गरेका थिए । सरदार रामकृष्ण कुँवरले पशुपति र गुह्येश्वरीको बीच दर्शन सिंढी बनाए (वि.सं.१८३१), भीमसेन थापाले चाँदीको ढोका निर्माण गरे, प्रधानमन्त्री रणोद्धीपले कलकत्ताबाट सेतो टलकदार ढुंगा झिकाई भित्तामा जडाए, वि.सं.१९३६ मा जगत जंगले सुनौलो नयाँ बसाह (नन्दी) स्थापना गरेका थिए । चन्द्र शमशेरले छानाको मरम्तमत र सुनको मोलम्मा जड्ने काम गराएका (वि.सं. १९८२) थिए । यसको सबैभन्दा पछिल्लो जीर्णोद्धार स्वर्गीय महेन्द्रको राज्यकालमा भयो । यहाँ वर्षेनी शिवरात्रीको विशाल मेला मेला बाहेक दिनहुँ दर्शकहरुको भीड लागिरहेकै हुन्छ । नजीकमा आर्यघाट छ र त्योभन्दा माथि वागमती पारि मृगस्थली डाँडामा गोरखनाथको मन्दिर छ ।
गुह्येश्वरी ः
प्राचीन वंशावलीका कथाहरुमा तथा पुराण र स्वस्थानीमा उल्लेख भएको श्लेष्मान्तक वनमा यो मन्दिर छ । यस उपत्यकाको सभ्यताको शुरुमा कमल पुष्पको उदुभव भएको कुण्ड स्वरुप मानिएको गुह्यश्वरी कुण्ड काठमाडौंका प्राचीन धार्मिक स्थलहरुमा एक हो । पशुपतिको मन्दिरभन्दा डेढ किलोमिटर पश्चिममा वागमतीको किनारमा रहेको यस मन्दिरमा आप्mना मन्त्रीहरुको षड्यन्त्र पछि राजा जयप्रकाश मल्ल आएर केही दिन शरण लिएका थिए भन्ने उल्लेख इतिहासमा पाइन्छ । प्रताम मल्लद्धारा जीर्णोद्धार गरी गूठी राखिदिएको यो तान्त्रिक परम्पराको केन्द्र रहेको छ । गुह्यश्वरी र गूह्म भैरवको एउटै मन्दिर त्यहाँबाट श्लेष्मान्तक वनको डाँडा चढेर पशुपति जाने बाटो आदि पनि प्रताम मल्लका देन हुन् । रामकृष्ण कुँवरद्धारा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पालामा त्यसको जिर्णोद्धार भएको हो । प्रताप मल्लको सिंह मूर्ति र उपेन्द्र वीर विक्रमको प्रतिमूर्तिको नजीक श्री ५ महेन्द्र र दम्पतीको स्वर्ण–मण्डित मूर्तिहरु राखिएका छन् ।
लिच्छविकाल ः
मानदेवले आप्mनी पूज्य माता राज्यवतीको नाउँमा वि.सं.५२४ मा स्थापना गराएको विष्णुको विक्रान्त बामनावतार लाजिम्पाटको धोबिचौरमा र अर्को पशुपतिमा वागमतीदेखि पूर्व गौचरन जाने बाटोको छेउ खेतमा रहेका छन् । ती शिलामूर्तिदेखि काठमाडौं क्षेत्रको मूर्ति कलाकारले ठूलो खूबीसाथ अगिंत गरेका छन् । लिच्छवि राजा नरेन्द्रदेवको पालामा काठमाडौं आएका चिनियाँ राजदूत वाङ हुएनत्सेले वर्णन गरेका तलै तला छानादार राजदरबार र मन्दिरहरुबाट प्यागोडा शैलीका भवन निर्माण परम्परा पनि लिच्छविकालीन नै रहेछ भन्न सजिलै सकिन्छ । तर वास्तुकलाको विषयमा तल छुट्टै चर्चा गरिने भएकोले यहाँ सो तथ्यको उल्लेख मात्र गरिएको छ ।
काठमाडौं सदरमुकामबाट १० किलोमिटरजति उत्तर स्थित एउटै शिलामा कुँदिएको करीब ३० फीट लामा जलाशय विष्णु वा बुढानीलकण्ठको मूर्तिलाई वि.सं.६९३ तिर विष्णुगुत्ताका छोरा र राजा भीमार्जदेवसँगै संयुक्त शासक बनेको विष्णुगुत्तले बनाउन लाएको कीर्ति गाथा हो भने हुन्छ । काठमाडौं जिल्लामा पर्ने अरु लिच्छविकालीन लिपिहरु अंकित विशिष्ट मूर्तिहरुमध्ये हाँडीगाउँ स्थित सत्यनारायणको मन्दिर अघिल्तिरको स्तम्भमाथिको गरुण, धरहरादेखि दक्षिण पीपलबोट मुनिको ढुंगेधारा स्थित आर्यावलोकितेश्वरको बौद्ध मूर्तिहरु, मखनमा तानसिंह बहाल भित्रको नारायण मूर्ति, ढोका बहालभित्रको चैत्य वरिपरि कुँदिएको बुद्ध मूर्तिहरु तथा चापागाउँका ब्रह्मको मूर्ति प्रमुख छन् । यी बाहेक धुम्बाराहीको अत्यन्त ओजपूर्ण बराहवतार विष्णुको मूर्ति, काठे सिम्भूस्थित अति सुन्दर लोकेश्वरको मूर्ति, पशुपति घाटस्थित सुडौल यमुनादेवीको मूर्ति, पशुपति पारि लवकुश सहित रामका मूर्ति, हनुमानढोका भित्रको अति लालित्यपूर्ण कालीनागदमनको मूर्ति आदि पनि लिच्छविकालीन हुन् भन्ने अनुमान गरिएको छ ।
संक्रमण काल ः काठमाडौं क्षेत्रमा देखिएका यस कालका प्रमुख मूर्तिहरुमध्ये देवपाटनमा प्राप्त बुद्ध जन्मसँग सम्बन्धित मूर्ति (आठ–नौ शताब्दी), काठे सिम्भू नजीकको बोधिसत्व पह्मपाणिको मूर्ति, उभिएकी ताराको मूर्ति आदि उल्लेखनीय छन् ।
मल्लकाल ः लिच्छविकालीन कुनै पनि मूर्तिकला वा वास्तुकलाका कृतिहरुमा शिल्पकारको नाउँ कुँदिएको पाइएको छैन तर मल्लकालमा आएर पहिलो चोटी यस्तो मूर्ति पाइएको छ– यो हो देवपाटन स्थित १.५ हात लामो अर्ध शैरीश्वर (वा हरिहर) शैलीमा बनेको कमलमाथि गौरीको लालित्यपूर्ण मूर्ति । वि.सं.१२६३ मा स्थापित सो मूर्तिका शिल्पकार नन्दपाल थिए । वि.सं.१४०६ मा समशुद्दीन इलियासको आक्रमणको क्रममा प्राचीन पशुपतिनाथको मूर्ति तीन टुक्रा पारिएको कुरा शिलालेख र वंशावलीमा उल्लिखित छ । करीब २.५ हात अग्लो चतुर्मुखी शिवको उक्त मूर्तिलाई छुन वा त्यसको नजीक जान नपाइने भए पनि भावपूर्ण र सुन्दर चार चेहराहरुले टाढाबाट पनि एक सिद्धहस्त कलाकारको कृति रुपमा त्यसको परिचय दिन्छन् । काठमाडौंमा प्राप्त ज्योति मल्लकालीन शिलामूर्तिहरुमध्ये वि.सं. १४६५ मा स्वयंभूमा स्थापित दुई हात अग्लो चिन्तामणि लोकेश्वरको चिताकर्षक र सजीव मूर्ति पनि उत्कृष्ट छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0