Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय तहको बेथिति कहिले सम्म ?

प्रभातफेरी अनलाइन ४६० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (३ साल अघि)
Post Thumbnail

मुलुकमा संघीयता लागू भएपछि सिंहदरवारको अधिकार गाउँगाउँमा आएपछि सहजसँग सेवा पाउने आशामा रहेका जनताहरू जनप्रतिनिधिहरूले प्रदान गरेको सेवाको कारण दिग्दार भएका छन् । स्थानीयता सञ्चालनको लागि जारी भएको ऐनलाई वास्ता नगरी आफ्नै ढर्राको आधारमा स्थानीय तह सञ्चालन गर्दा सेवाग्राहीहरू मारमा परेका हुन् । सरकारले जारी गरेको स्थानीय तह सञ्चालन ऐनको आधारमा स्थानीय तहमा हराभरा विकास निर्माण साथै समानान्तर व्यवहारका साथमा अगाडि बढ्नेमा ढुक्क थिए नेपाली जनताहरू । तर ऐनलाई व्यवहारमा उतार्नुको बदला मनलाग्दी ढंगको व्यवहारले गर्दा स्थानीय तहमा समस्या आएको हो ।
स्थानीय तहमा ऐनको आधारमा काम गर्नुको बदलामा पदीय दम्भको आधारमा विकास निर्माणको कार्य गरियो । आवश्यकताको आधारमा भन्दा झुन्डको सुझावको आधार तथा घुमौरो तरिकाले आफूलाई फाइदा हुने क्षेत्रमा विकासको लागि रकम खर्चिने कार्य त्यति सोभिनिय छैन । कतिपय स्थानमा भूमाफियाको सुझावको आधारमा विकास निर्माण कार्यमा अग्रसरता देखाउनु जनताहरूलाई पाच्य रहेन । कानुनत स्थानीय तहको स्रोतको लागि घरजग्गा कर, घरभाडा कर, गोदाम कर, व्यवसाय कर लगाउने व्यवस्था रहेको छ । स्थानीय तह सञ्चालन ऐनमा उल्लेख भएको बुन्दालाई वास्तै गरिन्न ।
स्थानीय तहमा आवश्यकता भन्दा वढी कर्मचारी व्यवस्था गरी भर्ती केन्द्र बनाउने कार्यलाई जनताले पर्ख र हेरको नीति अपनाएका छन् । कानुनत कर्मचारी आवश्यक भएमा करारमा भर्ती गर्ने व्यवस्था स्थानीय तह सञ्चालन ऐनको दफा ८३ उपदफा ८ मा उल्लेख गरिएको छ । जुन दफामा करारमा कर्मचारी नियुक्ति गर्दा पुरण प्रतिस्पर्धा उल्लेख भएको छ । तर जनप्रतिनिधिको मर्जीमा भर्ती गरिन्छ । सो दफामा नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैँचे र सरसफाइ सम्बन्धित सेवामा करारमा पदपूर्ति गर्ने व्यवस्था रहेको छ । तर स्थानीय तहमा कानुनमा उल्लेखित भन्दा अन्य तहमा समेत करारमा कर्मचारी भर्ती गर्दै कानुनको खिल्ली उडाएको छ ।
कार्यपालिकामा बहुमतको आधारमा दम्भ देखाउँदै कानुनले वर्चीत गरेको आर्यहरू गर्ने गराउने कार्यले सेवाग्राहीको मन जित्न सकेको अवस्था छैन । स्थानीय तहको आर्थिक स्रोतको सहज ढंगबाट व्यवस्थापन गराउन नसक्नुले थप पीडा महसुस भएको छ जनतालाई । पारदर्शिताको आधारमा कार्य गराउनुको बदला गुमराहमा कार्यहरू हुनुले थप समस्या परेको छ । स्थानीय तहमा हुनेगरेको चरम बेथितिलाई नियन्त्रण हुन नसकेमा जनताको धैर्यको बाँध फुट्ने अवस्था आएको छ । निकटका लाई पोस्ने कार्यको अन्त्य गर्दै निष्पक्षताको आधारमा कार्य गर्दै जनताको मन जित्ने ढङ्गको कार्य गर्दै विकास निर्माण कार्यमा चुहावट रहित ढङ्गको कार्य साथै सेवाग्राहीहरूलाई विना झन्झट सेवा प्रदान गर्ने कार्य गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0